Home - विकेटनेपाल विशेष - एकै इनिंगमा १० विकेट लिंदै यी बलरले मचाए सनसनी, दिलाए मेहबुब आलमको याद

विकेटनेपाल विशेष

एकै इनिंगमा १० विकेट लिंदै यी बलरले मचाए सनसनी, दिलाए मेहबुब आलमको याद

Wicketnepal Staff
Editor
  • 6.2K
  •  
  •  
  •  
  •  
  •  
    6.2K
    Shares

  • विकेटनेपाल, मङ्सिर २७ – बिहिबार 

मेहबुब आलमले सन् २००८ मा जर्सीमा सम्पन डिभिजन-५ प्रतियोगितामा मोजाम्बिक बिरुद्ध एकै इनिंगमा १० विकेट लिएको याद नेपाली समर्थकहरुमा ताजै छ। आलम बाहेक अन्य कुनै बलरले अधिकारिक एकदिवसीय खेलमा उक्त किर्तिमान कायम गर्न सकेका छैनन्।

टेस्ट क्रिकेटमा भारतका अनिल कुम्बलेले तथा इंग्ल्याण्डका जिम लेकरले बाहेक यो काम अरु कसैले गर्न सकेका छैनन्।

भारतको प्रतिष्ठित क्रिकेट प्रतियोगिता कुच बिहार ट्रफीमा देब्रे हाते मिडियम पेस बलर रेक्स राजकुमार सिंहले एकै पारिमा १० विकेट लिंदै सनसनी मचाएका हुन्।

१९ बर्ष मुनिको चार दिवसीय प्रतियोगितामा भारत मणिपुरको लागि खेल्ने क्रममा मंगलबार १८ बर्षिय राजकुमारले अरुणाचल बिरुद्ध पारिको दशै विकेट लिएपछि उनि चर्चित बनेका छन्। उनले पुरै १० विकेट लिंदा अरुणाचलको टिम ३६ रनमै अलआउट हुन पुग्यो।

रुरल डेभलप्मेन्ट ट्रस्ट स्टेडियममा अनन्तपुरमा ९.५ ओभर बलिङ्ग गरेका राजकुमारले मात्र ११ रन दिएर १० विकेट लिएका हुन् जुन क्रममा ६ ओभर मेडन गरेका थिए।

१० विकेट लिने क्रममा राजकुमारले ५ ब्याट्सम्यानलाई बोल्ड आउट गरेका थिए भने २ जना एलबिडब्लु र ३ जना विकेटकिपरको हातबाट क्याच आउट गराएका थिए।

भिडियो हेर्नुस

खेलमा अरुणाचल प्रदेशको पहिलो इनिंग १३८ रनमा समाप्त भएको थियो जस्पची मणिपुरले पनि १२२ रन मात्रै बनाउन सकेको थियो। त्यसपछि ब्याटिंग गरेको अरुणाचल ३६ रनमै अलआउट भएपछि चाहिएको ५३ रनको लक्ष्य मणिपुरले विकेट नगुमाई पुरा गर्यो।

राजकुमारले २ इनिंगमा गरि कुल १५ विकेट निकाले जसमा पहिलो पारिमा ५ विकेट ( ५/३३ ) पनि सामेल छ। सिक्किम बिरुद्ध पछिल्लो महिना रणजी खेलेर राजकुमारले प्रथम श्रेणी क्रिकेटमा पाइला चालेका थिए।

मेहबुब आलम र अविनाश कर्णको याद   

सन् २००८ मा जर्सीमा सम्पन्न आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-५ मा मेहबुब आलमले मोजाम्बिक बिरुद्ध पुरै १० विकेट लिएर सनसनी मचाएका थिए जुन गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा समेत दर्ता भएको छ। आलमको उक्त रेकर्ड कसैले तोड्न सकेको छैन।

यस्तै देब्रे हाते बलर अविनाश कर्णले पनि सन् २०१० को यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्षेत्र नम्बर २ को लागि खेल्दै क्षेत्र नम्बर ६ बैतडीसंग १० विकेट लिएका थिए। त्यस खेलमा ६.१ ओभर बलिङ्ग गर्दै १ मेडन ओभर सहित २४ रन खर्चेर उक्त विकेट लिएका थिए।

खेलमा आलमले १० विकेट लिंदा मोजाम्बिकको पुरा टिम १४.५ ओभरमा १९ रनमै पेभिलियन फर्किएको थियो र खेल नेपालले २१९ रनले जितेको थियो।

खेलमा आलमले ५ विकेट बोल्ड गरेका थिए भने ४ जना ब्याट्सम्यान एलबिडब्लु तथा १ जना विकेटकिपरबाट समातिएका थिए। इनिंगमा मोजाम्बिकका ९ जना ब्याट्सम्यान खाता नखोली आउट भएका थिए।

१४.५ ओभर बलिङ्ग गर्दा अर्का तिब्र गति बलर बिनोद दासले ३ ओभर ( ३-१-३-० ) तथा शक्ति गौचनले ४ ओभर ( ४-२-२-० )  बलिङ्ग गरे पनि विकेट लिन सकेका थिएनन्।

आलमको भाग्य 

अझ रोचक त के छ भने खासमा मोजाम्बिकसंग प्रतियोगितामा नेपालले त्यस अघिनै खेल खेलीसकेको थियो। उक्त खेल वर्षाको कारण बीचमा रोकिन पुग्दा पुनः दोहोर्याएर खेल खेलिएको थियो। अघिल्लो खेलमा भने मोजाम्बिकले पहिले ब्याटिंग गर्दै ७० रनमा सबै विकेट गुमाईसकेको थियो भने नेपालले २ रन बनाउदा खेल रोकिएको थियो। आलमले त्यस खेलमा भने ५ ओभर बलिङ्ग गर्दा पनि विकेट लिन सकेका थिएनन्। ५ ओभरमा १ मेडन गर्दै २१ रन लिएर आलम विकेट विहिन बन्दा बिनोद दास ( १०-२-१६-५ ) र बसन्त रेग्मीले ( ५.५-२-८-५ ) भने ५/५ विकेट लिएका थिए।

फोटोहरुमा हेर्नुस कसरि लिएका थिए आलमले १० विकेट 

( फोटोहरु – आईसीसी / क्रिकेटयुरोप )


  • 6.2K
  •  
  •  
  •  
  •  
  •  
    6.2K
    Shares