Kathmandu Cricket Training Center vs ABC Sports Club
Live Score +
Home - घरेलु क्रिकेट - नेरी थापाद्वारा महिला रास्ट्रिय क्रिकेट इतिहासकै पहिलो शतक प्रहार

घरेलु क्रिकेट

नेरी थापाद्वारा महिला रास्ट्रिय क्रिकेट इतिहासकै पहिलो शतक प्रहार

Wicket Nepal
Administrator

काठमाडौँ जारि रास्ट्रिय महिला क्रिकेट प्रतियोगिताको दोश्रो दिन नेपाली महिला क्रिकेटको लागि ऐतिहासिक दिन रह्यो l बि.स. २०६४ साल देखि सुरु भएको महिला रास्ट्रिय प्रतियोगिताको इतिहासमै पहिलो पटक नेपालगंज ( क्षेत्र न.५ ) कि नेरी थापाले क्षेत्र न.३ काठमाडौँ बिरुद्ध शतक प्रहार गरे पछि उनि नेपाली रास्ट्रिय महिला क्रिकेट इतिहासकै शतक प्रहार गर्ने पहिलो खेलाडी बन्न पुगिन l

पहिलो पटक ४० ओभरको इनिंगमा खेलाईएको महिला रास्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज नेपालगंज कप्तान नेरी थापाले टस जितिन र पहिले ब्याटिंग गर्ने निर्णय गरिन् l पहिलो ओभरको पाचौ बलमै नेपालगंजले लक्ष्मी चौधरीलाई पहिलो विकेटको रुपमा गुमाएपछि तेश्रो नम्बरमा ब्याटिंग गर्न आएको बायाँ हाते नेरी थापाले पुरै ४० ओभर ब्याटिंग गर्दै अविजित १२१ रन प्रहार गरेपछि रास्ट्रिय क्रिकेटको सर्बाधिक रनको रेकर्ड आफ्नो नाममा पारिन l १०९ बल सामना गरि शतक सम्म पुगेकि नेरीले त्यसपछि पनि ब्याटिंग जारि राखिन र कुल २१ चौका प्रहार गरि महिला रास्ट्रिय क्रिकेटको इतिहासकै एकै इनिंगमा सबैभन्दा धेरै चौका प्रहार गर्ने खेलाडी समेत बनिन l अविजित १२१ रन बनाएकि नेरीले १२८ रन बनाएर अविजित पारि खेलिन् l नेरीले ५२ बलमा आफ्नो अर्धसतक पुरा गरेकी थिईन् l रास्ट्रिय प्रतियोगिता खेल्नु भन्दा अगाडी पनि उनले क्षेत्रीय छनौट प्रतियोगितामा शतक प्रहार गरेकि थिइन् भने हिजो बिरगंज संगको खेलमा पनि अविजित ५२ रन प्रहार गरेकी थिइन् l नेरीको शतक मदतले नेपालगंजले महिला रास्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोश्रो जित हात पार्न सफल भयो l

शतक पछि क्रिकेटलोकलाई प्रतिक्रिया दिंदै नेरीले शतक प्रहार गर्दा निकै खुसि लागेको बताइन् l “निकै खुसि लागेको छ , पहिलेनै शतकको लागि खेलेको थिइन खेल्दै जाँदा शतक बन्यो ” l ” खेलमा अम्पयारिंग गर्नु भएका सन्तोष मिश्रका अनुसार अन्त्य तिर निकै थकित देखिएकि नेरीले ३८ औ ओभरमा निकै पानि तिर्खा लागेको बताएकी थिइन् र त्यसैले अन्त्य तिर नन स्ट्राइकमै धेरै बस्न रुचाईन् l क्षेत्र न. ३ काठमाडौँका प्रशिक्षक कलाम अलिले नेरीको खेलको खुलेर तारिफ गरे ”निकै राम्रो खेल खेलिन् , त्यति लामो समय क्रिजमा टिकेर त्यति रन बनाउनु निकै गार्हो कुरा हो l” मैदानमै खेल हेरिरहेकी महिला रास्ट्रिय क्रिकेट टिमकि पुर्बकप्तान तथा वर्तमान एपीएफ. कि खेलाडी निरा राजोपाध्यायले नेपाली महिला क्रिकेटकै लागि यो शतकले निकै महत्व राख्ने र खेलाडीको रुपमा आफुलाई पनि खुसि लागेको प्रतिक्रिया दिईन् l “नेरीको शतकले अब हामीलाई पनि शतक हान्नु पर्ने दबाब बढेको छ l” अघिल्लो खेलमा अर्धसतक प्रहार गरेको एपीएफकि खेलाडी सीता राना मगरले बताईन l

यसभन्दा अघि रास्ट्रिय क्रिकेट सर्बाधिक रनको रेकर्ड भैरहवाकि खेलाडी मधु थापाको नाममा थियो l महिला रास्ट्रिय क्रिकेट प्रतियोगिता २०६७ को बिरगंज बिरुद्धको खेलमा उनले मात्र ५९ बलको सामना गरि १५ चौका मदतले ९२ रन प्रहार गरेकि थिईन l नेपालगंजकै खेलाडी सीताराना मगरले त्यसै बर्ष रास्ट्रिय क्रिकेटमा पोखरा बिरुद्ध ६५ रनको इनिंग खेलेकी थिइन जुन अहिले सम्मकै तेश्रो सर्बाधिक हो l

नेरी थापाले सन् २०१० को यु-१९ एसीसी वुमेन्स क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा व्यक्तिगत सर्बाधिक ६६ रनको इनिंग खेलेकी थिइन् भने , जापान बिरुद्ध एसियन गेम्समा बनाएको २८ रन सिनियर अन्तरास्ट्रिय क्रिकेटमा उनको सर्बाधिक रन हो l पहिलो रास्ट्रिय प्रतियोगिता देखि नेपालगंज क्रिकेट टिमको कप्तानी गरेकी नेरी थापा नेपाली महिला रास्ट्रिय क्रिकेट टोलिकि पहिलो कप्तान हुन् l २०११ को एसीसी वुमेन्स च्याम्पियनशिप प्रतियोगितामा नेपालले नेरीकै कप्तानीमा खेलेको थियो l नेपाली महिला क्रिकेटकै सर्बाधिक सफल महिला क्रिकेटर नेरीले सन् २००७ मा एसियन क्रिकेट काउन्सिलको “उत्कृस्ट उदयमान एसियन खेलाडी” को अवार्ड हात परेकी थिइन् l बिस २०६७ मा नेरीले नेपाल खेलकुद पत्रकार महासंघ उत्कृस्ट युवा खेलाडी अवार्ड प्राप्त गरेकी थिइन् l

महिला रास्ट्रिय क्रिकेटमा सर्बाधिक रन :-

मधु थापा : ९२ ( ५९ ) , महिला रास्ट्रिय क्रिकेट प्रतियोगिता २०६७
सीता राना मगर ६५ ( ५३ ) , महिला रास्ट्रिय क्रिकेट प्रतियोगिता २०६७
सीता राना मगर ६३ ( ६४ ) , महिला रास्ट्रिय क्रिकेट प्रतियोगिता २०७०
जानकी भट्ट : ५८* ( ४८ ) , महिला रास्ट्रिय क्रिकेट प्रतियोगिता २०६७
सोभा आले : ५६ * ( ६२ ) , महिला रास्ट्रिय क्रिकेट प्रतियोगिता २०६९
रेखा रावल ५६ ( ५० ) , महिला रास्ट्रिय क्रिकेट प्रतियोगिता २०६९
रश्मि शर्मा : ५५* ( ६३ ) , पाचौ रास्ट्रिय खेलकुद , काठमाडौँ २०६५

( रेकर्ड – रमन सिवाकोटी )