फाइनल पुग्न मुम्बईद्वारा दिल्लीलाई विशाल लक्ष्य



आईपीएल २०२० को फाइनल प्रवेशको लागि पहिलो क्वालीफायरमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डीएन्स प्रतिस्पर्धा गरिरहेका छन्।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिंग गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०० रन बनाउदै २०१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मुम्बईको लागि इशान किशनले सर्वाधिक ५५ रन बनाए जुन क्रममा ३० बलमा ४ चौका र ३ छक्का प्रहार गरे। सुर्यकुमार यादवले ३८ बलमा ६ चौका र २ छक्का मद्दतले सर्वाधिक ५१ रन बनाए। क्विन्टन डीककले २५ बलमा ५ चौका र १ छक्का मद्दतले ४० रन बनाए। हार्दिक पान्ड्याले १४ बलमा ५ छक्का मद्दतले अविजित ३७ रन बनाए। क्रुनाल पान्ड्याले १३ रन बनाउदा रोहित शर्मा र काइरन पोलार्डले खाता खोल्न सकेनन्।

सुर्यकुमार यादवले अर्धशतक बनाए

कप्तान रोहित शर्मा खाता नखोली रभीचन्द्रन आश्विनबाट आउट भएपछि डीकक र यादवले दोश्रो विकेटको लागि ६२ रनको साझेदारी गरे। यस क्रममा मुम्बईले पहिलो ६ ओभरमा ६३ रन बनायो जुन यो सिजनमै मुम्बईले पावरप्लेमा बनेको सर्वाधिक रन हो।

आठौँ ओभरमा डीककलाई आश्विनले धवनबाट क्याच आउट गरेपछि भने दिल्लीले राहतको स्वास फेर्यो। १२ औं ओभरमा यादवलाई नोर्कियाले ड्यानिय स्याम्सबाट क्याच आउट गराए। लगत्तै ओभरमा पोलार्डलाई खाता नखोल्दै आश्विनले रबाडाबाट क्याच आउट गराउदा दिल्ली हावी बन्यो। ७८/१ बाट मुम्बई १०१/४ को अवस्थामा पुग्यो।

पान्ड्या र किशनले २३ बलमा ६० रनको साझेदारी

इशान किशन र क्रुनाल पान्ड्याले पाँचौ विकेटको लागि ३९ रन जोडे। किशनले नोर्कियाले गरेको १६ औं ओभरमा १ छक्का र २ चौका प्रहार गर्दा ओभरमा १८ रन बन्द मुम्बईले पुनः लय पायो। १७ औं ओभरमा पान्ड्यालाई स्टोइनिसले क्याच आउट गराए।

किशनले त्यसपछि पनि आक्रामक ब्याटिंग जारि राखे जसलाई हार्दिक पान्ड्याले राम्रो साथ दिए। दुवैले छैठौं विकेटको लागि मात्र २३ बलमा ६० रनको साझेदारी गरे। १९ औं ओभरमा रबाडाले १८ रन तथा २० औं ओभरमा नोर्कियाले २० रन खर्चदा दिल्लीले २०० योगफल बनायो। अन्तिम बलमा छक्का हिर्काउदै किशनले अर्धशतक पुरा गरे।

अन्तिम ५ ओभरमा मुम्बईले मात्र १ विकेट गुमाएर ७८ रन बनायो।

दिल्लीको बलिंगमा रभीचन्द्रन आश्विनले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र २९ रन खर्चिए। एनरिक नोर्किया ( ४-०-५०-१ ) र मार्कस स्टोइनिसले समान १ विकेट ( १-०-५-१ ) लिए। ड्यानियल स्याम्स ( ४-०-४४-० ) र कागीसो रबाडा ( ४-०-४२-० ) विकेटविहिन रहे।

रभीचन्द्रन आश्विनले सर्वाधिक ३ विकेट लिए

डिफेन्डिङ च्याम्पियन मुम्बई पाँचौ आईपीएल उपाधि जित्ने बाटोमा रहेको छ भने दिल्ली पहिलो पटक फाइनल र उपाधि जित्दै इतिहास रच्न चाहन्छ। आज जित्ने टिमले सोझै फाइनलको टिकट पाउनेछ। पराजित हुने टिमले इलिमीनेटरमा फाइनल पुग्ने अर्को मौका पाउनेछ। दुवै टिमको उद्देश्य सिधा फाइनल पुग्ने हुनेछ।

मुम्बई प्ले-अफ खेल्न तथा ठुलो खेलको लागि अनुभवी टोलि हो किनकि उसले उपाधिनै ४ पटक जितीसकेको छ। पछिल्लो ५ वटा प्लेअफ खेलमा मुम्बईले ४ वटा खेल जितेको छ। अर्कोतर्फ दिल्ली हालसम्म एउटा मात्र प्लेअफ/सेमीफाइनल खेल जित्न सकेको इतिहास छ। १३ औं सिजन खेल्दै गर्दा दिल्ली हालसम्म फाइनल पुग्न सकेको छैन। गत सिजन दिल्ली इलिमीनेटरबाट बाहिर भएको थियो।

IPL पहिलो क्वालिफायर : अनुभवी मुम्बई बिरुद्ध दिल्लीलाई इतिहास रच्ने अवसर

क्वालीफायरमा मुम्बई बिरुद्ध सन्दिपलाई खेलाउने बारे आकाश चोपडाले के भने

को बन्ला नेपालको मुख्य प्रशिक्षक, क्यानले आईसीसीलाई पठाइयो आवेदकहरुको सूची

आईसीसीले राख्यो नेपालको क्रिकेट खेल्दै गरेको मनमोहक तस्विर





थप समाचार

प्रम कप : एपीएफ सेमिफाइनलमा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न (ग्रुप ‘ए’) १५ औं खेलमा एपीएफले कर्णालीलाई ७१ रनले पराजित गर्दै सेमिफाइनलमा […]

प्रम कप : लुम्बिनीको दोश्रो जित, सुदूरपश्चिम बाहिरियो

सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशले दोश्रो जित हात पारेको छ। जितपछि लुम्बिनी समुह […]

हसन चम्कदा एक खेल अगावै बंगलादेशलाई सिरिज

बंगलादेश र वेस्ट इन्डिजबीच जारि ३ खेलको एकदिवसीय शृंखला अन्तर्गत शुक्रबार सम्पन्न दोस्रो खेलमा घरेलु टोलि बंगलादेशले ७ विकेटको सहज […]

प्रम कप : बागमतीको लगातार तेश्रो जित, पृथुको उत्कृस्ट लय

प्रदेश नम्बर-२ लाई ६ विकेटले पराजित गर्दै बागमती प्रदेशले काठमाडौँमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार तेश्रो जित दर्ता […]

बिग ब्यास : सन्दिपको राम्रो प्रदर्शनका बाबजुद होबार्टको हार

अस्ट्रेलियामा जारी बिग ब्यास लिग अन्तर्गत ४७ औं खेलमा नेपाली खेलाडी सन्दिप लामिछाने आबद्ध होबार्ट हरिकेन्सलाई पर्थ स्करचर्सले २२ रनले […]

राजस्थान रोयल्सद्वारा रोबिन उथप्पा चेन्नाईलाई ट्रेड

आईपीएल टिम राजस्थान रोयल्सले आफ्नो ब्याट्सम्यान रोबिन उथप्पालाई चेन्नाई सुपर किंग्समा ट्रेड गरेको छ। आईपीएल २०१४ को अरेन्ज क्याप विजेता […]