Home - नेपाल रास्ट्रिय क्रिकेट टिम ( महिला ) - एसिया कप खेल्ने महिला टिमलाई जनही रु २५ हजार

नेपाल रास्ट्रिय क्रिकेट टिम ( महिला )

एसिया कप खेल्ने महिला टिमलाई जनही रु २५ हजार

Wicket Nepal
Administrator
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ- हङकङमा सम्पन्न आईसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा दोस्रो स्थान हासिल गर्दै एसिया कप खेल्न छनौट भएको नेपाली महिला क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही रु २५ हजार दिने घोषणा गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित सम्मान कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाईलीले टोलीलाई बधाई दिंदै प्रोत्साहन स्वरुप उक्त रकम दिने घोषणा गरेका हुन् । मन्त्रि श्रीपाईलीले एसिया कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेमा अझ सम्मान गर्ने प्रतिबद्वतासमेत व्यक्त गरे ।

विश्वकप क्रिकेटको अन्तिम छनोट खेल्ने अवसर नपाए पनि नेपाल एसिया कप क्रिकेटका लागि भने छनोट भएको थियो । डबल राउन्ड रोबिन लिगका आधारमा खेलाइएको उक्त प्रतियोगितामा नेपाली महिला टोलीले दोस्रो स्थान हात पार्दै एसिया कपमा स्थान पक्का बनाएको हो ।

उक्त प्रतियोगितामा ६ खेल खेलेको नेपालले तीन खेलमा जित तथा तीन खेलमा हार व्यहोरेको थियो ।

आगामी नोभेम्बर २६ देखि थाईल्याण्डमा आयोजना हुने महिला एसिया कप प्रतियोगितामा टेस्ट रास्ट्रहरु भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश सहित आयोजक थाईल्याण्डले प्रतिस्पर्धा गर्नेछ l

यो पनि पढ्नुस : 


  •  
  •  
  •  
  •  
  •  
  •