आठौँ राष्ट्रिय : सुशन लगातार तेश्रो पटक उत्कृस्ट, ३ विभागीय टिम सेमीफाइनलमा

Sushan Bhari
  • विकेटनेपाल, बैशाख-७ 

आठौँ राष्ट्रिय क्रिकेटको पुरुष क्रिकेट अन्तर्गत चौथो दिनको खेलमा त्रिभुवन आर्मी क्लब, शशस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब र प्रदेश-२ ले जित हाँसिल गरेका छन्।

आजको खेल पछि नेपाल पुलिस क्लब र शशस्त्र प्रहरी बल र त्रिभुवन आर्मी क्लबले १ खेल खेल्न बाँकी छदै ३ खेलमा लगातार जितको साथ सेमीफाइनलमा स्थान पक्का गरेका छन्। समुह ‘ए’ बाट पुलिस र एपीएफ र समुह ‘बि’ बाट त्रिभुवन आर्मी सेमीफाइनलमा स्थान पक्का गरेको हो। समुह ‘बि’ बाट अब १ टिमले सेमीफाइनलमा स्थान बनाउने छ।

 नेपाल पुलिस क्लब VS प्रदेश-७ 

खेलमा पहिले ब्याटिंग गरेको प्रदेश-७ ले दिएको १०७ रनको लक्ष्य पुलिसले ६ विकेट गुमाएर १७.३ ओभरमा पुरा गर्यो।

पुलिसको जितमा ब्याटिंगमा अमित श्रेष्ठले सर्वाधिक ३५ ( ३२ बलमा ३ चौका ) तथा सुनिल धमलाले ३२ रन ( ४२ बलमा २ चौका ) बनाए। प्रदेश-७ बलर नरेन्द्र साउद ( ४-०-१६-२ ) र शेर मल्ल ( ४-०-१९-२ ) ले २/२ विकेट लिए।

Ameet Shrestha

यस अघि प्रदेश-७ को ब्याटिंगमा खडक बोहराले सर्वाधिक ४८ रन ( ६१ बलमा ५ चौका ) तथा शेर मल्लले अविजित ३७ रन ( ३७ बलमा १ चौका र १ छक्का ) बनाए।

स्कोरकार्ड 

प्रदेश-२ VS प्रदेश-३ 

प्रदेश-३ लाई प्रदेश-२ ले २१ रनले पराजित गर्यो । पहिले ब्याटिंग गर्दै प्रदेश-२ ले ८६ रन बनाएको थियो र लक्ष्य पछ्याउने क्रममा प्रदेश-३ ले ६५ रनमा सबै विकेट गुमाउन पुग्यो।

प्रदेश-२ को जितमा ब्याटिंगमा राहुल प्रताप सिंह र हरि शंकर शाहले समान १४ रन योगदान दिए। बलिंगमा राहुल प्रताप सिंह ३ विकेट ( ४-१-५-३ ) र कुमार थापा ( ४-०-१६-३ ) ले ३/३ विकेट लिए भने सैफुल्लाह अन्सारी ( ४-०-१४-२ ) र सम्शाद शेख ( ४-०-१५-२ ) ले २/२ विकेट लिए।  स्कोरकार्ड 

Rahul Pratap Singh

एपीएफ Vs प्रदेश-४ 

शशस्त्र प्रहरी बल एपीएफले लगातार तेश्रो जित हात पार्दै सेमीफाइनलमा स्थान पक्का गर्यो।

प्रदेश-४ ले टस जितेर पहिले ब्याटिंग गर्ने क्रममा १९.२ ओभरमा ७४ रनमा सबै विकेट गुमाउन पुग्यो। उसको लागि आकास थापाले सर्वाधिक २० रन बनाए। यज्ञमान कुमाल ( ३.२-०-९-३ ) र भुवन कार्की ( ४-०-११-३ ) ले समान ३/३ विकेट लिए।

७५ रनको लक्ष्य एपीएफले १४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। ओपनिंग ब्याटिंग गरेका अनिल साह र शरद भेसावकर १/१ रन बनाएर आउट हुँदा तेश्रो विकेटको लागि शंकर राना र प्रदिप ऐरीले ५९ रनको साझेदारी गर्दै एपीएफलाई जित नजिक पुर्याए।

शंकरले ३५ रन ( २९ बलमा ३ चौका ) र प्रदिपले २१ रन ( २९ बलमा ३ चौका ) बनाए।

Bhuwan Karki

एपीएफले १४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। ( स्कोरकार्ड ) करन केसीले ३ विकेट ( ४-०-१०-३ ) लिए पनि प्रदेश-४ को जितको लागि पर्याप्त थिएन।

त्रिभुवन आर्मी Vs प्रदेश-१

सुशन भारि लगातार तेश्रो खेलमा प्लेयर अफ द म्याच हुँदा त्रिभुवन आर्मी क्लबले प्रदेश-१ लाई २७ रनले पराजित गर्यो। लगातार तेश्रो जित हात पार्दै समुह ‘बि’ बाट आर्मी सेमीफाइनल पुग्ने पहिलो टिम बन्यो।

टस हारेर ब्याटिंग गरेको आर्मीले पहिले ब्याटिंग गर्ने क्रममा २० ओभरमा ९ विकेट गुमाएर ९५ रनको योगफल तयार गरेको थियो।

Sushan Bhari

खराब सुरुवात गर्ने क्रममा आर्मीले पहिलो ४ विकेट १७ रनमा गुमाउन पुग्यो। हरे कृष्ण झा १० रन, राजु रिजाल ३ रन, भिम शार्की १ रन तथा बिनोद भण्डारी खाता खोलि आउट भए। पाँचौ विकेटको लागि राजेश पुलामी र कुशल मल्लले २९ रनको साझेदारी गर्दै टिमको योगफल उकासे।

१४ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै २६ रन बनाएर कुशल रन आउट हुँदा पुनः आर्मीले लगातार विकेट गुमायो। हरि चौहान खाता नखोली आउट भए भने सोमपाल कामि ११ , बिक्रम सोब ७ तथा सुशन भारि २ रन बनाएर आउट भए।

राजेश पुलामी अन्तिमसम्म अविजित रहँदै २७ रन ( ४१ बलमा ३ चौका ) बनाए।

२० ओभरमा ९ विकेट गुमाएर आर्मीले ९५ रन बनायो।

प्रदेश-१ का बलर दिपेश कंडेलले ( ४-०-१५-२ ) २ तथा फिर्दोश अन्सारी, पुष्प थापा र श्रवन यादबले समान १ विकेट लिए।

९६ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश-१ ले १९ ओभरमा ६८ रनमा सबै विकेट गुमाउन पुग्यो। सुशन भारिले ५ विकेट लिंदै आर्मीको जित सहज बनाए। ४ ओभरमा देब्रे हाते स्पिनर भारिले १७ रन खर्चिए। अर्का देब्रे हाते स्पिनर शाहब आलमले ३ विकेट ( ४-०-१४-३ ) लिए। सोमपाल कामिले ( ३-१-४-१ ) १ विकेट लिए।

भारिले यस अघि प्रदेश-२ र प्रदेश-६ संग ३/३ विकेट लिंदै प्लेयर अफ म्याच चुनिएका थिए। स्कोरकार्ड

(  फोटो – तारा पाठक , रिदम ज्ञवाली )

Share This