अफगानिस्तानको जितमा रहमतको शतक



दोश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा ७ विकेटले आयरल्याण्डलाई पराजित गर्दै अफगानिस्तानले तिन खेलको सिरिज १ खेल अगावै २-० ले जित्न सफल भएको छ।

युएईमा जारि सिरिजको शेख जायद स्टेडियम, अबु धाबीमा सम्पन्न खेलमा आयरल्याण्डले दियेओ २६० रनको लक्ष्य अफगानिस्तानले ४५.२ ओभरमा मात्र ३ विकेट गुमाएर भेटायो।

लक्ष्य पछ्याउने क्रममा ओपनर रहमनुल्लाह गुर्बज ३१ रन र जाभेद अहमादी १६ रन बनाएर आउट भएपछि तेश्रो विकेटको लागि रहमत शाह र हस्मतुल्लाह शाहिदीले १८४ रनको साझेदारी गर्दै टिमलाई सहज जिततर्फ डोर्याए। शाहिदीले ४२ औं ओभरमा आउट हुनु अघि १०० बलमा ८ चौका र १ छक्का मद्दतले ८२ रन बनाए। शाहिदीको विकेट पछि रहमतले कप्तान अस्घर अफ्घानसंग मिलेर टिमलाई जितसम्म पुर्याए।

रहमत शाहले पाँचौ एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाउने क्रममा अविजित १०३ रन बनाए जुन क्रममा १०९ बलमा १० चौका र २ छक्का हिर्काए। कप्तान अफ्घानले १३ बलमा अविजित २१ रन बनाए।

आयरल्याण्डको बलिंगमा सिमि सिंह, ब्यारी म्याकार्थी र कर्टिस क्याम्फरले १/१ विकेट लिए।

पल स्टरलिंगले ११ औं एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाए

यस अघि टस जितेर ब्याटिंग गरेको आयरल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २५९ रन बनाएको थियो।

आयरल्याण्डको लागि ओपनर पल स्टरलिंगले ११ औं एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाए। उनले १३२ बलमा १२ चौका र ४ छक्का प्रहार गरे। यस्तै कर्टिस क्याम्फरले ४७ रन तथा ह्यारी टेक्टरले २४ रन योगदान दिए।

स्टरलिंगले तेश्रो विकेटको लागि टेक्टरसंग ८४ रनको तथा चौथो विकेटको लागि क्याम्फरसंग १०६ रनको साझेदारी गरेका थिए। त्यसपछि भने आयरल्याण्डले लगातार विकेट गुमाएको थियो। स्टरलिंगलाई ४५ औं ओभरमा नभिन उल हकले क्याच आउट गराए।

अफगानिस्तानको बलिंगमा नभिन उल हकले सर्वाधिक ४ विकेट लिने क्रममा १० ओभरमा ४२ रन खर्चिए। मुजिब उर् रहमानले ३ विकेट तथा गुल्बदीन नैब र राशिद खानले समान १ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो खेलमा अफगानिस्तान १६ रनले विजयी भएको थियो। सिरिजको तेश्रो तथा अन्तिम खेल मंगलबार खेलिनेछ।





थप समाचार

न्याभ कप अस्ट्रेलिया : एक्स्पर्ट सगरमाथालाई उपाधि

अस्ट्रेलियाको नेपाल एसोसिएसन अफ भिक्टोरियाद्वारा आयोजित १६ औं संस्करणको न्याभ कप क्रिकेट प्रतियोगिताको उपाधि एक्स्पर्ट सगरमाथा स्टार्स क्लबले जितेको छ। […]

पीएसएल : सन्दिप आवद्ध लाहोरको शानदार जित

पाकिस्तान सुपर लिग अन्तर्गत आइतबार राति सम्पन्न ११ औं खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने आवद्ध लाहोर कलन्दर्सले कराची किंग्सलाई […]

लिटल फ्लावर प्रिमियर लिग : शारदा र होल्याण्ड विजयी

धनगढी : धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग अन्तरगत आज भएका खेलमा शारदा विद्या […]

एभरेस्ट प्रिमियर लिगको नयाँ मिति सार्वजनिक

नेपाली फ़्रेन्चाइज् टि-२० क्रिकेट लिग एभरेस्ट प्रिमियर लिगको चौथो संस्करणको नयाँ मिति सार्वजनिक गरिएको छ। गत वर्ष चैत्र १ गते […]

PSL 2021 : Sandeep Lamichhane joins Lahore Qalandars as a replacement of Rashid Khan

Nepal’s 20-year-old spin prodigy Sandeep Lamichhane departs towards Karachi today at 11:00 PM to participate in the ongoing 6th edition […]

पीएसएल : कप्तान रियाजले उत्कृस्ट बलिंग गर्दा पेशावरको सहज जित

कप्तान वहाव रियाजले उत्कृस्ट बलिंग गर्दा इश्लामावाद युनाइटेडलाई ६ विकेटले पराजित गर्दै पेशावर जाल्मी पाकिस्तान सुपर लिग ( पीएसएल ) […]