IPL : १०० औं जितपछि धोनीले भने – ‘अनुभव काम आयो’



चेन्नाई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीले मुम्बई बिरुद्ध शनिवार लिगको पहिलो जितको पछाडी आफ्नो अनुभव मुख्य कारण रहेको बताएका छन्।

मुम्बईले दिएको १६३ रनको लक्ष्य चेन्नाईले १९.२ ओभरमा ५ विकेट गुमाएर पछ्याएको थियो। चेन्नाईको जितमा अम्बाती रायडु र फाफ डु प्लेसीले तेश्रो विकेटको लागि ११५ रनको साझेदारी गरेका थिए। यस्तै पियुष चावला, स्याम करन, दिपक चाहर र लुंगी एनगिड़ीले बलिंगमा राम्रो प्रदर्शन गरे। जितसंगै आईपीएलमा एकै टिमको लागि १०० जित दिलाउने धोनी इतिहासकै पहिलो कप्तान बनेका छन्। पहिलो सिजन २००८ देखि कप्तानी गरेका धोनीले चेन्नाईको लागि १६१ औं खेलमा कप्तानी गर्ने क्रममा १०० जित र ६० हार बेहोरेका छन् भने १ खेल नतिजा विहिन रहेको थियो।

“सबैले भन्ने गर्छन् नि, अनुभवले काम गर्छ, तर तपाईले अनुभव धेरै खेल खेलेपछि मात्र पाउनुहुन्छ। ३०० वानडे खेलाडीहरुको लागि सपनाको कुरा हो र तपाईले ११ जना खेलाडी मैदानमा उतार्दा अनुभवी र युवा खेलाडीको राम्रो समिश्रण चाहिन्छ।” धोनीले खेल पछि कुराकानीमा बताए।

“युवा खेलाडीहरुलाई गाइड गर्न मैदानमा अनुभवी खेलाडीहरु चाहिन्छ। आईपीएलमा युवा खेलाडीहरुले ६०-७० दिन सिनियर खेलाडीसंग समय बिताउने मौका पाउछन्।”

धोनीले पहिलो खेलबाट टिमले सिकेको कुरा पनि बताए – “हामिले जति अभ्यास गरे पनि अन्ततः मैदानमा पुगेपछि परिस्थितिमा समाहित हुनुपर्छ र आफ्नो उत्कृस्ट दिनुपर्छ। हामीलाई थोरै समय लाग्यो , विशेष गरि बलरहरुले पिचमा राम्रो लेन्थ भेटाउनको लागि। धेरै सकरात्मक कुराहरु छन् र अझै धेरै कुराहरु सुधार गर्नुपर्नेछ।”

“दोश्रो इनिंगमा सित मैदानमा हुँदा बलमा मुभमेन्ट देखिएको थियो। विकेट छिट्टै गुमाउनु हुदैन भने तपाईको हात माथि हुनेगर्छ। सिक्ने कुरा यही हो। रायडुले फाफ डु प्लेसिससंग राम्रो साझेदारी गरे। हामि मध्ये अधिकांश रिटायर्ड खेलाडी हौँ , भाग्यवस कोहि पनि घाइते भएनौं।”

मुम्बई कप्तान रोहितले हारको कारण ब्याट्सम्यानहरुलाई दिए – “जसरि रायडु र डु प्लेसीले ब्याटिंग गरे कुनै पनि हाम्रो ब्याट्सम्यानले त्यस्तो खेल्न सकेनन्। मलाई लाग्छ हाम्रो १० ओभरमा ८५ रन थियो। चेन्नाई बलरहरुको तारिफ गर्नुपर्छ, उनीहरुले त्यसपछि अन्तिममा खेल आफूतिर ताने।”

“हामीले सिक्नुपर्ने कुरा हो र भर्खर सुरु भएको छ। हामी सबै सुरुवातमा राम्रो गर्न चाहन्छौ र यो प्रतियोगितामा लय प्राप्त गर्न पनि आवस्यक रहन्छ। हामीले खेल बाट केहि कुरा सिकेका छौँ र हामीले केहि गल्ति गरेका छौँ। आशा गर्छु हामिले उक्त गल्ति आगामी खेलमा नदोहोर्याइ आगामी खेलमा अझ राम्रो गर्नेछौँ।” रोहितले बताए।

चेन्नाईले लिगमा आगामी खेल सेप्टेम्बर २२ तारिख मंगलबार राजस्थान रोयल्स बिरुद्ध खेल्नेछ। मुम्बईले सेप्टेम्बर २३ बुधबार कोलकाता नाइट राइडर्स बिरुद्ध खेल्नेछ।

यो पनि पढ्नुस :-

IPL : मुम्बई बिरुद्ध जितपछि धोनीले बनाए ठूलो कीर्तिमान

IPL : हारपछि रोहितले ब्याट्सम्यानहरुलाई दिए दोष

IPL : दिल्लीको पहिलो खेल आज, सन्दिप खेल्ने सम्भावना कति ?

चर्चित प्रस्तोता मयान्ति यो सिजन आईपीएलको हिस्सा नहुने, कारण यस्तो