क्यानको बोर्ड बैठक चितवनमा

cricket association of nepal


नेपाल क्रिकेट संघ (क्यान)को नियमित बैठक भोलि (मंगलबार) चितवनमा बस्दै छ । लकडाउन खुकुलो भएपछि पहिलोपटक बोर्ड बैठक बस्न लागेको हो । भोलि विहान ८ बजे बैठक बस्ने कार्यक्रम तय भएको संघका अध्यक्ष चतुरबहादुर चन्दले नारायणी अनलाइनलाई जानकारी दिए ।

यसपटकको बैठकमा सरकारले अनुमित दिएको खण्डमा प्रशिक्षण कार्यक्रमलाई कसरी अघि बढाउने र हाल सम्म भएका कार्य प्रगतिको समिक्षा र नयाँ योजनाहरु बनाइने अध्यक्ष चन्दनले नारायणी अनलाइनलाई बताए । उनले भने–‘धेरै एजेण्डा खासै छैन, समिक्षा गर्ने र भावी योजनालाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा नै छलफल गर्छौ ।’

कोरोना कहरपछि क्यानको यसरी बैठक बस्न सकेको थिएन । बैठक भोलि विहानै बस्ने भएपछि आजै सबै पदाधिकारी तथा सदस्यहरु चितवन आउने क्रम जारी छ ।





थप समाचार

नेपालको क्रिकेट विकासमा सहयोग गर्ने आईसीसीको प्रतिबद्धता

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा […]

एसीसी महिला टी-ट्वान्टी : मलेसियालाई हराउँदै युएई च्याम्पियन

युएईले एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको उपाधि जितेको छ । मलेसियाको किनरारा ओभलमा शनिबार भएको फाइनलमा आयोजकलाई ५ विकेटले हराएर युएईले […]

नेपालको दुर्भाग्य, वर्षाले खेल पुरा नहुँदा युएई एसिया कप खेल्न छनोट

मलेसियामा जारि एसीसी महिला टि-२० प्रतियोगिता अन्तर्गत सेमीफाइनल खेल वर्षाका कारण पुरा हुन नपाउदा समुह चरणको प्रदर्शनको आधारमा युएई फाइनल […]

नेपाल हङकङसँग पराजित

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम […]

एसीसी महिला टी-२० च्याम्पियनसिप : आज हङकङ भिड्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ । किनरारा ओभलमा नेपालले चौंथो […]

एसीसी टि-२० महिला : नेपाल सेमिफाइनलमा

एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले बहराइनलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । स्कोरकार्ड , अंकतालिका  मलेसियाको किनरारा ओभल क्रिकेट […]