रुबिनाको अल-राउण्ड प्रदर्शन, काठमान्डौ फाइनलमा प्रवेश



वुमन्स च्याम्पियन्स लिगको इलिमिनेटरमा बिराटनगर टाइटन्सलाई पराजित गर्दै क्याट क्विन्स काठमान्डौ फाइनलमा प्रवेश गरेको छ । यससँगै काठमान्डौले बिहिबार हुने फाइनल खेलमा उपाधीको लागि चितवन राइनोजको सामना गर्नेछ । चितवन यसअघि नै लिग चरणमा अपराजित रहँदै फाइनलमा प्रवेश गरेको हो ।

काठमान्डौलाई जित दिलाउन कप्तान रुबिना क्षेत्रीले नेतृत्वदायी प्रदर्शन गरिन् । उनले बलिङ्गमा ४ विकेट लिनेक्रममा ४ ओभर बलिङ्ग गर्दै १ मेडन राखेर मात्र ४ रन खर्चीईन् । त्यस्तै ब्याटिङ्गतर्फ अविजित ३४ रन बनाउन ३० बलमा ४ चौका प्रहार गरिन् ।

बिराटनगरले पहिले ब्याटिंग गर्दै दिएको ६९ रनको सामान्य लक्ष्य काठमान्डौले मात्र ९।५ ओभरमा पुरा गर्यो । ओपनर रोमा थापा पहिलो ओभरको पहिलो बलमा नै आउट भएकी थिइन् । त्यसपछि रुबिनाले दोश्रो विकेटको लागि अप्सरी बेगमसँग साझेदारी गर्दै जित दिलाईन । बेगमले २८ बलमा ३ चौका सहित अविजित २७ रन बनाईन ।

त्यसअघि ब्याटिंग गरेको बिराटनगरले राम्रो सुरुवातलाई निरन्तरता दिन सकेन । पहिलो विकेटको लागि ज्योति पाण्डे र सोनु खड्काले ६।५ ओभरमा ४४ रनको साझेदारी गरेका थिए । तर अन्तिम १० विकेट मात्र २४ रन थप्दा गुमेपछि बिराटनगर १७।३ ओभरमा ६८ रनमा समेटीएको हो । सोनु खड्काले २५ बलमा ६ चौका सहित ३४ रन र ज्योति पाण्डेले १२ रन बनाए । दोहोरो अंक बनाउने अर्को खेलाडी आरति बिडारी रहिन् उनले ११ रन बनाईन ।





थप समाचार

IPL : कोलकाताद्वारा हैदरावाद १० रनले पराजित

१४ औं आईपीएल अन्तर्गत आइतबार सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई १० रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ। […]

IPL : कोलकाताद्वारा हैदरावादलाई १८८ रनको लक्ष्य

इन्डीयन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत तेश्रो खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावाद प्रतिस्पर्धा गरिरहेका छन्। एमए चिदम्बरम […]

क्यानले थाल्यो नामिबियासंग एकदिवसीय सिरिजको तयारी

नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी मे महिनाको तेश्रो साता नामिबियासंग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज गर्ने तयारी गर्ने भएको […]

IPL : चेन्नाई बिरुद्ध धवनको कीर्तिमान, दिल्लीको शानदार जित

आईपीएल २०२१ अन्तर्गत दोश्रो खेलमा दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्सलाई ७ विकेटले सहजै पराजित गर्दै विजयी सुरुवात गरेको छ। मुम्बईको […]

पाकिस्तानको जितमा रिजवानको उत्कृस्ट इनिंग्स

दक्षिण अफ्रीका भ्रमण अन्तर्गत ४ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो खेलमा भ्रमण टोलि पाकिस्तान ४ विकेटले विजयी हुँदै सिरिजमा […]

IPL : पुनरागमन खेलमा रैनाको अर्धशतक, दिल्लीलाई चुनौतीपूर्ण लक्ष्य

भारतमा जारि १४ औं सिजनको इन्डीयन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत दोश्रो खेललाई मा चेन्नाई सुपर किंग्स र दिल्ली […]