IPL : कोलकाताका फ्लप ५ खेलाडी जसलाई टिमले करोडौं खर्चेर किनेको थियो



पैसाले सबै कुरा किन्न सकिदैन, कम्तिमा आईपीएलमा खर्चेको मूल्य र प्रदर्शनको सम्बन्ध रहने गर्दैन।  प्याट कमिन्स, सुनिल नारायण, आन्द्रे रसेल, दिनेश कार्तिक र कुलदिप यादब जस्ता खेलाडीहरुलाई कोलकाता नाइट राईडर्सले ५० करोड ( करिब ) भारु खर्च गरेर किनेको थियो। तर यी खेलाडीहरुले मूल्य अनुसारको प्रदर्शन फिर्ता गर्न भने सकेका छैनन्। यी ५ खेलाडीहरुको प्रदर्शनलाई मूल्यांकन गरेका छौँ –

प्याट कमिन्स : अस्ट्रेलियन पेस बलर आईपीएल २०२० अक्सनमा सर्वाधिक मूल्य १५.५ करोड भारुमा बिक्रि भएका थिए। तर उक्त मूल्यलाई न्याय गर्ने प्रदर्शन कमिन्सले गर्न सकेका छैनन्। पहिलो खेलमा २७ वर्षीय कमिन्सले मुम्बई बिरुद्ध ३ ओभरमा ४९ रन खर्चेर आलोचित बनेका उनले सिजनमा कुल २१६ बल गर्ने क्रममा मात्र ३ विकेट लिन सकेका छन्। ब्याटबाट पनि कमिन्सले १० खेलमा १३० रन मात्र बनाउन सकेका छन्।

प्याट कमिन्स

सुनिल नारायण : कोलकाता टिमको गहनाको रुपमा रहेका नारायणले लिगमा ६ खेल खेल्दा ८.०९ को इकोनोमिले बलिंग गर्दै ५ विकेट लिन सकेका छन्। उनलाई कोलकाताले प्रति सिजन १२.५ करोड भारु दिने गर्छ। ब्याटबाट पनि कमजोर प्रदर्शन गरेका नारायणले ६ खेलमा ४४ रन बनाएका छन् जुन क्रममा उनको स्ट्राइक रेट मात्र ११० रहेको छ। अझ लिगको बीचमा नारायणको बलिंग याक्सन शंकास्पद पाउदा उनलाई अन्तिम-११ बाट बाहिर राख्न टिम बाध्य बनेको छ। याक्सन सफाइ पाएता पनि पछिल्लो खेलमा कोलकाताले उनलाई मौका दिएको थिएन।

आन्द्रे रसेल : ८.५ करोड भारु तलब भएका अलराउण्डर आन्द्रे रसेलले बिभिन्न क्रममा ब्याटिंग गरेता पनि ब्याट भने शान्त रहेको छ। ९ खेलमा वेस्टइन्डिज ब्याट्सम्यानले ११.५ को औशतमा मात्र ९२ रन बनाउन सकेका छन्। यस्तै बलिंगमा उनले १८ को स्ट्राइक रेटमा ६ विकेट लिएका छन्। छक्का वर्षाको लागि चिनिने रसेलले लिगमा मात्र ६ छक्का हिर्काउन सकेका छन्। ३२ वर्षीय अलराउण्डर घाइते भएका कारण बैंगलोर बिरुद्ध खेल्न सकेनन्।

कुलदिप यादव

दिनेश कार्तिक : पूर्व कोलकाता कप्तान कार्तिकले यो सिजन ब्याट र कप्तानीबाट कमाल देखाउन सकेनन्। सोहि कारण सिजनको बीचमा उनले कप्तानी ओएन मोर्गनलाई सुम्पिएका थिए। कार्तिकले १० खेल खेल्दा मात्र १४५ रन बनाउन सकेका छन् जुन क्रममा उनको औशत मात्र १६.११ रहेको छ। कोलकाताले उनलाई ७.४ करोड प्रति सिजन खर्चेको छ जसलाई निरन्तरता दिने बारे टिम सोच्न बाध्य हुने देखिन्छ।

कुलदिप यादब : भारतीय चाइनाम्यान बलर कुलदिप यादबलाई परिचयको आवस्यकता छैन। तर उनको आईपीएल २०२० को प्रदर्शनले उनको परिचय झल्काउदैन। ५.८ करोड मूल्यमा टिमले २०१९ मा रिटेन गरेपछि यादबले यो सिजन ५ खेलमा मात्र मौका पाउदा ९२ रन खर्चेर मात्र १ विकेट लिन सकेका छन्। खराब फर्मका कारण उनलाई टिमले भित्र बाहिर गर्दै आएको छ।

बैंगलोर-कोलकाता बीचको खेलमा बनेका ८ रोचक कीर्तिमानहरु

“मलाई लाग्दैन कि धेरै मानिसहरूलाई आरसीबीमा विश्वास छ। म गर्छु” कोहली

चेन्नाई क्याप छोड्नु अघि भावुक भए ब्राभो, फ्यानहरुलाई दिए विशेष संदेश

सिराजले कीर्तिमानी बलिंग गर्दा, कोलकातालाई सहजै हराउदै बैंगलोर दोश्रो स्थानमा उक्लियो

भारतले अनुमति नदिंदा मुख्य प्रशिक्षक राजपुत बिनै पाकिस्तान पुग्यो जिम्बाब्वे क्रिकेट टिम





थप समाचार

भारतले फलो-अन जोगाउन सकेन, दोश्रो इनिंग्समा राम्रो सुरुवात

भारतीय महिला टिमको इंग्ल्यान्ड भ्रमण अन्तर्गत एकमात्र टेस्टको तेश्रो दिनको खेल समाप्त हुँदा घरेलु टोलि बलियो स्थितिमा रहेको छ। इंग्ल्यान्डले […]

टेस्ट च्याम्पियनसिपको पहिलो दिन टस नभई रद्द, जान्नुस भोलिको मौसम कस्तो हुनेछ

भारत र न्युजिल्यान्ड बीच आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिप अन्तर्गत पहिलो दिन निराशाजनक अन्त्य भएको छ। इङ्ग्ल्याडको साउथह्याम्पटनमा टेस्टको सुरुवाती दिन […]

कीर्तिमानी ओ ब्रायनद्वारा ओडीआई क्रिकेटबाट सन्यास

आयरल्याण्डका स्टार अलराउण्डर केभिन ओ ब्रायनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। क्रिकेट आयरल्याण्डले शुक्रबार ( जुन १८ ) […]

नामिबिया र स्कटल्याण्ड बिरुद्ध सिरिजको लागि प्रारम्भिक नेपाली टिमको घोषणा

आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत स्पेनमा आयोजना हुने नेपाल, नामिबिया र स्कटल्याण्ड बीचको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको लागि २० सदस्यीय […]

वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनल अघि थाहा पाउनुस १० महत्वपूर्ण जानकारी

इंग्ल्यान्डको साउथह्याम्प्टनमा आज आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेलिंदैछ। टेस्ट क्रिकेट इतिहासमै पहिलो पटक भारत र न्युजिल्यान्ड उपाधिको लागि प्रतिस्पर्धा […]

मन्धना र वर्माको कीर्तिमानी साझेदारी पछि इंग्ल्यान्डको उत्कृस्ट पुनरागमन

भारतीय महिला क्रिकेट टिमको इंग्ल्यान्ड भ्रमण अन्तर्गत एक मात्र टेस्ट अन्तर्गत दोश्रो दिनको खेल समाप्त भएको छ। इंग्ल्यान्डले पहिलो इनिंग्समा […]