पडीक्कलको उत्कृस्ट इनिंग बाबजुद, बुम्राहले शानदार बलिंग गर्दा बैंगलोर विशाल योगफल बनाउन असफल



युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत बुधवार ४८ औं खेलमा रोहित शर्मा कप्तानीको मुम्बई इण्डियन्स र बिराट कोहली कप्तानीको रोयल च्यालेंजर्स बैंगलोर बीच प्रतिस्पर्धा भइरहेको छ।

अबुधाबी स्थित शेख जायद स्टेडियममा टस हारेर ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाउदै मुम्बईलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

बैंगलोरको लागि ओपनर देभदत्त पडीक्कले सिजनमा चौथो अर्धशतक बनाउने क्रममा सर्वाधिक ७४ रन बनाए जुन क्रममा ४५ बलमा १२ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर जोश फिलिपेले ३३, एबि डी भिल्लीयर्सले १५,  गुरकिरात सिंहले अविजित १४, वासिंगटन सुन्दरले अविजित १० तथा बिराट कोहलीले ९ रन बनाए।

देभदत्त पडीक्कलले सर्वाधिक ७४ रन बनाए

पहिलो विकेटको लागि पडीक्कलले जोश फिलिपेसंग ७१ रनको ओपनिंग साझेदारी गरे। आठौँ ओभरमा फिलिपेलाई राहुल चाहरले स्टम्प आउट गराए। त्यसपछि १२ औं ओभरमा कप्तान बिराट कोहलीलाई बुम्राहले क्याच आउट गराए। पडीक्कलले त्यसपछि तेश्रो विकेटको लागि डी भिल्लीयर्ससंग ३६ रनको साझेदारी गरे। १६ औं ओभरमा डी भिल्लीयर्सआई काइरन पोलार्डले क्याच आउट गराए। सोहि ओभरमा पडीक्कललाई बुम्राहले ट्रेन्ट बोल्टबाट क्याच आउट गराए। लगत्तै ओभरमा क्रिस मोरिसलाई बोल्टले क्याच आउट गराए।

सातौँ विकेटको लागि गुरकिरत सिंहले वासिंगटन सुन्दरसंग १६ बलमा २६ रनको अविजित साझेदारी गरे।

१३१/२ को अवस्थाबाट बीचमा लगातार विकेट गुम्दा बैंगलोरले १६४ रन मात्र बनाउन सक्यो।

 

मुम्बईको बलिंगमा जस्प्रित बुम्राहले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै मात्र १४ रन खर्चिए। ट्रेन्ट बोल्ट ( ४-०-४०-१ ), राहुल चाहर ( ४-०-४३-१ ) , काइरन पोलार्ड ( १-०-५-१ ) ले समान १ विकेट लिए।

दुबै टोलि समान ११ खेलमा समान १४ अंकसहित नेट रन रेटको आधारमा तालिकाको शिर्ष (मुम्बई इण्डियन्स) र दोस्रो स्थानमा (रोयल च्यालेंजर्स बैंगलोर) छन्। आज जित हात पार्दै दुबै टोलिलाई प्ले-अफका लागि छनोट हुनुको साथै अंकतालिकाको शिर्ष स्थानमा उक्लने मौका छ। दुबै टोलि बाँकी ३ खेलमा जित निकाल्दै शिर्ष-२ स्थान सुरक्षित गर्न चाहन्छन्।

IPL : डीआरएस नलिन प्रोत्साहित गरेपछि अम्पायर चौधरी विवादमा

हैदरावाद कप्तान वार्नरले आईपीएलमा पहिलो पटक गरे बलिंग , हेर्नुस भिडियो

आईपीएलपछि भारतको अस्ट्रेलिया भ्रमणको खेल तालिका सार्वजनिक

हैदरावादसंग विशाल हार तथा लगातार तेश्रो हारपछि दिल्ली कप्तान ऐयरले के भने

राशिदको सिजनकै सबैभन्दा किफायती बलिंग, हैदरावादसंग दिल्ली विशाल अन्तरले पराजित





थप समाचार

भारतले फलो-अन जोगाउन सकेन, दोश्रो इनिंग्समा राम्रो सुरुवात

भारतीय महिला टिमको इंग्ल्यान्ड भ्रमण अन्तर्गत एकमात्र टेस्टको तेश्रो दिनको खेल समाप्त हुँदा घरेलु टोलि बलियो स्थितिमा रहेको छ। इंग्ल्यान्डले […]

टेस्ट च्याम्पियनसिपको पहिलो दिन टस नभई रद्द, जान्नुस भोलिको मौसम कस्तो हुनेछ

भारत र न्युजिल्यान्ड बीच आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिप अन्तर्गत पहिलो दिन निराशाजनक अन्त्य भएको छ। इङ्ग्ल्याडको साउथह्याम्पटनमा टेस्टको सुरुवाती दिन […]

कीर्तिमानी ओ ब्रायनद्वारा ओडीआई क्रिकेटबाट सन्यास

आयरल्याण्डका स्टार अलराउण्डर केभिन ओ ब्रायनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। क्रिकेट आयरल्याण्डले शुक्रबार ( जुन १८ ) […]

नामिबिया र स्कटल्याण्ड बिरुद्ध सिरिजको लागि प्रारम्भिक नेपाली टिमको घोषणा

आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत स्पेनमा आयोजना हुने नेपाल, नामिबिया र स्कटल्याण्ड बीचको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको लागि २० सदस्यीय […]

वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनल अघि थाहा पाउनुस १० महत्वपूर्ण जानकारी

इंग्ल्यान्डको साउथह्याम्प्टनमा आज आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेलिंदैछ। टेस्ट क्रिकेट इतिहासमै पहिलो पटक भारत र न्युजिल्यान्ड उपाधिको लागि प्रतिस्पर्धा […]

मन्धना र वर्माको कीर्तिमानी साझेदारी पछि इंग्ल्यान्डको उत्कृस्ट पुनरागमन

भारतीय महिला क्रिकेट टिमको इंग्ल्यान्ड भ्रमण अन्तर्गत एक मात्र टेस्ट अन्तर्गत दोश्रो दिनको खेल समाप्त भएको छ। इंग्ल्यान्डले पहिलो इनिंग्समा […]