बैंगलोर र मुम्बई बीचको खेलमा बनेका ९ रोचक रेकर्डहरु



सुपर ओभरमा मुम्बईलाई पराजित गर्दै बैंगलोरले १३ औं आईपीएलमा दोश्रो जित दर्ता गरेको छ। पहिले ब्याटिंग गर्दै बैंगलोरले २०१ रन बनाएपछि लक्ष्य पछ्याउने क्रममा मुम्बईले ५ विकेट गुमाएर २०१ रननै बनाएपछि खेल बराबरीमा पुगेको थियो। सुपर ओभरमा मुम्बईले पहिले ब्याटिंग गर्दै दिएको ८ रनको लक्ष्य बैंगलोरले छैठौ बलमा जितेको हो। विस्तृतमा पढ्नुस 

१) बराबरी भएको सबैभन्दा ठूलो योगफल : २०१ रन आईपीएल इतिहासमा यो नै बराबरी भएको सबैभन्दा ठूलो योगफल हो। यस अघि २०१५ मा राजस्थान र पन्जाब बीचको खेल १९१ रनको योगफलमा बराबरी भएको थियो। त्यस्तै गत वर्ष कोलकाता र दिल्ली बीचको खेल १८५ रनको योगफलमा बराबरी भएको थियो।

२) ९९ मा आउट हुने तेश्रो ब्याट्सम्यान : मुम्बई ब्याट्सम्यान इशान किशन लक्ष्य पछ्याउने क्रममा ९९ रनमा आउट भए। लिगको इतिहासमा यस अघि ९९ रनमा आउट हुने ब्याट्सम्यान बिराट कोहली र पृथ्वी श मात्र हुन्। कोहली २०१३ मा तथा पृथ्वी श २०१९ मा उक्त स्कोरमा आउट भएका थिए।

इशान किशनले ९९ रन बनाए

३) सुपर ओभरमा बुम्राहले बलिंग गर्दा पहिलो पटक हार  : सुपर ओभरमा जस्प्रित बुम्राहले खेल जीवनमा ५ पटक बलिंग गरेका छन्। आईपीएलमा उनले सुपर ओभरमा तेश्रो पटक बलिंग गरेका थिए भने २ पटक भारतको लागि न्युजिल्यान्ड बिरुद्ध सुपर ओभरमा बलिंग गरेका थिए। २०१७ मा गुजरात लायन्स बिरुद्ध ( ६/० ) , २०१९ मा हैदरावाद बिरुद्ध ( ८/२ ) ,  यसै वर्ष न्युजिल्यान्ड बिरुद्ध २ वटा खेलमा ( १७/० ) र ( १३/१ ) बुम्राहले बलिंग गर्दा उनको टिम विजयी भएको थियो। तर बैंगलोर बिरुद्ध कसिलो बलिंग गरेता पनि उनले पहिलो पटक जित दिलाउन सकेनन्।

४) सुपर ओभरमा दोश्रो कम योगफल : मुम्बईले सुपर ओभरमा मात्र ७ रन बनाउन सक्यो जुन आईपीएलमा सुपर ओभरमा टिमले बनाएको दोश्रो कम योगफल हो। यसै सिजन पन्जाबले मात्र २ रन बनाएको थियो।

५) सैनी सुपर ओभरमा दोश्रो कम रन दिने बलर : ७ रन खर्चेका बैंगलोर बलर सैनी सुपर ओभरमा दोश्रो कम रन खर्चने बलर बनेका छन्। यस अघि पन्जाब बिरुद्ध दिल्लीका कागीसो रबाडाले यसै सिजनको खेलमा मात्र २ रन खर्चेका थिए। २०१९ मा मुम्बईका बुम्राहले हैदरावाद बिरुद्ध ८ रन तथा २०१० मा रस्टि थेरोनले चेन्नाईको लागि खेल्दै पन्जाब बिरुद्ध ९ रन खर्चेका थिए।

नभदिप सैनी

६) पहिलो ३ खेलमा कोहलीको लिग इतिहासमै कम रन : जारि सिजन कोहलीले ३ खेल खेल्ने क्रममा मात्र १८ रन बनाएका छन्। मुम्बई बिरुद्ध ३ रन, पन्जाब बिरुद्ध १ रन तथा हैदरावाद बिरुद्ध उनि १४ रन बनाएर आउट भएका थिए। यस अघि कोहलीले २०१० मा पहिलो ३ खेलमा सबैभन्दा कम ३५ रन तथा २००८ मा दोश्रो कम ३७ रन बनाएका थिए। त्यस बाहेक अन्य सबै सिजनमा कोहलीले पहिलो ३ खेलमा ५० भन्दा बढी रन बनाएका थिए।

७) अनक्याप्ड भारतीय खेलाडीको तेश्रो सर्वाधिक स्कोर : आईपीएलमा भारतको लागि डेब्यु नगरेका अनक्यापड खेलाडी मध्ये इशान किशनले बनाएको ९९ रन तेश्रो सर्वाधिक स्कोर हो। सबैभन्दा धेरै २०११ मा पल भाल्थाटिले १२० रन तथा दोश्रो धेरै मनिष पाण्डेले २००९ मा ११४ रन बनाएका थिए।

८) लक्ष्य पछ्याउदा १६-२० ओभरमा आईपीएलमा सर्वाधिक रन, टि-२० क्रिकेट इतिहासमै दोश्रो धेरै

मुम्बईले लक्ष्य पछ्याउने क्रममा १६ देखि २० ओभरमा ८९ रन बनाएको थियो जुन टि-२० इतिहासमै दोश्रो धेरै हो। आईपीएल इतिहासमा भने यो सर्वाधिक हो। यस अघि करेबियन प्रिमियर लिग २०१८ मा ट्रिनबागो नाइट राइडर्सले सेन्ट किट्स बिरुद्ध लक्ष्य पछ्याउदै जित्ने क्रममा १६-२० ओभरमा ९० रन बनाएको थियो। यस्तै आईपीएलकै राजस्थान र पन्जाब बीचको खेलमा राजस्थानले अन्तिम ४ ओभरमा पन्जाब बिरुद्ध आइतबार ८६ रन बनाएको थियो। २०१९ आईपीएलमा कोलकाताले बैंगलोर बिरुद्ध ८२ रन बनाएर पनि हार बेहोरेको थियो।

९) रोहितको १५० छक्का : मुम्बई इन्डीएन्सको लागि आईपीएलमा १५० छक्का पुरा गर्ने रोहित शर्मा दोश्रो ब्याट्सम्यान बनेका छन्। काइरन पोलार्डले मात्र मुम्बईको लागि यस अघि १५० छक्का पुरा गरेका थिए जसले कुल १८२ छक्का प्रहार गरेका छन्। रोहितले १४६ खेलमा ठिक १५० छक्का तथा ३४० चौका प्रहार गरेका छन्।

सुपर ओभरमा मुम्बई पराजित, सनसनीपूर्ण खेलमा बैंगलोरको जित

“इमान्दार भएर भन्छु, मैले जति पाउनु पर्ने हो त्यति पाईन” मिश्रा

हार्दिक पान्ड्याले यो सिजन बलिंग गर्छन् कि गर्दैनन् ? जाहिर खानले दिए अपडेट

‘हिरो’ बनेका तेवतिया जब सबैको लागि ‘भिलेन’ बन्दै थिए