बलमा थुक प्रतिबन्ध बारे सचिन तेन्दुलकरको फरक धारणा, आईसीसीलाई यस्तो सुझाव



अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी) ले बुधबार क्रिकेट खेलको दौरान थुक प्रयोग गरेर बल चम्काउन प्रतिवन्ध लगाएको छ।

कोरोना महामारी पछि क्रिकेट सुरु गर्न आईसीसीले उक्त नियम लागु गरेको थियो। यस्तै आईसीसीले टेस्टको दौरान खेलाडीमा कोरोना सङ्क्रमण देखिए खेलाडी प्रतिस्थापनको नियम पनि ल्याएको छ।

सचिन तेन्दुलकरको असहमति :

महान भारतीय पुर्व क्रिकेटर सचिन तेन्दुलकरले थुकको प्रयोग प्रतिबन्ध गर्नुको बिपक्षामा आफ्नो धारणा दिएका छन्। सचिन संगै अस्ट्रेलियन पुर्व तिब्र गति बलर ब्रेट लिले पनि समान मत दिएका छन्।

सचिनले बताए अनुसार बल चम्काउनको लागि थुकमा प्रतिबन्ध लगाउनको लागि टेस्टको हरेक ५०-५५ ओभरमा नयाँ बल लिनुपर्छ। बलरहरुको लागि यो निकै जरुरि हुनेछ। टेस्ट क्रिकेटमा हाल ८० ओभरमा बलिंग गरिरहेको टिमले नयाँ बल लिन सक्छन्।

सचिन र ब्रेटले सोसल मिडियामा कुराकानी गर्दै यस बारे धारणा राखेका हुन्।

सचिनले थुक प्रयोग बन्देजको निर्णय बलर र टेस्कोट क्रिकेटको लागि घातक हुने प्रतिक्रिया बताए – “यदी अचानक टेस्ट क्रिकेटमा यति परिवर्तन आउछ भने खेलको स्तर घट्नेछ। टेस्ट निकै ढिलो हुनेछ। ब्याट्सम्यानले बुझ्नेछ कि उसले गलत सट नखेले उसलाई आउट गर्न सकिन्न। जबकी बलरलाई यो थाहा हुन्छ कि उ संग प्रतीक्षा गर्नु बाहेक अरु बिकल्प छैन।”

आर्टिफिशियल पदार्थ हुन सक्छ बिकल्प

सचिनले बताए, “टेस्टमा ५०-५५ ओभर पछि नयाँ बल लिन सकिन्छ। यसले खेलमा धेरै बदलाव आउनेछ। वानडे ५० ओभर को हुन्छ र दुवै किनारमा नयाँ बल प्रयोग हुन्छ अर्थात एउटा बलले २५ ओभर खेलिन्छ। टेस्टमा पनि यस्तो गर्न सकिन्छ।”

“बल चम्काउनको लागि थुकको बिकल्पमा अरु नयाँ पदार्थको पनि प्रयोग गर्न सकिन्छ। यसमा पनि सहमति हुनु पर्छ। यसले बलर र ब्याट्सम्यान दुवै खुसि हुन् सक्नेछन्।”

पसिना नआउने ठाउँमा के गर्ने ?

सचिनले इंग्ल्यान्ड र न्युजिल्यान्डको उदाहरण दिंदै बताए “टेस्ट क्रिकेटमा तपाई थुकको प्रयोग गर्न पाउनु हुन्न। केहि देशमा खेलाडीलाई पसिनानै आउदैन जुन परिस्थितिमा मुस्किल हुनसक्छ। किनकि पसिना आउनु त्यहाँको मौसममा निर्भर गर्छ। डे-नाइट म्याचमा त अझ यस्तो धेरै हुनेछ।”

क्रिकेटमा बल चम्काउन र त्यसबाट हुने बलको हर्कतबाट फाइदा उठाउन लागि थुक र पसिनाको प्रयोग गर्ने गरिन्छ। आईसीसीले कोरोना संक्रमणलाई मध्यनजर राखेर यसको प्रयोगमा बन्देज लगाएको हो। तर पसिनाले पनि बल चम्काउन सकिन्छ। तर केहि बलर पसिना थुक जतिको उपयोगी नहुने मान्छन्।

अम्पायर बलरप्रति नरम हुन् 

थुकको प्रतिबन्ध बारे ब्रेट लिए बताए, ‘अरु धेरै तरिका छन् जसबाट बलरले बलको फाइदा उठाउन सक्छन्। आईसीसीले यस बारे पनि विचार गर्नुपर्छ। अम्पायरले बलर प्रति नरम व्यवहार गर्नुपर्नेछ। कुनै कारवाही गर्नु भन्दा पहिला बलमा थुक लगाउने स्थतिमा २ या ३ पटक चेतावनी दिनुपर्छ। म तपाईलाई ग्यारेन्टी दिन सक्छु कि यदी खेलाडीले पुरानो बानिको कारण पनि यो झुक्केर लगाउन सक्छन्।

यस्तो छ आईसीसीको नयाँ नियम

बलमा थुक लगाउन प्रतिबन्धित : खेलाडीहरुले बल चम्काउन थुक प्रयोग गर्न पाउने छैनन्। यदी कुनै खेलाडीले बलमा थुक लगाएको खण्डमा अम्पायरले उक्त परिस्थिति सम्हालेर चेतावनी दिनेछन्। यदी एकै पारिमा दुइ पटक टिमले चेतावनी पाएको खण्डमा ५ रन ब्याटिंग गर्ने टिमको खातामा जोडिनेछ। बलमा थुक लगाएको खण्डमा अम्पायरले त्यसलाई पुरै सफा गरेर मात्र खेल पुनः सुचारु गरिनेछ।

कोभिड-१९ प्रतिस्थापन : टेस्ट म्याचको दौरान खेलाडीमा कोभिड-१९ को लक्षण पाइएको खण्डमा टिमले खेलाडी प्रतिस्थापन गर्न पाउनेछ। मस्तिष्क आघातको प्रतिस्थापन गर्ने परिस्थितिमा म्याच रेफ्रीले सुहाउदो विकल्पको चयन गर्नेछ। कोभीड-१९ प्रतिस्थापनको नियम टि-२० र एकदिवसीय अन्तर्राष्ट्रियमा भने लागु हुनेछैन।

अ-तटस्थ अम्पायर : यात्रा गर्न प्रतिकुल परिस्थितिका कारण खेलमा तटस्थ म्याच अफिसियल हुनु पर्ने नियम अस्थाई रुपमा अन्तर्राष्ट्रिय प्लेयिंग कंडीसनबाट हटाईएको छ। आईसीसीले स्थानीय अम्पायरलाई आईसीसी इलाइट प्यानल र आईसीसी अन्तर्राष्ट्रिय प्यानलबाट म्याच अफिसियल चयन गर्नेछ।

अतिरिक्त डीआरएस रिभ्यु : आगामी परिस्थितिमा कम अनुभवी अम्पायर समेत खेलमा प्रयोग हुनसक्ने हुँदा आईसीसीले प्रत्येक इनिंगमा एक अतिरिक्त असफल डीआरएस रिभ्यु गर्न दिने भएको छ। अब टेस्टमा तिन पटक र सिमित ओभरमा २ पटक प्रति इनिंग असफल अपिल रिभ्यु हुनेछ।





थप समाचार

T20 WC : बंगलादेश स्तब्ध ! स्कटल्याण्डको ऐतिहासिक जित

युएई र ओमानमा संयुक्त रुपमा आयोजित सातौँ संस्करणको टि-ट्वान्टी विश्वकप अन्तर्गत पहिलो दिन आइतबार दोश्रो खेलमा एसोसिएट राष्ट्र स्कटल्याण्डले टेस्ट […]

टि-२० विश्वकप : पीएनजी बिरुद्ध ओमानको शानदार जित

सातौँ संस्करणको टि-ट्वान्टी विश्वकप २०२१ ओमानमा सुरु भएको छ। ओमान र युएईले संयुक्त रुपमा आयोजना गरेको विश्वकप अन्तर्गत उद्घाटन खेलमा […]

चेन्नाईलाई चौंथो पटक आईपीएल उपाधि

फाइनलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नाई सुपर किंग्सले १४ औं संस्करणको इन्डियन प्रिमियर लिग जितेको छ।चेन्नाईले चौंथो […]

IPL FINAL : डु प्लेसीको उत्कृस्ट पारि, चेन्नाईद्वारा कोलकातालाई चुनौतिपूर्ण लक्ष्य

१४ औं संस्करणको इन्डियन प्रिमियर लिग ( ईपीएल ) टि-२० को उपाधिको लागि चेन्नाई सुपर किंग्स र कोलकाता नाइट राइडर्स […]

IPL : फाइनल पुग्न असफल भएपछि दिल्ली कप्तान रिशभ पन्तले भने “म संग व्यक्त गर्ने शब्द छैन”

रोमान्चक खेलमा कोलकातासंग ३ विकेटले पराजित हुँदै १४ औं संस्करणको आईपीएल फाइनलमा पुग्न चुकेपछि दिल्ली क्यापिटल्सका कप्तान रिशभ पन्तले निराशा […]

IPL : सनसनीपूर्ण खेलमा दिल्लीलाई पराजित गर्दै कोलकाता फाइनलमा

सनसनीपूर्ण दोश्रो क्वालीफायरमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाता नाइट राइडर्स १४ औं संस्करणको इन्डियन प्रिमियर लिगको फाइनल प्रवेश […]