एसीसी यू-१६ इस्टर्न रिजन प्रतियोगिताको खेलाडी छनोटका लागि यू-१६ क्रिकेट प्रतियोगिता हुने



  • विकेटनेपाल – १८ चैत्र, सोमबार 

एसीसी यू-१६ इस्टर्न रिजन प्रतियोगिताको छनोटका लागि मंगलबारबाट टियू क्रिकेट मैदानमा यू-१६ क्रिकेट प्रतियोगिता हुने भएको छ। चैत्र १९ देखि २५ सम्म चल्ने प्रतियोगितामा ७ प्रदेशका टोलीले सहभागिता जनाउनेछन्।

प्रतियोगिताका ७ प्रदेशलाई दुई समुहमा विभाजन गरिएको छ। हरेक समुहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। आउँदो अप्रिल १८ देखि २९ सम्म थाईल्यान्डमा हुन लागेको एसीसी यू-१६ इस्टर्न रिजनको लागि यसै प्रतियोगिताबाट खेलाडी छनोट समेत गरिनेछ। प्रारम्भिक छनोटमा २५ खेलाडी र त्यसपछि १४ खेलाडी अन्तिम टोलीमा छनोट हुनेछन्।

प्रतियोगिताको समुह “ए” मा प्रदेश नम्बर ३, प्रदेश नम्बर ४,प्रदेश नम्बर ५ र प्रदेश नम्बर ६ रहेका छन्। यस्तै समहु “बी” मा प्रदेश नम्बर १,प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ रहेका छन्। प्रतियोगिता अन्तर्गतका पहिलो खेल विहान ८ र दोस्रो खेल दिउँसो १२ बजे देखी टियु क्रिकेट मैदानमा सुरु हुनेछ।

युवा तथा खेलकुद मन्त्रालयको आयोजना र राष्ट्रिय खेलकुदको परिषदको समन्वयमा हुने प्रतियोगिताको विजेताले १ लाख ५० हजार बराबरको खेल सामग्री प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार बराबरको खेलकुद सामग्री पाउनेछ। प्रतियोगिताको व्यास्थापन मदन भण्डारी स्पोर्ट्स एकेडेमीले गर्नेछ।





थप समाचार

दुई दिनमै सकियो भारत-इंग्ल्यान्ड टेस्ट, यस्ता बने कीर्तिमान

तेश्रो टेस्टमा इंग्ल्यान्डलाई १० विकेटले पराजित गर्दै भारतले ४ टेस्टको सिरिजमा २-१ को अग्रता हाँसिल गरेको छ। जितसंगै भारत टेस्ट […]

४ सयौं टेस्ट विकेट लिंदै आश्विनले बनाए कीर्तिमान

भारतीय अफस्पिनर रभीचन्द्रन आश्विनले टेस्ट क्रिकेटमा व्यक्तिगत ४ सय विकेट पुरा गर्दै नयाँ कीर्तिमान बनाएका छन्। इंग्ल्यान्डबिरुद्ध अहमदावादको नरेन्द्र मोदी […]

रुपन्देही सुपरलिग : लुम्बिनी खुकुरी विजयी

प्रकाश न्यौपाने, भैरहवा, फागुन १३ भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको डिभिजन […]

रोमान्चक दोश्रो टि-२०मा न्युजिल्यान्डद्वारा अस्ट्रेलिया पराजित

रोमान्चक दोश्रो टि-२० मा अस्ट्रेलियालाई ४ रनले पराजित गर्दै घरेलु टोलि न्युजिल्यान्डले ५ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिजमा २-० को अग्रता […]

रुपन्देही सुपरलिग : रुपेशले उत्कृस्ट बलिंग गर्दै बुद्धको सहज जित

प्रकाश न्यौपाने, भैरहवा, फागुन १२ भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको डिभिजन ‘ए’को खेलमा […]

पीएसएल : शर्जिलको शतकका बाबजुद कराची पराजित

शर्जिल खानको आक्रामक शतकका बाबजुद कराची किंग्सलाई पराजित गर्दै इश्लामवाद युनाइटेडले पाकिस्तान सुपर लिगमा लगातार दोश्रो जित दर्ता गर्दै जित […]