Mahendranagar United Vs Rupandehi Challengers
Live Score +
Home - विकेटनेपाल विशेष - अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी

विकेटनेपाल विशेष

अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी

Wicketnepal Staff
Editor
  • 81
  •  
  •  
  •  
  •  
  •  
    81
    Shares

सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेटमा कदम चालेको नेपाली क्रिकेट टिमले पनि आफ्नो पहिलो सहभगितासंगै बिभिन्न रेकर्डहरु राख्दै गयो।रेकर्डहरु मध्ये पनि केहि रेकर्ड निकै बिशेष हुने गर्दछन् र त्यस्तै रेकर्ड राख्ने मध्येका एक भाग्यमानी नेपाली खेलाडी हुन् पवन अग्रवाल

नेपाली रास्ट्रीय क्रिकेट टिमको प्रथम अधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिता एसीसी ट्रफी १९९६ मा नेपाली क्रिकेट टिमको सदस्य रहेका पवन अग्रवालले नेपालको लागि पहिलो अर्धशतक प्रहार गर्ने खेलाडी हुने सौभाग्य पाएका थिए। 

मलेसियामा सम्पन्न १९९६ एसीसी ट्रफी प्रतियोगितामा नेपाली क्रिकेट टिमको कुनै पनि ब्याट्सम्यानहरुले पहिलो तिन खेलसम्म अर्धशतकीय इनिंग खेल्न सकेका थिएनन् जुन ब्याट्सम्यानले प्रतियोगितामा अर्धशतक प्रहार गर्न सक्थ्यो त्यही खेलाडीले नेपाली सिनियर रास्ट्रिय क्रिकेट टिमको लागि पहिलो अर्धशतक प्रहार गर्ने खेलाडीको सौभाग्य प्राप्त गर्ने मौका थियो

नेपाली टिमले प्रतियोगितामा आफ्नो पहिलो खेल बंगलादेशसंग पराजय बेहोरेको थियो भने दोश्रो खेलमा जापानलाई ८ विकेटले पराजित गर्दै पहिलो अन्तर्राष्ट्रिय जित दर्ता गरेको थियो तेश्रो खेलमा फिजीसंग १२३ रनको अन्तरले पराजय बेहोरेपछि नेपाल आफ्नो चौथो खेलमा प्रतिस्पर्धा गर्दै थियो ब्रुनाईसंग

Pawan Agrawal
Pawan Agrawal

केलब अमान मैदानमा भएको उक्त खेलमा नेपालले ब्रुनाईलाई पराजित गर्न त सफल भयो नै पवन अग्रवालले खेलमा ८० रनको इनिंग खेल्दै नेपाली रास्ट्रीय क्रिकेट टिमको पहिलो अर्धशतक प्रहार गर्ने सौभाग्यशाली खेलाडी बन्न समेत सफल भए

उक्त खेलमा ६४ रनले बिजयी भएको नेपाली टिमले पहिलो इनिंगमा ब्याटिंग गर्दै १७१ रन बनाएको थियो प्रतिउत्तरमा मनिसराज पाण्डे र मुशरफ इजहरले ३/३ विकेट हात पारेपछि ब्रुनाई १०७ रनमै अलआउट हुनपुगेको थियो

ब्रुनाईसंग अर्धशतक प्रहार गरेपछि नेपालको लागि सर्वाधिक रन प्रहार गर्ने खेलाडीको किर्तिमान पनि आफ्नो बनाएका अग्रवालको रेकर्ड सन् २००० को एसीसी ट्रफीमा माल्दिभ्स बिरुद्ध ९० रनको इनिंग खेल्दै किरन अग्रवालले आफ्नो नाममा पारेका थिए। 

नेपालको लागि पहिलो शतक बनाउने खेलाडी भने राजु खड्का हुन्। सन् २००३ मा नेपालमा सम्पन्न एसीसी इमर्जिङ्ग नेसन्स प्रतियोगितामा खड्काले भुटान बिरुद्ध शतक प्रहार गरेका थिए। उक्त खेलमा दायाँ हाते ब्याट्सम्यान खड्काले ५० बलमा अविजित १०५ रन बनाएका थिए जुन क्रममा १४ चौका र ४ छक्का हिर्काएका थिए।

१९९६ एसीसी ट्रफीको समुह चरणबाट बाहिरिने क्रममा नेपालले खेलेको ५ खेल मध्ये जापान र ब्रुनाईसंग जित हात पारेको थियो भने बंगलादेश, फिजी र हंगकंगसंग पराजित हुन पुगेको थियो। उक्त प्रतियोगिता बंगलादेशले युएईलाई पराजित गर्दै जितेको थियो।

पहिलो अर्धशतकको किर्तिमान कायम गरेका अग्रवालले सन् २००० को एसीसी ट्रफीमा नेपाली क्रिकेट टिमको कप्तानी गरेका थिए अन्तिम पटक सन् २००१ आईसीसी ट्रफी ( डिभिजन-२ ) खेलेका अग्रवाल बिनयराज पाण्डेको कार्यकालमा नेपाल क्रिकेट संघको सदस्य पनि भएका थिए। अग्रवाल हाल नेपालमै बैंकिङ क्षेत्रमा कार्यरत छन्। 

( फिचर फोटो :- १९९६ एसीसी ट्रफीमा ब्याटिंग गर्न जाँदै पवन अग्रवाल र मनिसराज पाण्डे फोटो – पवन अग्रवाल फेसबुक )


  • 81
  •  
  •  
  •  
  •  
  •  
    81
    Shares