पहिलो टि-२० मा भारतद्वारा अस्ट्रेलिया पराजित, जडेजाको कीर्तिमान



भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत तिन वटा टि-२० सिरिज अन्तर्गत पहिलो खेलमा भारतले घरेलु टिमलाई ११ रनले पराजित गर्दै सिरिजमा १-० को अग्रता हाँसिल गरेको छ।

टि-२० अन्तर्राष्ट्रियमा भारतले वर्ष २०२० मा हात पारेको यो ९ खेलमा आठौँ जित हो जसमध्ये एउटा खेल नतिजाविहिन रहेको थियो। भारतले लगातार ८ जित हात पारेको टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो पहिलो पटक हो। यस अघि २०१४, २०१६ र २०१८ मा भारतले लगातार ७ जितसम्म हात पार्न सकेको थियो।

मेनुका ओभल, क्यानबेरामा सम्पन्न खेलमा भारतले दिएको १६२ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १५० रन बनाउन सक्यो।

ओपनर आरोन फिंच र ड्यार्सी सर्टले ५६ रनको ओपनिंग साझेदारी गरेता पनि त्यसपछि लगातार विकेट गुमाउन पुग्दा अस्ट्रेलियाले लक्ष्यसम्म पुग्न सकेन। टि नटराजनले सर्ट, स्टिभ स्मिथ र म्याक्सवेलको विकेट लिंदै भारतलाई खेलमा फर्काएका थिए। फिंचले सर्वाधिक ३५ रन, सर्टले ३४ रन, मोईसेस हेनरिकसले ३० रन बनाए।

भारतको बलिंगमा टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरिरहेका तिब्र गति बलर टि. नटराजन ( ४-०-३०-३ ) र प्लेयर अफ द म्याच चुनिएका युजभेन्द्र चहल ( ४-०-२५-३ ) ले समान ३ विकेट लिए। दिपक चाहरले १ विकेट लिए।

अग्रताको कीर्तिमानी इनिंग 

यस अघि टस हारेर ब्याटिंग गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनाएको थियो।

भारतको लागि केएल राहुलले ४० बलमा सर्वाधिक ५१ रन बनाए जुन क्रममा ५ चौका र १ छक्का प्रहार गरे। रभिन्द्र जडेजाले मात्र २३ बलमा ५ छक्का र १ चौका मद्दतले ४४ रन बाए। संजु स्यामसनले २३ ताता हार्दिक पान्ड्याले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। शिखर धवन १ , बिराट कोहलीले ९, मनिष पाण्डे २ रन बनाएर आउट भए।

एक समय ११४/६ को अवस्थामा पुगेको भारतलाई अन्तिम ओभरहरुमा रभिन्द्र जडेजाले अन्तिममा आक्रामक ब्याटिंग गर्दै प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याए। जडेजाले जोश हेजलवुडले गरेको १९ औं ओभरमा ३ चौका र १ छक्का प्रहार गरे।

सातौँ नम्बरमा ब्याटिंग गर्दै जडेजाले बनाएको ४४ रन टि-२० अन्तर्राष्ट्रियमा ७ वा त्यो भन्दा तल्लो क्रममा ब्याटिंग गर्दै भारतीय ब्याट्सम्यानले बनाएको सर्वाधिक स्कोर हो। यस अघि २०१२ मा महेन्द्र सिंह धोनीले ७ ३८ रन बनाउनु सर्वाधिक थियो।





थप समाचार

बागमतीको दोश्रो जित, सुदूरपश्चिम विशाल अन्तरले पराजित

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत ज्ञानेन्द्र मल्ल कप्तानीको बागमती प्रदेशले लगातार दोश्रो जित दर्ता गर्ने क्रममा सुदूरपश्चिम प्रदेशलाई १८० […]

बिग ब्यास : सिड्नी बिरुद्ध सन्दिप विकेटविहिन

अस्ट्रेलियामा जारि बिग ब्यास लिग अन्तर्गत सिजनको पाँचौ खेल खेल्ने क्रममा सन्दिप विकेटविहिन भएका छन्। होबार्टको प्रतिनिधित्व गरिरहेका सन्दिप सिड्नी […]

गण्डकीको जितमा विशालको ह्याट्रिक, प्रदेश-१ को लगातार दोश्रो हार

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत चौथो दिन समूह ‘ए’ अन्तर्गतको खेलमा गण्डकी प्रदेशले प्रदेश-१ लाई २ विकेटले पराजित गर्दै […]

पृथु र आदील चम्किदा बागमतीद्वारा सुदूरपश्चिमलाई ३०० रनको लक्ष्य

काठमाडौँमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत चौथो दिन समुह ‘बि’ अन्तर्गतको खेलमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धा […]

बिशालले ह्याट्रिक लिंदा प्रदेश-१ १०२ रनमै सिमित

देब्रे हाते स्पिनर बिशाल पौडेलले ह्याट्रिक लिंदा गण्डकी प्रदेशले प्रदेश-१ लाई १०२ रनमै सिमित गरेको छ। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय […]

प्रम कप : आज दुईवटा खेलहरु हुँदै

काठमाण्डौमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत चौथो दिन दुईवटा खेलहरु हुनेछन्। टियु मैदानमा समुह ‘बि’ अन्तर्गत बागमती प्रदेश […]