एमसीसीले पोखरा-११ संग सोमबार खेल्दै, कास्की क्रिकेट संघद्वारा टिमको घोषणा



नेपाल भ्रमणमा रहेको मेरिलेबन क्रिकेट क्लब ( एमसीसी ) ले पोखरामा कार्तिक २५ गते सोमबार र २६ गते मंगलबार दुइ वटा मैत्रीपूर्ण टि-२० खेल्दैछ।

एमसीसीले नेपाल भ्रमण अन्तर्गत काठमाडौँमा नेपाली अन्डर-१९ र नेपाली सिनियर टिमसंग ४ वटा खेलहरु खेलेर पोखरा प्रस्थान गरेको हो। नेपाली यु-१९ टिमलाई ३८ रनले पराजित गरेको एमसीसीले नेपाली सिनियर टिमसंग एकदिवसीयमा ५ विकेटको हार बेहोरेको थियो। त्यसपछि नेपाललाई तिन दिवसीय प्रथम श्रेणी खेलमा २०८ रनले पराजित गरेको एमसीसीले शनिवार सम्पन्न अन्तिम खेलमा नेपाल यु-१९ र सिनियर खेलाडी मिश्रित टिमलाई ११३ रनले पराजित गरेको थियो।

काठमाडौँ भ्रमण पछि एमसीसीले पोखरामा मुख्यमन्त्री-११ तथा पोखरा-११ टिम बिरुद्ध खेल्नेछ। खेल पोखरा क्रिकेट मैदानमा दिउसो १ बजे खेलिनेछ।

टिमको कप्तानी बिधान श्रेष्ठले गर्नेछन्

कार्तिक २५ गते सोमबार एमसीसी र पोखरा-११ बीच खेल हुनेछ। उक्त खेलको लागि कास्की जिल्ला क्रिकेट संघले १४ जना खेलाडीको नाम घोषणा गरिसकेको छ। टिमको कप्तानी बिधान श्रेष्ठले गर्नेछन् भने टिममा रहेका अन्य खेलाडीहरुमा दिपेश खत्री, गोबिन्द प्रधान, अनिल गुरुङ, बिपिन खत्री, अमृत गुरुङ, सुभास भण्डारी, ऋषिकेश शर्मा, अस्विनी राना, मुस्कान थापा, किरण पौडेल, प्रेम गुरुङ, अभिषेक अधिकारी र सबिन श्रेष्ठ रहेका छन्। टिमको प्रशिक्षकमा रिजन प्रजु रहेका छन् भने व्यवस्थापक दुर्गा चन्द रहेका छन्।

यस्तै मुख्यमन्त्रि-११ संघको खेल मंगलबार ९ बजे विहान खेलिनेछ। उक्त खेलको लागि पनि टिमको घोषणा गरिएको छ।

मुख्यमन्त्रि-११ टिमको कप्तानी गोविन्द प्रधान रहेका छन्। टिममा दिपेश खत्री, अनिल गुरुङ, बिपिन खत्री, अमृत गुरुङ, सुभाष भण्डारी, दिपेश श्रेष्ठ, किशोर महतो, मुस्कान थापा, चन्द्रकान्त पौडेल, प्रविन ढकाल, रमेश बस्नेत, विशाल रहेका छन्। टिमको प्रशिक्षकमा रिजन प्रजु तथा व्यवस्थापकमा चन्द्रकुमार गुरुङ रहेका छन्।





थप समाचार

WTC FINAL : अम्पायर रिभ्युमा अल्ट्रा एज हेरिएपछिको अन्योल, जान्नुस के भएको थियो

भारत र न्युजिल्यान्ड बीच वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल अन्तर्गत शनिवार दोश्रो दिन अन-फिल्ड अम्पायर रिचर्ड इलिंगवर्थले बिराट कोहली विकेटको पछाडी […]

न्युजिल्यान्डले स्पिनर नखेलाउदा वार्न निराश, वार्नलाई सलमान बटको प्रश्न

अस्ट्रेलियन महान क्रिकेटर शेन वार्नले वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनलमा न्युजिल्यान्डले स्पिनरलाई मौका नदिएकोमा आलोचना गरेका छन्। भारत र न्युजिल्यान्ड बीचको […]

नयाँ कीर्तिमान बनाउदै विश्वकै एक मात्र खेलाडी बने कोहली

आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्यान्ड बिरुद्ध कप्तानी गरिरहेका भारतीय खेलाडी बिराट कोहलीले ठूलो कीर्तिमान आफ्नो नाम गरेका छन्। कोहली […]

वेस्टइन्डिजको ब्याटिंग समस्या निरन्तर, लगातार शतक बनाउन चुके डीकक

कमजोर ब्याटिंगका कारण पहिलो टेस्ट इनिंग्स अन्तरले हारेको वेस्टइन्डिजले दोश्रो टेस्टमा पनि उही समस्या दोहोर्याएको छ। दक्षिण अफ्रीका बिरुद्ध घरेलु […]

रानाको जुझारु इनिंग्स, भारत टेस्ट जोगाउन सफल

कमजोर ब्याटिंग गरेपछि फलो अन जोगाउन नसकेको भारतले दोश्रो इनिंग्समा उत्कृस्ट पुनरागमन गर्दै इंग्ल्यान्ड बिरुद्धको एक मात्र टेस्ट बराबरी गर्न […]

WTC FINAL : लगातार विकेट पछि भारत सम्हालियो, अर्धशतक नजिक कोहली

भारत र न्युजिल्यान्ड बीच इंग्ल्यान्डको साउथह्याम्पटनमा जारि आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेलको दोश्रो दिनको खेल समाप्त भएको छ। पहिलो […]