टि-२० मा फिन्चको नयाँ बिश्वकिर्तिमान

aaron finch


  • विकेटनेपाल, असार – १९ 

जिम्बाबेमा जारि अस्ट्रेलिया, पाकिस्तान र जिम्बाबे बीच त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत आज अस्ट्रेलियाले जिम्बाबेलाई १०० रनले पराजित गर्ने क्रममा कंगारु कप्तान आरोन फिन्चले बिश्व कीर्तिमानी इनिंग खेलेका छन्।

सिरिज अन्तर्गत हरारेमा सम्पन्न तेश्रो खेलमा टस हारेर ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा २ विकेट गुमाएर २२९ रनको बिशाल स्कोर तयार गरेको थियो। यस क्रममा ओपनिङ्ग ब्याटिंग गरेका फिन्चले टि-२० अन्तर्राष्ट्रिय इतिहासकै सर्वाधिक व्यक्तिगत योगफल बनाएर नयाँ बिश्वकृतिमान आफ्नो नाम गरेका छन्।

फिन्च २० औं ओभरको चौथों बलमा दुर्लभ हिट-विकेट आउट भएका थिए जस अघि हुनले मात्र ७६ बलमा १६ चौका र १० छक्का मदतले १७२ रन बनाईसकेका थिए। यस अघि टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै रन बनाउने रेकर्ड अरु कसैको नाममा थिएन, फिन्चलेनै सन् २०१३ मा इंग्ल्याण्डसंग १५६ रन ( ६३ बल, ११ चौका र १४ छक्का ) प्रहार गरेका थिए जुन रेकर्डलाई आफैले उछिनेका हुन्।

टि-२० मा धेरै व्यक्तिगत रन बनाउने सुचीमा अस्ट्रेलियन ब्याट्सम्यान ग्लेन म्याक्सवेल ( १४५* )  तेश्रो स्थानमा वेस्ट इन्डिजका इर्भिन लुइस ( १२५* ) चौथों स्थानमा तथा अस्ट्रेलियाकै शेन वाटशन ( १२४* ) पाँचौ स्थानमा रहेका छन्। न्युजिल्याण्डका ब्रेण्डन म्याकलम ( १२३ ) छैठौं, हंगकंगका बाबर हायात ( १२२ ) सातौँ, दक्षिण अफ्रीकाका फाफ डु प्लेसिस ( ११९ ) आठौँ, अफगानिस्तानका मोहम्मद शहजाद ( ११८* ) नवौं तथा भारतका रोहित शर्मा ( ११८ ) दशौँ स्थानमा रहेका छन्।

नयाँ बिश्व रेकर्ड कायम गर्ने क्रममा फिन्चले ओपनर डार्सी शर्टसंग पहिलो विकेटको लागि २२३ रनको बिशाल साझेदारी गरेका थिए, जुन टि-२० अन्तर्राष्ट्रियमा हालसम्मकै ठुलो ओपनिङ्ग साझेदारी हो।

१७२ रनको इनिंग खेलेका फिन्च क्रिस गेलले आईपीएलमा बनाएको १७५ रनको रेकर्ड पुरा गर्न भने मात्र ३ रनले असफल रहे। गेलको १७५ रन समग्र टि-२० मा बनेको सर्वाधिक व्यक्तिगत रन हो।

फिन्चले प्रहार गरेको १६ चौका पनि एकै इनिंगमा टि-२० अन्तर्राष्ट्रियमा प्रहार गरिएको सर्वाधिक चौका हो। कुल ७६ बल खेलेका फिन्चले टि-२० अन्तर्राष्ट्रियको एकै इनिंगमा सबैभन्दा बढी बल खेल्ने किर्तिमान समेत आफ्नो नाम गरेका छन्।

फिन्चको कीर्तिमानी इनिंग र शर्टको ४६ रनको मदतले अस्ट्रेलियाले दिएको २३० रनको लक्ष्य पछ्याउने क्रममा जिम्बाबेले १२९ रन मात्रै बनाउन सकेपछि अस्ट्रेलियाले खेल १०० रनले जित्यो। १०० रनको जित टि-२० अन्तर्राष्ट्रियमा अस्ट्रेलियाको सबैभन्दा ठुलो रन अन्तरको जित हो। उसले सन् २००६ मा दक्षिण अफ्रीकालाई ९५ रनले तथा पाकिस्तानलाई २०१२ मा ९४ रनले पराजित गरेको थियो।

( रेकर्ड श्रोत – क्रिक्इन्फो )





थप समाचार

प्रधानमन्त्री कप टि-ट्वान्टीको उपाधि एपीएफलाई

फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिताको उपाधि नेपाल एपीएफ क्लबले उचालेको छ । […]

शक्ति गौचन पराजित

पूर्व स्टार राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई पराजित गर्दै हरि बहादुर थापा रुपन्देही जिल्ला क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका छन्। बुधबार […]

BBL : सन्दिप सिजनकै महँगो सावित, म्याक्सवेल र मेलबर्नको नयाँ कीर्तिमान

अस्ट्रेलियामा जारि बिग ब्यास लिग अन्तर्गत होबार्ट हरिकेन्सको प्रतिनिधित्व गरिरहेका नेपाली लेग स्पिनर सन्दिप लामिछाने आफ्नो चौधौं खेलमा महँगो सावित […]

BBL : दबाबमा सन्दिपको राम्रो बलिंग, मेलबर्न बिरुद्ध लिए २ विकेट

दबाबमा सन्दिप लामिछानेले राम्रो बलिंग गर्दा मेलबर्न रेनेगेड्सलाई ६ रनले पराजित गर्दै होबार्ट हरिकेन्सले सातौँ जित दर्ता गरेको छ। मेलबर्नको […]

आर्मीलाई ४७ रनले हराउँदै एपीएफ फाइनलमा

त्रिभुवन आर्मी क्लबलाई ४७ रनले हराउँदै नेपाल एपीएफ क्लब जारि प्रधानमन्त्री कप राष्ट्रिय टि-ट्वान्टी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । […]

लोकेशको कीर्तिमानी अर्धशतक

नेपाल एपीएफ क्लबका आक्रामक युवा ब्याटर लोकेश बमले जारि प्रधानमन्त्री टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लबविरुद्धको दोस्रो सेमिफानल खेलमा […]