फिक्सिंगको आरोप प्रमाणित हुँदा हंगकंग क्रिकेटर इरफान र नदीमलाई आजीवन प्रतिबन्ध

हंगकंग रास्ट्रिय क्रिकेटर इरफान एहमद र नदीम एहमदलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले म्याच फिक्सिंगको आरोपमा आजीवन प्रतिबन्ध लगाएको छ। यही आरोपमा अर्का हंगकंग क्रिकेटर हसिब अमजदलाई ५ वर्षे प्रतिबन्ध लगाएको छ।

यस अघि पनि ३ जना खेलाडीलाई आईसीसीले २०१४ को विश्वकप छनौटमा स्कटल्याण्ड र क्यानडा बिरुद्ध फिक्सिंग गरेको आरोपमा प्रतिबन्ध लगाएको थियो। इरफान आईसीसीको एन्टी करप्सन कोड अन्तर्गत ९ वटा आरोपमा दोषी प्रमाणित भएका छन् भने उनका आफ्नै भाइ नदीम र अमजद ३ वटामा आरोपमा दोषी पाइएको छ।

क्रिक्इन्फोका अनुसार २०१४ विश्वकप छनौट पछि नदीम भाइले २०१६ टि-२० विश्वकपको खेलहरुमा तथा २०१४ टि-२० विश्वकपको जिम्बाबे बिरुद्धको अभ्यास खेलमा तथा २०१५ टी-२० विश्वकप छनौटमा पनि फिक्सिंग गरेका थिए।

आईसीसीले जारि गरेको प्रेस बिज्ञप्तिमा निकै लामो र जटिल अनुसन्धान पछि क्रिकेटरहरुले गरेको कर्तुत बाहिर ल्याउन सकेको लेखेको छ।

“हंगकंगले स्कटल्याण्ड र क्यानडासंग ( २०१४ विश्वकप छनौट ) खेलेको खेलको केहि ओभरहरु फिक्स गरेका थिए। उक्त खेल हंगकंगलेनै जितेको थियो र प्रतियोगिताको नतिजामा असर गरेको थिएन तर खेलाडीहरुले गरेको जस्तो सुकै प्रकारको फिक्सिंगलाई माफी दिन सकिदैन’ आईसीसीले बताएको छ।

हसिब अमजद

इरफान एहमदले हंगकंगको लागि ६ एकदिवसीय अन्तर्राष्ट्रिय र ८ टि-२० अन्तर्राष्ट्रिय तथा नदीमले २५ एकदिवसीय अन्तर्राष्ट्रिय र २४ अन्तर्राष्ट्रिय खेलेका थिए। यस्तै अमजदले ७ एकदिवसीय अन्तर्राष्ट्रिय र १८ टि-२० अन्तर्राष्ट्रिय खेलेका थिए।

अन्तिम पटक नदीम एहमदले एसिया कप २०१८ मा भारत बिरुद्ध खेलेका थिए। इरफानले भने २०१५ मा अन्तिम पटक खेलेका थिए। अमजदले २०१६ मा अन्तिम पटक खेलेका थिए।