ईपिएल फाईनल: अन्शुमन राथको ओभरमा ३६ रन

  • विकेटनेपाल, पौष १५ – शनिबार

एभरेस्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाईनल खेलमा बिराटनगर वारियर्सका खेलाडी अन्शुमन राथले एकै ओभरमा ३६ रन खर्चिएका छन्।

बिराटनगरले दिएको १५० रनको लक्ष्य पछ्याउने क्रममा ब्याटिंग गरेको भैरहवालाई सस्तैमा रोक्ने योजना सहित कप्तान पारस खड्काले दिएको भरोषा तोड्दै अन्शुमनले ३६ रन खर्चेका हुन्, तर ६ बलमा ६ छक्का भने होइन्।

भैरहवाको इनिंगको आठौ ओभरमा बलिंग गर्न आएका उनले ४ छक्का र १ चौका सहित ३६ रन खर्चेका थिए । यस्तो रहेको थियो अचम्मको ओभर

अन्शुमन रथले बलिंग गर्नुभन्दा अगाडी भैरहवाले ७ ओभरमा १ विकेट गुमाएर ४४ रन बनाएको थियो, प्रथम सालुंखेले १९ बलमा २५ रन र शरद भेसावकरले १५ बलमा ११ रन बनाएका थिए।

त्यो ओभर पछी भैरहवाले ८ ओभरको समाप्तीमा १ विकेट को समाप्तीमा ८० रन बनाएको थियो, प्रथम सालुंखेले २१ बलमा २७ रन र शरद भेसावकर २२ बलमा ३९ रन बनाएका थिए।

अन्शुमन राथले पहिले ब्याटिंग गर्दै बिराटनगरको लागि सर्वाधिक ४१ रन बनाएपछि भैरहवाले फाइनल खेलमा १५० रनको लक्ष्य पछ्याएको छ।