अफगानिस्तानसामु जिम्बाबे कमजोर साबित, रासिद र रहमत उत्कृस्ट



  • विकेटनेपाल, माघ २७ – शनिबार

अफगानिस्तान र जिम्बाबेबीच गएराति भएको पहिलो एकदिवसीय क्रिकेटमा अफगानिस्तानले जिम्बाबेलाई १५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यसअघि भएको टी- २० क्रिकेटको सिरिज पनि अफगानिस्तानले २/० अन्तरले जितेको थियो।

५ एकदिवसीयको सिरिज अन्तर्गत शारजाह मैदानमा सम्पन्न पहिलो खेलमा अफगानिस्तानलाई जिताउन रहमत शाहले शतकीय पारि खेलेका थिए भने रासिद खानले उत्कृस्ट बलिंग गरे।

अफगानिस्तानको ब्याटिंग 

टस जितेर पहिले ब्याटिंग गरेको अफगानिस्तानले ५० ओभरमा ५ विकेट गुमाएर ३३३ रनको बिशाल योगफल तयार पारेको थियो। पहिलो विकेटको लागि मोहम्मद सेहजाद र इसाउल्लाह जनतले ९० रनको साझेदारी गरे । सेहजादले ३६ रन तथा जनतले ५४ रन बनाए ।

रहमत शाहले ११४ रनको पारि खेल्ने क्रममा ११० बलमा ८ चौका र ४ छक्का प्रहार गरे। त्यसक्रममा उनले नाजिबुल्लाह ज़द्रानसँग ५ औं विकेटको लागि १५८ रनको साझेदारी समेत गरे। ज़द्रानले ५१ बलमा अविजित ८१ रन ( ५ चौका, ५ छक्का ) बनाए ।

जिम्बाबेको लागि ग्रेम क्रिमरले सर्बाधिक ३ विकेट लिन ४७ रन खर्चिए।

 

रासिदको बलिंगमा जिम्बाबे निरिह 

रशिद खानले ४ विकेट लिन मात्र २६ रन खर्चेपछि ३३४ रनको लक्ष्य पछ्याएको जिम्बाबे मात्र १७९ रनमा समेटियो। यु-१९ रास्ट्रिय क्रिकेट टिमबाट रास्ट्रिय टिममा स्थान बनाएका मुजीब ज़द्रानले पनि २ विकेट हात पारे।

जिम्बाबेको लागि सोलोमोन मिरेले ३४ रन, क्रेग ईर्भाइनले ३३ रन, सिकन्दर राजाले २५ रन बनाएपनि कुनै पनि ब्याट्सम्यानले ठुलो स्कोर बनाउन नसक्दा जिम्बाबेले ठुलो पराजय व्यहोर्न बाध्य भयो।

आफ्नो एकदिवसीय करियरको तेस्रो शतक प्रहार गरेका रहमत शाह म्यान अफ द म्याच घोषित भए। सिरिजको दोश्रो एकदिवसीय खेल ११ फेब्रुअरीमा शारजाह मैदानमानै हुनेछ।

( फोटो, ग्राफिक्स – अफगानिस्तान क्रिकेट बोर्ड, आईसीसी )





थप समाचार

बिग ब्यास छोडेर नेपाल फर्कनुको कारण बताउदै सन्दिपले भने “राष्ट्रिय टोली प्रमुख प्राथमिकता”

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपालको झण्डाभन्दा ठूलो कोही नभएको बताएका छन् । अस्ट्रेलियामा जारी बिग ब्यास लिगको […]

आईपीएल अक्सनमा १५ नेपाली खेलाडी, बिक्लान सन्दिप ?

इन्डियन प्रिमियर लिग ( आईपीएल ) को अक्सन फेब्रुअरी १२ र १३ तारिखमा भारतको बैंगलोरमा हुँदैछ। उक्त अक्सनमा नेपालबाट १५ […]

नेपालले ओमानमा चौदेशीय टि-२० सिरिज खेल्ने, आयो खेल तालिका

ओमानमा फेब्रुअरी १७ तारिख देखि सुरु हुने आईसीसी टि-२० विश्वकप ग्लोबल क्वालिफायरको तयारी स्वरूप नेपाली राष्ट्रिय क्रिकेट टिमले चार टिम […]

टि-२० विश्वकप छनोट : नेपालको पहिलो खेल ओमानसंग ( खेल तालिका सहित )

यसै वर्ष अक्टोबर १६ तारिख देखि अस्ट्रेलियामा टि-ट्वान्टी विश्वकप प्रतियोगिता आयोजना हुँदैछ। उक्त प्रतियोगितामा आयोजक अस्ट्रेलिया सहित २०२१ टि-२० विश्वकपको […]

टि-२० विश्वकप : भारत र पाकिस्तानको खेल एमसीजीमा, आयो खेलतालिका

अस्ट्रेलियामा यो वर्ष आयोजना हुने टि-२० विश्वकप प्रतियोगिताको अन्तर्राष्ट्रिय क्रिकेट परिषदले खेल तालिका र समुह बिभाजन शुक्रबार घोषणा गरेको छ। […]

‘आईसीसी टिम अफ द एअर’ : भारतीय खेलाडी छैनन् वानडे र टि-२० टिममा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले यो वर्षको तिन वटै फर्म्याटको क्रिकेटको ‘टिम अफ द एअर’ घोषणा गरेको छ। […]