आसिफले विस्फोटक ब्याटिंग गर्दा एपीएफको विशाल जित

आसिफ शेखले विस्फोटक ब्याटिंग गर्दा सुनसरीको इनरुवामा जारि दोश्रो मेयर कप रात्रीकालिन टि-२० क्रिकेट प्रतियोगितामा शशस्त्र प्रहरी बलले ( एपीएफ ) सप्तरी बिरुद्ध विशाल जित दर्ता गरको छ।

खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै एपीएफले दिएको २०१ रनको लक्ष्य पछ्याउने क्रममा सप्तरीले १४.२ ओभरमा सबै विकेट गुमाएर ६१ रन मात्र बनाउन सकेपछि १३९ रनको हार बेहोर्न पुग्यो।

सप्तरीको लागि विकास दासले १२ तथा मेहबुब आलमले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। एपीएफको लागि तिब्र गति बलर अमर सिंह रौटेलाले सर्वाधिक ३ विकेट लिए भने विकास आग्रीले २ तथा पृथु बास्कोटा र शरद भेसावकरले १/१ विकेट लिए।

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा विभागीय टोलि एपीएफले २० ओभरमा ३ विकेट गुमाएर २०० रनको विशाल योगफल तयार गरेको थियो।

एपीएफको लागि ओपनर आसिफ शेखले विस्फोटक ब्याटिंग गर्दै ५९ बलमा ९५ रन बनाए। शतक बनाउन चुकेका दायाँ हाते ब्याट्सम्यानले ६ छक्का र ७ चौका प्रहार गरे। आसिफनै प्लेयर अफ द म्याच चुनिए।

आसिफले अर्का ओपनर शरद भेसावकरसंग पहिलो विकेटको लागि  १५१ रनको साझेदारी गरे। १७ औं ओभरमा शरद ७४ रन बनाएर आउट भएका थिए जसले ५२ बलमा ७ चौका र २ छक्का मदतले ७४ रन बनाए। प्रदिप ऐरीले ४ रन बनाए भने शंकर राना १३ र सोनु तामांग ७ रन बनाएर अविजित रहे।

सप्तरीको लागि विकास दासले २ तथा रोहित सिंहले १ विकेट लिए।

फुलबारी क्रिकेट क्लबद्वारा आयोजित प्रतियोगिता अन्तर्गत बुधबार रातिको खेल जनकपुर र बिपी केआइचएस धरान बीच खेलिनेछ। प्रतियोगितामा तिन विभागीय टोलि सहित कुल १६ टोलिले प्रतिस्पर्धा गरिरहेका छन् जसलाई २ वटा समुहमा बिभाजन गरिएको छ।

समूह ‘ए’ मा जनकपुर,चितवन, इटहरी, धरान, दुहवी, आयोजक फूलबारी, सप्तरी र एपीएफ रहेको छ । त्यसैगरी समूह ‘बी’ मा नेपाल पुलिस क्लब , प्रदेश नम्वर-७ , नेपाल आर्मी क्लब, बिरगञ्ज, धनगडी, बिर्तामोड, काठमाण्डौं र झापा रहेका छन् ।

प्रतियोगिताको विजेताले २ लाख तथा उप-विजेता टिमले १ लाख रासी प्राप्त गर्नेछ । फाइनल असोज १८ गते हुनेछ।

( फोटो – इनरुवाअनलाइन )