मुख्यमन्त्री कप: प्रदेश ४ सँग ३० रनमा समेटिदा प्रदेश ५ प्रतियोगिताबाट बाहिरियो



  • विकेटनेपाल, फाल्गुन ३० – बिहिबार

धनगढीमा बुधबारदेखि सुरु भएको प्रथम अन्तर प्रदेश स्तरीय मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहिबार भएको खेलमा प्रदेश ४ सँग ५६ रनको अन्तरले पराजित हुँदै प्रदेश ५ प्रतियोगिताबाट बाहिरिएको छ। प्रदेश ५ को यो लगातार दोश्रो हार हो। यसअघि भएको खेलमा प्रदेश १ सँग ५ रनले पराजित भएको थियो।

।। स्कोरकार्ड ।।

प्रदेश ४ ले दिएको ८७ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको प्रदेश ५ १३.२ ओभरमा सबै विकेट गुमाउँदै मात्र ३० रनमा समेटियो। उसलाई सस्तैमा समेट्न प्रदेश ४ का बलर बिपिन खत्रीले खेलको पारीको दोश्रो ओभरमा नै मेडन ओभर गर्दै ३ विकेट झारे। खत्रीले खेलमा ४ ओभर बलिंग गर्दै १ मेडन राखेर मात्र ७ रन खर्चिंदा ५ विकेट हात पारे।

यस्तै राजु गुरुङले पनि २ विकेट लिन ४ ओभरमा २ मेडन सहित ३ रन दिएर २ विकेट लिँदा बिशाल पौडेल, किशोर महतो र सन्तोष न्यौपानेले समान १/१ विकेट लिए।

प्रदेश ५ का लागि ८ नम्बरमा आएका बिक्रम भुसालले सर्बाधिक ८ रन बनाए।

यसअघि खेलमा टस जितेर पहिले ब्याटिंग गरेको प्रदेश ४ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८६ रन बनाएको थियो। उसका लागि किशोर महतोले सर्बाधिक १९ रन, बिधान श्रेष्ठले १८ रन, मन्जिल न्यौपानेले अविजित १५ रन र सन्तोष न्यौपानेले १३ रन बनाएका थिए।

बलिंगतर्फ प्रदेश ४ का रुपेश कुर्मी (४-०-१९-२) र कृष्ण कार्की (४-०-२३-२) ले समान २/२ विकेट लिएका थिए। कप्तान सन्दिप सुनार र सिद्धान्त राजको नाममा १/१ विकेट रह्यो।

खेलमा बिपिन खत्री प्लेयर अफ द म्याच घोषित भए।

प्रतियोगितामा सातै प्रदेशका टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा प्रदेश १, ३, ४ र ५ तथा समुह बि मा २, ६ र ७ रहेका छन्।





थप समाचार

क्यानद्वारा सात प्रदेशमा १० प्रशिक्षक नियुक्त

नेपाल क्रिकेट संघले आफ्नो सातवटै प्रदेश क्रिकेट संघहरुमा पहिलो पटक प्रशिक्षक नियुक्त गरेको छ। क्यानले प्रदेश-२, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा […]

प्रशिक्षक व्हाटमोरको विदाई सुखद बनाउने नेपाली टिमको चाहना

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ व्हाटमोरको प्रशिक्षणमा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज अन्तिम खेल खेल्दैछ। ओमान भ्रमण अन्तर्गत विश्वकप […]

नेपाल र ओमान बीच खेल आज ( सम्पूर्ण जानकारी )

खेल – नेपाल VS ओमान ( चौंथो खेल, विश्वकप लिग-२ , त्रिकोणात्मक सिरिज ) कहिले – सेप्टेम्बर १९, आइतबार, नेपाली […]

कप्तान मल्लले बताए अमेरिकासंग हारको प्रमुख कारण

ओमानमा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा लगातार दोश्रो हार बेहोर्ने क्रममा नेपाल अमेरिकासंग ६ विकेटले पराजित […]

डेब्युमा कस्तो रह्यो गुल्सनको प्रदर्शन

नेपाली घरेलु क्रिकेटमा मात्र दुई वटा खेलमा गरेको प्रदर्शनको बलमा गुल्सन झाले नेपाली राष्ट्रिय क्रिकेट टिममा स्थान बनाउदै शुक्रबार डेब्यु […]

अमेरिकासंग हार र ओमान भ्रमणमा अपेक्षाकृत प्रदर्शन गर्न नसकेका तिन प्रमुख खेलाडीहरु

ओमान भ्रमण अन्तर्गत पपुवा न्यु गिनीलाई पहिलो दुई एकदिवसीय अन्तर्राष्ट्रियमा पराजित गरेको नेपाली टिमबाट सोहि खालको प्रदर्शनको अपेक्षा नेपाली फ्यानहरुले […]