ब्राभो कप्तानीको मराठाले जित्यो टि-१० लिगको उपाधि



शेन वाटसन कप्तानीको डेक्कन ग्ल्याडीएटर्सलाई ८ विकेटले पराजित गर्दै ड्वेन ब्राभो कप्तानीको मराठा अरबीयन्सले टि-१० लिग २०१९ को उपाधि जितेको छ। जितसंगै मराठाले १ लाख डलर हात पार्यो।

शेख जायद स्टेडियम आबु धाबीमा आइतबार राति सम्पन्न खेलमा डेक्कनले दिएको ८८ रनको लक्ष्य मराठाले ७.२ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गरेको हो।

 

लक्ष्य पछ्याउने क्रममा मराठाका ओपनर चाडविक वाल्टनले अविजित ५१ रन बनाए जुन क्रममा २६ बलमा ३ छक्का र ६ चौका प्रहार गरे। यस्तै क्रिस लिनले १६ तथा नाजिबुल्लाह जद्रानले १२ रन बनाए।

यस अघि टस हारेर ब्याटिंग गरेको डेक्कनले १० ओभरमा ८ विकेट गुमाएर ८७ रन बनाएको थियो। उसको लागि आसिफ खानले सर्वाधिक २५,  भानुका राजपक्षाले २३ रन बनाए। स्टार ब्याट्सम्यानहरु मोहम्मद शहजाद १४, कप्तान शेन वाटसन १, काइरन पोलार्ड ५ रन बनाएर आउट भए।

डेक्कनको बलिंगमा कप्तान ब्राभोले २ तथा मिचेल म्याक्लेनघन, लासिथ मालिंगा र कासुन रजिथाले १/१ विकेट लिए।

फाइनलको प्लेयर अफ द म्याच चाडविक वाल्टन घोषित भए भने प्रतियोगिताकै उत्कृस्ट खेलाडी क्रिस लिन घोषित भए।

प्रतियोगितामा नेपाली खेलाडीहरु सन्दिप लामिछाने र पारस खड्का सहभागी भएका थिए। सन्दिपको कर्नाटका टस्कर्स र पारसको टिम आबु धाबी प्ले-अफ चरण पुग्न असफल रह्यो। सन्दिपले प्रतियोगितामा ५ खेलमा ६ विकेट लिए। पारसले ३ खेलमा मौका पाउदा ब्याटिंगमा ४ रन तथा बलिंगमा १ विकेट लिए।





थप समाचार

T20WC : कोहलीले बनाए दुई विश्वकीर्तिमान

युएईमा जारि टि-ट्वान्टी विश्वकप अन्तर्गत चिर प्रतिद्वन्द्वी पाकिस्तान बिरुद्ध अर्धशतक बनाएका भारतीय कप्तान कोहलीले नयाँ विश्वकीर्तिमान बनाएका छन्। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा […]

T20WC : अफ्रिदीको घातक बलिंग, संकटमा कोहलीले उत्कृस्ट ब्याटिंग गर्दा भारतको मध्यम योगफल

युएईमा जारि टि-ट्वान्टी विश्वकपको सातौँ संस्करणको सुपर-१२ चरण अन्तर्गतको खेलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गरिरहेका छन्। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस […]

T20WC : पाकिस्तानले टस जित्यो, भारत ब्याटिंग गर्दै ( दुवै टिमको अन्तिम-११ )

युएईमा जारी टि-ट्वान्टी विश्वकपको सुपर-१२ चरण अन्तर्गत समुह ‘२’ अन्तर्गतको खेलमा चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दैछन्। खेलमा पाकिस्तानले […]

T20WC : श्रीलंकाद्वारा बंगलादेश पराजित, असलंका र राजापक्षेको उत्कृस्ट साझेदारी

बंगलादेशलाई ५ विकेटले पराजित गर्दै श्रीलंकाले टि-ट्वान्टी विश्वकपको सुपर-१२ चरणको समुह ‘१’ अन्तर्गतको आफ्नो पहिलो खेलमा विजयी सुरुवात गरेको छ। […]

T20WC : भारत र पाकिस्तानको भेट, दुवै टिमको कमजोर र बलियो पक्ष

क्रिकेट फ्यानहरुको लामो प्रतीक्षा समाप्त भएको छ। लामो पर्खाइ पछि विश्वक्रिकेटका चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने-सामने हुँदैछन्। युएईको दुबई […]

T20 World Cup : आज दुई खेल हुँदै, ४ एशियाली टोलि बीच प्रतिस्पर्धा

युएईमा जारी टि-ट्वान्टी विश्वकपको सुपर-१२ चरण अन्तर्गत आज आइतबार समुह ‘२’ अन्तर्गत दुई खेल हुँदैछन् जसमा ४ दक्षिण एशियाली राष्ट्रहरु […]