एसीसी यु-१९ पूर्वी : चिन २८ रनमै अल-आउट, थाईल्याण्ड र मलेसिया विजयी



एसीसी अन्डर-१९ इस्टर्न रिजन एकदिवसीय प्रतियोगिता मलेसियामा सुरु भएको छ।

प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन नेपाल सहित चिन, सिंगापुर, मलेसिया, हंगकंग, भुटान र थाइल्याण्ड रहेका छन्। नेपाल रहेको समुह ‘ए’  चिन र सिंगापुर रहेका छन्। नेपालले आफ्नो पहिलो खेल भोलि बुधबार चिनसंग खेल्नेछ। यस्तै समुह ‘बि’ मा आयोजक मलेसिया सहित हंगकंग, भुटान र थाइल्याण्ड रहेका छन्। दुवै समुहबाट उत्कृस्ट २ टिम सेमीफाइनल प्रवेश गर्नेछ।

प्रतियोगिताको विजेता टिमले अगस्ट/सेप्टेम्बरमा श्रीलंकामा आयोजना हुने यु-१९ एसिया कप खेल्न छनौट हुनेछ।

चिन २८ रनमै अल-आउट 

प्रतियोगिताको पहिलो दिन सम्पन्न २ वटा खेलमा सिंगापुरले चिनलाई ८ विकेटले तथा मलेसियाले थाईल्याण्डलाई १६ रनले पराजित गरेको छ।

समुह ‘ए’ अन्तर्गतको खेलमा टस हारेर ब्याटिंग गरेको चिनले २३ ओभर ब्याटिंग गरे पनि २८ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

सिंगापुर बलर भिनित मेहता एक्लैले ७ विकेट लिदै चिनको इनिंग धरासायी बनाए। उनले ६ ओभरमा २ मेडन ओभर गर्दै मात्र ८ रन खर्चिए। निल कार्निक, प्रनभ किशनन र प्रमेश सिन्घभीले १/१ विकेट लिए।

चिनको योगफलमा सिंगापुरले दिएको १५ अतिरिक्त रन सर्वाधिक योगदान थियो। कप्तान वे गुलोइले सर्वाधिक ७ रन, गुहाओ गावले ३, लियंग चेनले २ तथा लिउयांग वांगले १ रन बनाउनु बाहेक अन्य ७ ब्याट्सम्यानले खाता खोल्न सकेनन्।

पहिलो ३ विकेट १९ रनमा गुमाएको चिनले त्यसपछि ९ रन जोड्दा बाँकी ७ विकेट गुमाउन पुगेको थियो।

२४ रनको लक्ष्य सिंगापुरले ६.५ ओभरमा २ विकेट गुमाएर पुरा गारो। साइ भेनुगोपालले अविजित १५ तथा भिनित मेहताले ११ रन बनाए। चिन बलर तियान सेन कुनले २ विकेट लिए। स्कोरकार्ड  , अंकतालिका

मलेसियाको जित 

टस जितेर ब्याटिंग गरेको मलेसियाले ३०.३ ओभरमा पुरा विकेट गुमाएर ९४ रन बनाएको थियो। ९५ रनको लक्ष्य पछ्याउदा थाईल्याण्डले २६.४ ओभरमा ७८ रनमा सबै विकेट गुमाउन पुग्यो।

मलेसियाको लागि ब्याटिंगमा वान जुल्करनियानले २९ रन बनाए भने बलिंगमा मुहम्मद अमिरले ४ विकेट लिए। सिंगापुर बलर सारुवात मालीवानले ५ विकेट लिए। स्कोरकार्ड , अंकतालिका

प्रतियोगिता अन्तर्गत भोलि नेपालले चिनसंग पहिलो खेल किनरारा ओभल मैदानमा नेपाली समय ७:४५ बजे ( मलेसिया समय १० बजे ) बिहान खेल्नेछ। भोलिनै हुने दोश्रो खेलमा मलेसिया र भुटानले प्रतिस्पर्धा गर्नेछन्।

नेपालको दोश्रो खेल जुलाई ५ मा सिंगापुरसंग खेल्नेछ।

नेपाली टिम :

रोहित पौडेलले ( कप्तान )  रित गौतम, पवन सर्राफ, विशाल विक्रम केसी, भीम सार्की, कुशल मल्ल, रशिद खान, सागर ढकाल, हरिबहादुर चौहान, प्रतिष जिसी, कमलसिंह ऐरी, खडक बोहरा, तिलक भण्डारी र लोकेश बम।

प्रशिक्षक : विनोद दास ,  व्यवस्थापक :  राजु खड्का , फिजियो : विक्रम न्यौपाने





थप समाचार

आईपीएल २०२१ : संजु स्याम्सनको शतक बाबजुद राजस्थान पराजित

१४ औं संस्करणको इण्डियन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत सोमबार सम्पन्न चौथौं खेलमा केएल राहुल कप्तानीको पन्जाब किंग्सले संजु […]

आईपीएल २०२१ : राहुल र हुड्डाले शतकीय साझेदारी गर्दा पन्जाबद्वारा राजस्थानलाई विशाल लक्ष्य

१४ औं संस्करणको इण्डियन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत सोमबार जारि चौथौं खेलमा संजु स्याम्सन कप्तानीको राजस्थान रोयल्स र केएल […]

IPL : कोलकाताद्वारा हैदरावाद १० रनले पराजित

१४ औं आईपीएल अन्तर्गत आइतबार सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई १० रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ। […]

IPL : कोलकाताद्वारा हैदरावादलाई १८८ रनको लक्ष्य

इन्डीयन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत तेश्रो खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावाद प्रतिस्पर्धा गरिरहेका छन्। एमए चिदम्बरम […]

क्यानले थाल्यो नामिबियासंग एकदिवसीय सिरिजको तयारी

नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी मे महिनाको तेश्रो साता नामिबियासंग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज गर्ने तयारी गर्ने भएको […]

IPL : चेन्नाई बिरुद्ध धवनको कीर्तिमान, दिल्लीको शानदार जित

आईपीएल २०२१ अन्तर्गत दोश्रो खेलमा दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्सलाई ७ विकेटले सहजै पराजित गर्दै विजयी सुरुवात गरेको छ। मुम्बईको […]