IPL : अर्शदिपले ५ विकेट लिंदा उत्कृस्ट सुरुवातको बाबजुद राजस्थान १८५ मा सिमित



युएईमा जारी आईपीएलको दोश्रो फेजको खेल अन्तर्गत लिगको ३२ औं खेलमा पन्जाब किंग्स र राजस्थान रोयल्स प्रतिस्पर्धा गरिरहेका छन्।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिंग गरेको राजस्थानले निर्धारित २० ओभरमा १८५ रनमा सम्पूर्ण विकेट गुमाउदै पन्जाबलाई १८६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

राजस्थानको लागि यसस्वी जैसवालले ३६ बलमा ६ चौका र २ छक्का मद्दतले सर्वाधिक ४९ रन बनाए। यस्तै विस्फोटक ब्याटिंग गरेका महिपाल लोमरोरले मात्र १७ बलमा २ चौका र ४ छक्का मद्दतले ४३ रन तथा ओपनर इभिन लुइसले २१ बलमा ७ चौका र १ छक्का मद्दतले ३६ रन बनाए। लियाम लिभिंगस्टोनले २५ रन बनाए।

राजस्थान ओपनर इभिन लुइस र यसस्वी जैसवालले ५४ रनको साझेदारी गर्दै टिमलाई राम्रो सुरुवात दिलाए। लुइसलाई छैठौं ओभरमा अर्शदिप सिंहले क्याच आउट गराए त्यसपछि कप्तान संजु स्यामसनलाई इशान पोरेलले क्याच आउट गराए। तेश्रो विकेटको लागि जैसवालले लिभिंगस्टोनसंग ४८ रनको साझेदारी गरे। १२ औं ओभरमा लिभिंगस्टोनलाई अर्शदिपले तथा १५ औं ओभरमा जैसवाललाई हरप्रित ब्रारले क्याच आउट गरे।

महिपाल लोमरोरले आक्रामक ब्याटिंग गर्दै रियान परागसंग १३ बलमा ३० रनको साझेदारी गरे। परागलाई मोहम्मद शामीले १७ औं ओभरमा क्याच आउट गर्दै साझेदारी तोडे। लगत्तै ओभरमा लोमरोरलाई अर्शदिपले क्याच आउट गर्दै तेश्रो शिकार बनाए। त्यसपछि शामीले राहुल तेवतिया र क्रिस मोरिसलाई १९ औं ओभरमा पेभेलियन फर्काउदै राजस्थानलाई विशाल योगफलतर्फ जान रोके। अन्तिम ओभरको अन्तिम २ बलमा अर्शदिपले चेतन सकरिया र कार्तिक त्यागिको विकेट लिने ५ विकेट पुरा गरे।

पन्जाबको बलिंगमा देब्रे हाते पेसर अर्शदिप सिंहले करियरकै उत्कृस्ट स्पेल दर्ता गर्ने क्रममा ५ विकेट लिए जुन क्रममा ४ ओभरमा ३२ रन खर्चिए। यस्तै मोहम्मद शामीले ३ विकेट ( ४-०-२१-३ ) लिए भने  इशान पोरेल ( ४-०-३९-१ ) र हरप्रित ब्रार ( ३-०-१७-१ ) ले समान १ विकेट लिए।

खेलमा पन्जाबले क्रिस गेललाई बाहिर राख्दै एडेन मारक्रमलाई अन्तिम-११ मा मौका दिएको छ। मारक्रम सहित इशान पोरेल र आदील रशिद पन्जाबको लागि डेब्यु गरिरहेका छन्। यस्तै राजस्थानको लागि इभिन लुइसले डेब्यु गरिरहेका छन्।

लिग अंकतालिकामा पन्जाब ८ खेलमा ३ जित र ५ हार पछि ६ अंक सहित सातौँ स्थानमा छ भने राजस्थान रोयल्स ७ खेलमा ३ जित र ४ हार पछि समान ६ अंक बटुल्दै नेट रन रेटमा अघि रहँदै छैठौं स्थानमा रहेको छ।





थप समाचार

T20WC : आज दुई खेल हुँदै, ४ ठूला टिम आमनेसामने हुँदै

युएईमा जारी टि-ट्वान्टी विश्वकपको सुपर-१२ चरण अन्तर्गत मंगलबार दुई खेल हुँदैछन्। समुह ‘१’ अन्तर्गत दिउँसो ३:४५ बजे दुबई अन्तर्राष्ट्रिय स्टेडियममा दक्षिण […]

T20WC : अफगानिस्तानको विशाल जितमा बनेका ७ ठूला कीर्तिमान

युएईमा जारि टि-ट्वान्टी विश्वकपको सातौँ संस्करणको सुपर-१२ चरणको खेलमा विजयी सुरुवात गर्ने क्रममा अफगानिस्तानले स्कटल्याण्डलाई १३० रनको विशाल अन्तरले पराजित […]

T20WC : मुजिब र राशिदको घातक बलिंग, अफगानिस्तानको कीर्तिमानी विशाल जित

मुजिब उर् रहमानले टि-ट्वान्टी विश्वकप इतिहासकै तथा करियरकै उत्कृस्ट बलिंग गर्दा टि-ट्वान्टी विश्वकपमा अफगानिस्तानले स्कटल्याण्डलाई १३० रनको कीर्तिमानी अन्तरले पराजित […]

T20WC : जद्रानको आक्रामक अर्धशतक, अफगानिस्तानको कीर्तिमानी योगफल

युएईमा जारि टि-ट्वान्टी विश्वकप अन्तर्गत सोमबारको एक मात्र खेलमा अफगानिस्तान र स्कटल्याण्ड प्रतिस्पर्धा गरिरहेका छन्। समुह ‘२’ दुवै टिमको सुपर-१२ […]

IPL मा लखनऊ र अहमदावाद दुई नयाँ टिम, बिसीसीआई बन्यो मालामाल

इन्डियन प्रिमियर लिगको आगामी संस्करण २०२२ मा दुई नयाँ टिम अहमदावाद र लखनऊ हुने पक्का भएको छ। सम्बर दुबईमा दुई […]

अफ्रिदीको रेकर्ड तोड्दै शाकिब बने टि-२० विश्वकप इतिहासकै सर्वाधिक विकेटकर्ता

टि-ट्वान्टी विश्वकपको सुपर-१२ चरण अन्तर्गत आइतबार बंगलादेश अलराउण्डर शाकिब अल हसनले ठूलो रेकर्ड आफ्नो नाम गरेका छन्। श्रीलंका बिरुद्ध खेलमा […]