T20WC : सुपर-१२ चरणको खेल आज सुरु हुँदै, ४ ठूला टिम बीच प्रतिस्पर्धा



आईसीसी टि-ट्वान्टी विश्वकपको सातौँ संस्करणको दोश्रो चरण अर्थात् सुपर-१२ चरणको खेलहरु आज ( शनिवार ) देखि सुरु हुँदैछन्।

पहिलो दिन समुह ‘१’ अन्तर्गत दुई खेल हुनेछन्। पहिलो खेलमा दिउसो ३:४५ बजे अस्ट्रेलिया र दक्षिण अफ्रीका बीच शेख जायद स्टेडियम अबुधाबीमा तथा दोश्रो खेलमा राती ७:४५ बजे इंग्ल्यान्ड र डिफेन्डिङ च्याम्पियन वेस्टइन्डिज बीच दुबई अन्तर्राष्ट्रिय स्टेडियम, दुबईमा हुनेछ।

शुक्रबार सम्पन्न समुह चरणको खेलबाट श्रीलंका, बंगलादेश, स्कटल्याण्ड र नामिबिया सुपर-१२ चरण प्रवेश गर्न सफल भयो भने आयरल्याण्ड, आयोजक ओमान, पपुवा न्यु गिनी र नेदरल्याण्ड पहिलो चरणबाटै बाहिरियो।

समुह ‘१’ :  श्रीलंका, बंगलादेश, अस्ट्रेलिया, दक्षिण अफ्रीका, वेस्टइन्डिज र इंग्ल्यान्ड
समुह ‘२’ : स्कटल्याण्ड, नामिबिया, पाकिस्तान, भारत, न्युजिल्यान्ड र अफगानिस्तान

सुपर-१२ चरण अन्तर्गत १२ वटा टिमहरुले ६/६ वटा टिमको दुईवटा समुहमा रहेर प्रतिस्पर्धा गर्नेछन्। समुह ‘१’ मा श्रीलंका, बंगलादेश, अस्ट्रेलिया, दक्षिण अफ्रीका, वेस्टइन्डिज र इंग्ल्यान्ड छन्। समुह ‘२’ मा स्कटल्याण्ड, नामिबिया, पाकिस्तान, भारत, न्युजिल्यान्ड र अफगानिस्तान छन्। दुवै समुहमा रहेका टिमहरुले एक अर्का बिरुद्ध एक/एक खेल खेलेपछि समुहको उत्कृस्ट हुने दुई टिम सेमीफाइनल प्रवेश गर्नेछ।

अस्ट्रेलिया टिम : Aaron Finch(c), David Warner, Mitchell Marsh, Glenn Maxwell, Steven Smith, Marcus Stoinis, Matthew Wade(w), Ashton Agar, Mitchell Starc, Adam Zampa, Josh Hazlewood, Pat Cummins, Mitchell Swepson, Kane Richardson, Josh Inglis

दक्षिण अफ्रीका टिम : Quinton de Kock(w), Temba Bavuma(c), Aiden Markram, Rassie van der Dussen, David Miller, Heinrich Klaasen, Wiaan Mulder, Keshav Maharaj, Kagiso Rabada, Anrich Nortje, Lungi Ngidi, Tabraiz Shamsi, Bjorn Fortuin, Reeza Hendricks, Dwaine Pretorius

इंग्ल्यान्ड टिम : Jason Roy, Jos Buttler(w), Jonny Bairstow, Moeen Ali, Liam Livingstone, Eoin Morgan(c), Chris Woakes, Chris Jordan, Adil Rashid, Mark Wood, Tymal Mills, David Willey, Dawid Malan, Sam Billings, Tom Curran

वेस्टइन्डिज टिम : Evin Lewis, Lendl Simmons, Chris Gayle, Shimron Hetmyer, Nicholas Pooran(w), Kieron Pollard(c), Andre Russell, Dwayne Bravo, Hayden Walsh, Obed McCoy, Ravi Rampaul, Oshane Thomas, Akeal Hosein, Roston Chase, Andre Fletcher





थप समाचार

राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा पुबुदु फर्कने

नेपाली राष्ट्रिय क्रिकेट टिमको मूख्य प्रशिक्षकमा पुबुदु दासानायके फर्कने निश्चित भएको छ। यो वर्ष अगस्टमा डेभ व्हाटमोरले व्यक्तिगत कारण देखाउदै […]

BIG BASH : सन्दिपले लिए ड्यानियल क्रिस्चियनको विकेट, कमेन्टेटरद्वारा तारिफ

एघारौं सिजनको बिग ब्यास लिग अन्तर्गत पहिलो खेल खेल्ने क्रममा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले राम्रो सुरुवात गरेका छन्। सिड्नी […]

टि-२० विश्वकप छनोट : नेपालको समुहमा ओमान र आयरल्याण्ड

२०२२ अक्टोबर-नोभेम्बर मा अस्ट्रेलियामा आयोजना हुने टि-ट्वान्टी विश्वकपको ग्लोबल क्वालीफायरमा स्वतः छनोट भएको नेपालले आगामी वर्ष २०२२ फेब्रुअरीमा ओमानमा ग्लोबल […]

प्रदेश २ स्तरिय महिला क्रिकेट : सानाकाे उत्कृष्ट प्रदर्शनले बारा विजयी, सिराहाद्वारा

प्रधानमंन्त्री कप प्रदेश स्तरिय टि ट्वान्टी महिला सिनियर छनाेट क्रिकेट प्रतियाेगिता अन्तर्गत आज भएकाे दुई वटा खेलमा बारा र सिरहा […]

हिमालयनलाई बर्दिया प्रिमियर लिगको उपाधी, आयुष्मान सर्वोत्कृष्ट

दोश्रो बर्दिया प्रिमियर लिगको उपाधि हिमालयन क्रिकेट एकेडेमीले उपाधि जितेको छ । मंगलबार गुलरियामा सम्पन्न फाइनलमा हिमालयनले स्टार क्रिकेट एकेडेमीलाई […]

११ नेपाली खेलाडी पीएसएल ड्राफ्टमा, छनोट भए कति पाउनेछन् रकम ?

पाकिस्तान सुपर लिगको ( पीएसएल ) आगामी संस्करण अर्थात् सातौँ संस्करण आगामी वर्ष २०२२ जनवरी २७ तारिख देखि फेब्रुअरी २७ […]