चम्किए पारस, प्रदेश-३ को लगातार दोश्रो जित



काठमाडौँमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत पाँचौ दिनको टियु मैदानमा सम्पन्न खेलमा पारस खड्का कप्तानीको प्रदेश नम्बर-३ ले गण्डकी प्रदेशलाई ७ विकेटले सहजै पराजित गरेको छ।

प्रतियोगिताको पहिलो खेलमा एपीएफसंग पराजित भएको प्रदेश-३ ले दोश्रो खेलमा प्रदेश-५ लाई पराजित गरेको थियो। दोश्रो जित पछि समुह ‘ए’ अन्तर्गत  ३ खेलमा २ जित र १ हार सहित प्रदेश-३ को ४ अंक रहेको छ। एपीएफले २ खेलमा २ जित दर्ता गर्दै ४ अंकनै बटुलेको छ। सुदुर पश्चिम, गण्डकी र प्रदेश-५ ले भने सबै ३ खेलमा हार बेहोरेको छ। समुहबाट उत्कृस्ट २ टिम सेमीफाइनल प्रवेश गर्नेछ। अंकतालिका 

खेलमा टस जितेर ब्याटिंग गरेको गण्डकी प्रदेशले १०८ रनमा सम्पूर्ण विकेट गुमाएपछि १०९ रनको लक्ष्य प्रदेश-३ ले २२.२ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा पहिलो ३ विकेट प्रदेश-३ को ४१ रन ( ७.२ ओभर ) मै गुमीसकेको थियो। ओपनर रित गौतम २०, रबिन जोशी ११ र अभिषेक बस्नेत ५ रन बनाएर आउट भएका थिए।

चौथो विकेटको लागि इशान पाण्डे र आदील खानले ७१ रनको अविजित साझेदारी गर्दै टिमलाई जित दिलाए। पाण्डेले २५ रन बनाउन ४० बलमा ४ चौका तथा खानले ३८ रन बाउँ ५३ बलमा ५ चौका प्रहार गरे। दुवै खेलाडीले नेपाल यु-१९ टिमको प्रतिनिधित्व गरिसकेका छन्।

गण्डकीको बलिंगमा किशोर महतोले २ ( ५-०-२८-२ ) तथा बिपिन खत्रीले १ विकेट ( ५-०-२०-१ ) लिए।

पारस खड्काले ४ विकेट लिए। ( फाइल फोटो )

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा गण्डकीले ३०.१ ओभरमा १०८ रन बनाएको थियो। उसको लागि आठौँ नम्बरमा ब्याटिंग गरेका सुमन घिमिरेले सर्वाधिक ३४, आकास थापाले २८ रन तथा राहुल शर्माल १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेकन्न।

एक समय ६०/५ को अवस्थामा रहेको गण्डकीलाई सुमन र आकासले अर्धशतकीय साझेदारी गर्दै लाज ढाकेका थिए।

प्रदेश-३ को लागि बलिंगमा खेलको प्लेयर अफ द म्याच समेत चुनिएका पारस खड्काले ४ विकेट ( ८-१-१८-४ ) लिए। यस्तै सुर्य तामांगले पनि समान ४ विकेट ( ८.१-१-२९-४ ) लिए। नन्दन यादबले २ विकेट ( ७-०-२२-२ ) लिए।  स्कोरकार्ड 

पारसले यस अघिको खेलमा प्रदेश-५ संग पनि ४ विकेट लिएका थिए भने एपीएफसंग १ विकेट लिएका थिए।

प्रदेश -३ ले समुह चरणको अन्तिम खेलमा अब जेठ २० गते सुदुरपश्चीमसंग खेल्नेछ।

प्रधानमन्त्री कपमा ७ प्रदेश र ३ विभागीय टिमहरु १० टिम सहभागी छन्। १० टिमलाई २ समुहमा बिभाजन गरिएको छ। समुह चरणमा दुवै समुहमा रहेका टिमहरुले एक-अर्कासंग १-१ खेल खेलेपछि दुवै समुहबाट उत्कृस्ट हुने २ टिम सेमीफाइनल प्रवेश गर्नेछन्।

समुह ‘ए’ अन्तर्गत रहेको छ जुन समुहमा प्रदेश-३, प्रदेश-५ , सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र शशस्त्र प्रहरी बल रहेका छन्। समुह ‘बि’ मा प्रदेश-१ , प्रदेश-२ , कर्णाली प्रदेश, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्।

प्रतियोगिताको विजेताले नगद २० लाख, उपविजेताले १० लाख हात पार्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही नगद ५० हजार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा खेल हेर्न पुग्ने दर्शकले छक्का हानेको बल १ हातले समाते ५० हजार रुपैयाँ पुरस्कार दिने समेत आयोजकले घोषणा गरिसकेको छ।





थप समाचार

EPL : आजको दुवै खेल टस समेत नभई स्थगित, स्थगित खेल नयाँ मितिमा हुन सक्ने

चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) अन्तर्गत तेश्रो दिन सोमबारको दुई वटै खेल टस समेत हुन नपाई स्थगित […]

अफ्रिदी खेल्ने अन्तिम खेल मैदान भिजेको कारण रद्ध

चौथौ संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपिएल टि-२०) अन्तर्गत सोमबारको पहिलो खेल मैदान भिजेको कारण रद्ध हुन पुगेको छ | हिजो […]

EPL मा आज पनि दुई खेल हुँदै

चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) टि-ट्वान्टी अन्तर्गत सोमबार तेश्रो दिन पनि दुई वटा खेलहरु हुनेछन्। दिनको पहिलो […]

हर्षलको ह्याट्रिक, बैंगलोर बिरुद्ध मुम्बईको इतिहासकै कम योगफल

हर्षल पटेलले ह्याट्रिक विकेट लिंदा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्सलाई ५४ रनले पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरले चौंथो खेलमा हारको शिलशिला […]

EPL : अम्पायरको निर्णयको बिरोध गर्दा विलियम्सलाई कारवाही

काठमाडौँमा जारी चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) को आइतबार सम्पन्न पोखरा राइनोज र भैरहवा ग्ल्याडीएटर्स बीचको खेलमा […]

ईपीएलमा करनको कप्तानी अनुभव “गार्हो नै हुने रैछ “

एभरेस्ट प्रिमीयर लिग अन्तर्गत दोश्रो दिन सम्पन्न लिगको दोश्रो खेलमा चितवन टाइगर्ससंग पराजित भएपछि बिराटनगर वारियर्सका कप्तान करन केसीले आज […]