टस हारेर आर्मी विरुद्ध ब्याटिङ गर्दै काठमाडौं मेयर-११



काठमाडौं ।

काठमाडौं मेयर्स कप २०७७ अन्तर्गत तेस्रो दिन आज एक खेल मात्र हुँदैछ। जसमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र काठमाडौं मेयर-११ टिम कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा खेलिरहेका छन्।

 

खेलमा आर्मीले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौंले पहिले ब्याटिङ गरिरहेको छ । सन्दीप लामिछानेको कप्तानी रहेको काठमाडौंले आइतबार मुलपानीमा भएको खेलमा बागमति प्रदेशलाई ९४ रनले पराजित गरेको थियो ।  काठमाडौं आर्मी विरुद्ध पनि त्यही लय कायम राख्ने योजनामा छ ।

 

पहिलो खेल बाट काठमाडौंलै दुई खेलाडी परिवर्तन गरेको छ । विवेक यादव र अर्जुन कुमालको स्थानमा खडग बोहरा र नारायण जोशी पहिलो रोजाईँमा खेलिरहेका छन् ।

 

यस्तै आर्मीले एक परिवर्तन गर्दै सुशन भारीको स्थानमा जितेन्द्र मुखियालाई खेलाएको छ । आर्मीको टिममा चार तिब्र गतिका बलर सोमपाल कामी, करण केसी, विक्रम सोब र जितेन्द्र छन् ।

 

पहिलो खेलमा एपीएफसंग १ विकेटले पराजित भएको आर्मी काठमाडौंलाई हराउाौै पहिलो जित हात पार्ने योजनामा छ ।

 

सन्दीपको अलराउण्ड प्रदर्शनमा काठमाडौं मेयर्स ११ विजयी, बागमतिको लगातार दोस्रो हार

 





थप समाचार

हाईस्कोरिंग खेलमा कोलकातालाई हराउदै चेन्नाई शिर्षमा

कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै १४ औं आईपीएल अंकतालिकाको शिर्षस्थानमा पुगेको छ। मुम्बईको वानखेडे स्टेडियममा सम्पन्न खेलमा चेन्नाईले […]

IPL : हैदरावादको पहिलो जित, पन्जाब पुछारमा पुग्दा हैदरावाद पाँचौ स्थानमा

पन्जाब किंग्सलाई ९ विकेटले पराजित गर्दै सनराइजर्स हैदरावादले आईपीएल १४ मा पहिलो जित दर्ता गरेको छ। चेन्नाई स्थित एमए चिदम्बरम स्टेडियममा […]

पाकिस्तानको जितमा रिजवान र कादिर उत्कृस्ट

जिम्बाबेलाई ११ रनले पराजित गर्दै भ्रमण टोलि पाकिस्तानले पहिलो टि-ट्वान्टीमा ११ रनको जित दर्ता गरेको छ। जितसंगै तिन वटा टि-ट्वान्टीको […]

बराबरीमा टुंगियो मलेसिया र नेदरल्याण्डको खेल, नेपाल र नेदरल्याण्ड फाइनलमा

नेपालमा त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत नेदरल्याण्ड र मलेसिया बीचको खेल बराबरीमा टुंगिएको छ। यो संगै सिरिजको फाइनलमा नेपाल र नेदरल्याण्ड […]

कुपरले उत्कृस्ट ब्याटिंग गर्दा वर्षाप्रभावित खेलमा नेदरल्याण्डले बनायो १०७ रन

नेपाल, नेदरल्याण्ड र मलेसिया बीच जारि त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत पाँचौ खेलमा बुधबार नेदरल्याण्ड र मलेसिया प्रतिस्पर्धा गरिरहेका छन्। टियु […]

आईसीसी ब्याटिंग वरियतामा शिर्ष १०० भित्र कुशल भुर्तेल

नेपाल, नेदरल्याण्ड र मलेसिया बीच जारि त्रिदेशीय टि-ट्वान्टी सिरिजमा उत्कृस्ट ब्याटिंग गरिरहेका कुशल भुर्तेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) […]