पारस खड्काको अर्धशतक पुरा, नेपालको ठोस सुरुवात – WicketNepal

छोट्याईएको खेलमा अत्तरियाद्वारा महेन्द्रनगरलाई ५५ रनको लक्ष्य

धनगढी प्रिमियर लिग अन्तर्गत छैठौं दिनको पहिलो खेलमा सिवाईसी अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई ५५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

बर्षाले गर्दा ६ ओभरमा छोट्याईएको खेलमा टस जितेर पहिले ब्याटिंग रोजेको अत्तरियाले ५ विकेटको क्षतिमा ५४ रन बनाएको छ। उसका लागि ओपनिंग गर्न आएका सन्नी पटेल र जयकिशल कोल्सवालाले २.४ ओभरमा ३० रनको साझेदारी गरे। पटेलले १९ रन (११ बल, २ छक्का) र कोल्सवालाले १० रन (६ बल, १ छक्का) बनाए।

तेस्रो ओभरको अन्तिम दुई बलमा दुबै ओपनिंग ब्याट्सम्यानलाई सागर ढकालले आउट गरे। सागरले एक ओभर बलिंग गर्दै ९ रन दिएर २ विकेट हात पारे।

त्यसपछि सन्दिप जोरा ४ रन (६ बल) र कमल ऐरी एक बल खेल्दै शुन्य रनमा अभिनास बोहराले गरेको पाचौं ओभरको पहिलो र तेस्रो बलमा आउट भए। कप्तान दिपेन्द्र ऐरी पनि पाचौं विकेटको रुपमा शरद भेसावकरको बलिंगमा ४७ रनको योगफलमा आउट भए। उनले ७ बलमा १ चौका सहित १० रन बनाए।

भुवन कार्की (३ बल) र रित गौतम (२ बल, १ चौका) समान ४ रनमा अविजित रहे।

(Featured Image: FILE PHOTO)