एमएम कप : कुमार थापाले ५ विकेट लिंदा पुलिस १८३ मै सिमित



सुनसरीको इनरुवामा जारि मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत समुह ‘बि’ को अन्तिम खेलमा प्रदेश नम्बर २ र विभागीय टोलि नेपाली पुलिस क्लबले प्रतिस्पर्धा गरिरहेका छन्।

आजको खेल जित्ने टिम समुह ‘बि’ बाट विजेताको रुपमा सेमीफाइनल प्रवेश गर्नेछ। पुलिस र प्रदेश-२ दुवैले यस अघि आफ्नो खेलमा कर्णाली प्रदेशलाई पराजित गरेका थिए।

खेलमा टस जितेर प्रदेश-२ ले बलिंग रोजेपछि ब्याटिंग गरेको पुलिसले ४८.१ ओभरमा सबै विकेट गुमाएर १८३ रन बनाउदै प्रदेश-२ लाई १८४ रनको लक्ष्य प्रस्तुत गरेको छ। स्कोरकार्ड 

पुलिसको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका दिपेन्द्र ऐरीले सर्वाधिक ५० रन बनाए। ऐरीले ६४ बलमा ५ चौका र २ छक्का प्रहार गरे। खाता नखोल्दै विवेक यादबको बलमा मिड अनमा हरिशंकर शाहले ऐरीको क्याच छुटाउन पुगेका थिए। ओपनर अमित श्रेष्ठले ३७, अनिल साहले १९ तथा राशिद खानले १६ रन बनाए।

Dipendra Airee

सुनिल धमला र अमित श्रेष्ठले पहिलो विकेटको लागि ३६ रन जोडेका थिए। १३ औं ओभरमा धमला रन आउट भएपछि पुलिसले निरन्तर अन्तरालमा विकेट गुमाएको थियो। अमित श्रेष्ठलाई विवेक यादबले १७ औं ओभरमा आउट गरेपछि लेग स्पिनर कुमार थापाले पुलिसको मध्यक्रमका ब्याट्सम्यानलाई क्रिजमा टिक्न दिएनन्।

एक समय १२२/६ को अवस्थामा पुगेको पुलिसलाई सातौँ विकेटको लागि दिपेन्द्र ऐरी र राशिद खानले ४७ रनको साझेदारी गर्दै उकासेका थिए। राशिदलाई कुमारले तथा ऐरीलाई राहुल प्रताप सिंहले आउट गरे।

Kumar Thapa

प्रदेश-२ को बलिंगमा लेग स्पिनर कुमार थापा एक्लैले ५ विकेट लिए। पुलिसको माथिल्लो क्रमको ब्याट्सम्यानहरु अनिल साह, पवन सर्राफ, क्कुशल भुर्तेल, मन्जित श्रेष्ठ तथा राशिद खानको विकेट लिएका थापाले १० ओभरमा ३ ओभर मेडन गर्दै ३२ रन खर्चिए। राहुल प्रताप सिंह र विवेक यादवले २/२ विकेट लिए।

प्रतियोगिता अन्तर्गत प्रदेश नम्बर-३ र त्रिभुवन आर्मी क्लब सेमीफाइनल प्रवेश गरिसकेका छन्।





थप समाचार

अस्ट्रेलिया बिरुद्ध बंगलादेशको ऐतिहासिक जित, नसुमको घातक बलिंग

अस्ट्रेलियाको बंगलादेश भ्रमण अन्तर्गत पाँच खेलको टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोलि बंगलादेशले अस्ट्रेलियालाई २३ रनले पराजित गर्दै […]

क्रिकेटको व्यवस्थापनमा पुग्ने पारसको उद्देश्य

मंगलबार अन्तर्राष्ट्रिय क्रिकेट बाट सन्यास घोषणा गरेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले दुई वर्ष पछि हुने नेपाल क्रिकेट […]

पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय जितको ३ वर्ष पुरा, पुनः याद गर्नुस १ रनको सनसनीपूर्ण जित

आजकै दिन २०१८ अगस्ट ३ तारिखमा नेपालले नेदरल्याण्डलाई पराजित गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो जित दर्ता गरेको थियो। सोहि वर्ष […]

अन्तर्राष्ट्रिय क्रिकेटबाट पारसको सन्यास घोषणा, यस्ता थिए प्रमुख उपलब्धि

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। ३४ वर्षीय खेलाडीले सामाजिक संजालमार्फत अन्तर्राष्ट्रिय खेल जीवन अन्त्य गर्ने […]

इंग्ल्यान्ड बिरुद्ध पहिलो टेस्टबाट मायाँक अग्रवाल बाहिर

इंग्ल्यान्ड भ्रमण अन्तर्गत अगस्ट ४ तारिख बुधबारबाट सुरु हुने पाँच खेलको टेस्ट सिरिज अन्तर्गत पहिलो टेस्टबाट भारतीय ओपनर मायाँक अग्रवाल […]

युएईले घोषणा गर्यो आफ्नै ‘प्रिमियर लिग टि-२०’

ईण्डियन प्रिमियर लिग ( आईपीएल ) र आईसीसी टि-ट्वान्टी विश्वकप पछि युएईको ईमिरेट्स क्रिकेट बोर्ड ( ईसीबि ) ले आफ्नै […]