अफगानिस्तानसंग घरमै हार्यो आयरल्याण्ड



  • विकेटनेपाल – १२ भदौ, मंगलवार 

घरेलु टोलि आयरल्याण्ड बिरुद्धको ३ खेलको एक दिवसीय शृंखलाको पहिलो खेलमा अफगानिस्तानले २९ रनको जित दर्ता गरेको छ। अफगानिस्तानले दिएको २२८ रनको सामान्य लक्ष्यको पिछा गर्न नसक्दा आयरल्याण्डले खेल गुमाउन पुग्यो।

अफगानिस्तानले दिएको २२८ रनको पिछा गर्न उत्रिएको आयरल्याण्डको टोलीले ४८.३ ओभरमा सबै विकेट गुमाएर १९८ रन मात्र जोड्न सक्यो। आयरल्याण्डको चेजमा एन्ड्रीयु बल्बिर्नीले सर्वाधिक ५५ तथा ग्यारी विल्सनले ३८ रन जोडेपनि त्यो जितका लागि पर्याप्त हुनसकेन। एक दिवसीय करियरको छैठौँ अर्ध-शतक जोड्ने क्रममा एन्ड्रीयुले ८२ बलको सामना गर्दै ६ चौका सहित ५५ रन प्राहार गरे। यस्तै ग्यारी विल्सनले भने ५० बलमा १ छक्का सहित ३८ रन जोडे। लागातार रुपमा विकेट गुमाएको आयरल्याण्डले साझेदारी बनाउन नसक्दा २२८ रनको सामान्य लक्ष्य समेत पुरा गर्न विफल रह्यो।

घरेलु टोलीलाई सस्तैमा समेट्न अफगानिस्तानका लागि राशिद खान, मोहम्मद नाबी र अफ्ताब आलमले समान २-२ विकेट लिए। ९ ओभर बलिंग गरेका तिब्र गतिका बलर अफ्ताबले मात्र ३४ रन खर्चेर पौल स्ट्र्लिंग र टिम मुर्ताघको विकेट लिन सफल भए। यस्तै ९.३ ओभरमा रशिदले ४१ तथा १० ओभरमा नाबीले ४२ रन खर्चेका थिए। मुजिब उर् रहमान र गुल्बदीन नैबको नाममा १-१ विकेट रहंदा आयरल्याण्डले दुई विकेटभने रन आउटको रुपमा गुमाएको थियो।

असअघि टस हारेर ब्याटिंगको निम्तो पाएको पाहुना टोलि अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२७ रन जोडेको थियो। उसको इनिंगमा गुल्बदीन नैबले सर्वाधिक ६४ रनको पारि खेलेका थिए। ओपनर हज्रतुलाह जजाई र इहसानुल्लाह जन्नतलाई चांडै गुमाएको  अफगानिस्तानको इनिंग सम्हाल्न नैब र हस्मतुल्लाह सहिदीले चौथो विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए। सहिदीले व्यक्तिगत ५४ रनको योगदान गरे।

 

आयरल्याण्डको बलिंग तर्फ टिम मुर्ताघले सर्वाधिक ४ विकेट चट्काएका थिए। आफ्नो १० ओभरको स्पेलमा उनले १ मेडन सहित ३१ रन खर्चिएर ४ विकेट लिए। यस्तै बोएड र्याँकिंगको नाममा ३ विकेट रह्यो। दुई टोलि बिचको दोस्रो एक दिवसीय खेल बुधवार तथा अन्तिम खेल शुक्रवार खेलिने छ।

Photos : (@CricketIreland)





थप समाचार

IPL : कोलकाताद्वारा हैदरावाद १० रनले पराजित

१४ औं आईपीएल अन्तर्गत आइतबार सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई १० रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ। […]

IPL : कोलकाताद्वारा हैदरावादलाई १८८ रनको लक्ष्य

इन्डीयन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत तेश्रो खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावाद प्रतिस्पर्धा गरिरहेका छन्। एमए चिदम्बरम […]

क्यानले थाल्यो नामिबियासंग एकदिवसीय सिरिजको तयारी

नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी मे महिनाको तेश्रो साता नामिबियासंग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज गर्ने तयारी गर्ने भएको […]

IPL : चेन्नाई बिरुद्ध धवनको कीर्तिमान, दिल्लीको शानदार जित

आईपीएल २०२१ अन्तर्गत दोश्रो खेलमा दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्सलाई ७ विकेटले सहजै पराजित गर्दै विजयी सुरुवात गरेको छ। मुम्बईको […]

पाकिस्तानको जितमा रिजवानको उत्कृस्ट इनिंग्स

दक्षिण अफ्रीका भ्रमण अन्तर्गत ४ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो खेलमा भ्रमण टोलि पाकिस्तान ४ विकेटले विजयी हुँदै सिरिजमा […]

IPL : पुनरागमन खेलमा रैनाको अर्धशतक, दिल्लीलाई चुनौतीपूर्ण लक्ष्य

भारतमा जारि १४ औं सिजनको इन्डीयन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत दोश्रो खेललाई मा चेन्नाई सुपर किंग्स र दिल्ली […]