वर्ष २०२० वानडेमा कोहली शतकविहिन



भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहली वर्ष २०२० मा एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाउन असफल भएका छन्। सन् २००८ मा भारतीय टिमको लागि डेब्यु गरेपछिको वर्ष पछि पहिलो पटक कोहलीको कुनै वर्ष शतकविना रहेको हो। पहिलो पटक २००८ पछि कोहलीले कुनै वर्ष १० भन्दा कम एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका हुन्।

कोहलीले वर्ष २००८ मा ५ इनिंग खेल्दा शतक विहिन रहेका थिए। त्यसपछि क्रमशः २००९ देखि २०१९ सम्म १ , ३ , ४ , ५ , ४ , ४ , २ , ३ , ६ ,६, ५ वटा शतक बनाएका थिए। २००८ र २०२० मा मात्र कोहली शतकविहिन रहे।

कुल ४३ शतक बनाएका कोहली सचिन तेन्दुलकरको ४९ एकदिवसीय अन्तर्राष्ट्रिय शतकको रेकर्ड तोड्न नजिक रहेका छन्। अस्ट्रेलिया बिरुद्ध तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिमा २ वटा अर्धशतक बनाएका कोहली दोश्रो खेलमा ८९ रन बनाएर आउट हुँदै ४४ औं शतक बनाउन ११ रनले चुकेका थिए। तेश्रो एकदिवसीयमा ६३ रन बनाएका उनले सचिन तेन्दुलकरको सबैभन्दा छिटो १२ हजार रन पुरा गर्ने रेकर्ड भए तोड्न सके। २४२ इनिंगमा कोहलीले उक्त कीर्तिमान आफ्नो नाम गरे।

वर्ष २०२० मा कोहलीको ब्याटिंग औशत ४७.८८ रह्यो जुन क्यालेन्डर वर्षमा हालसम्मको चौथो कम हो। यस अघि २००८, २०१० र २०११ मा कोहलीको औशत ५० भन्दा कम रहेको थियो। कोहलीले २०१२ देखि २०१९ सम्म ५० भन्दा माथिको औशतमा रन बनाएका थिए।

कोहलीले एकदिवसीय अन्तर्राष्ट्रियमा २५१ खेलको २४२ इनिंगमा ब्याटिंग गर्ने क्रममा १२,०४० रन बनाएका छन् जुन क्रममा उनले ५९.३१ को औशतले ४३ शतक र ६० अर्धशतक बनाएका छन्। उनले ८६ टेस्टमा २७ शतक र २२ अर्धशतक मद्दतले ७,२४० रन तथा ८२ टि-२० अन्तर्राष्ट्रियमा २४ अर्धशतक मद्दतले २,७९४ रन बनाएका छन्।

एकदिवसीय अन्तर्राष्ट्रियमा धेरै रन बनाउने रेकर्डमा कोहली छैठौं स्थानमा रहेका छन्। सचिन तेन्दुलकर ( १८.४२६ ) , कुमार संगाकारा ( १४.२३४ ) , रिकी पोन्टिङ ( १३,७०४ ) , सनथ जयसूर्या ( १३,४३० ) , महेला जयवर्द्धने ( १२,६५० ) कोहली भन्दा अघि रहेका छन्।

कुल ७० शतक बनाएका कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै शतक बनाउने रेकर्डमा सचिन तेन्दुलकर ( १०० ) र रिकी पोन्टिङ ( ७१ ) भन्दा मात्र पछि रहेका छन्।





थप समाचार

अभ्यास खेलमा नेपालको जित

क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले एक मात्र अभ्यास खेलमा ओन्टारियोको एमएलसीसी-एघारलाई ६९ रनले पराजित गरेको छ। शनिवार विहान […]

स्व. महेन्द्र नारायण निधि प्रदेशस्तरिय क्रिकेट प्रतियाेगितामा सप्तरी र धनुषा विजयी

चन्दनकुमार यादब, राजबिराज, असार १७ शुकवार राजबिराजमा संचालित महेन्द्र नारायण निधि मधेश प्रदेश स्तरिय क्रिकेट प्रतियाेगिता अन्तर्गत पहिलाे खेलमा सप्तरीले […]

नेपाली क्रिकेट टिमले अस्ट्रेलिया भ्रमण गर्ने

काठमाडौं, असार १५– नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा अस्ट्रेलियाको घरेलु टोलीसँग अभ्यास क्रिकेट खेल्ने भएको छ । नेपाल क्रिकेट […]

अपन राधेमाईलाई नेक्सस कप क्रिकेट उपाधि

अपन राधेमाई युथ क्लब, वीरगन्जले यू–१६ नेक्सस कप टी–२० क्रिकेट उपाधि जितेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको फाइनल […]

धेरै भन्दा धेरै अभ्यासको खाँचो छः रुबिना क्षेत्री

अन्तर्राष्ट्रिय प्रतियोगितामा औपचारिक सहभागितामै सिमित हुने गरेको नेपाली राष्ट्रिय टोली मलेसियामा सम्पन्न एसिसि महिला टी–२० च्याम्पियन्ससिपमा अभागी टोली बन्यो । […]

नेपालको क्रिकेट विकासमा सहयोग गर्ने आईसीसीको प्रतिबद्धता

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा […]