Nepal U19 Vs Andhra U19 ( 4th Practice Match )
Live Score +
Home - अन्डर-१९ - पाकिस्तानलाई झट्का, अफगानिस्तानसँग पराजित

अन्डर-१९

पाकिस्तानलाई झट्का, अफगानिस्तानसँग पराजित

Manoj Ghimire
Administrator
  •  
  •  
  •  
  •  
  •  
  •  

  • विकेटनेपाल, कार्तिक २४

मलेसियामा आज देखि सुरु भएको यु१९ एसिया कप क्रिकेटमा अफगानिस्तानले पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै प्रतियोगिताको सुरुवात गरेको छ । त्यस्तै अन्य खेलहरुमा भारत र श्रीलंका बिजयी भएका छन् ।

टस जितेर पहिले ब्याटिंगको निम्तो गरेको पाकिस्तानलाई अफगानिस्तानले ५७ रनको झिनो योगफलमा रोक्यो, अफगानिस्तानका मुजीब आर रहमान १० ओभर बलिंग गर्दै २३ रन खर्चेर ६ विकेट हात पार्दा नविन-उल-हक र यौसुफ ज़जाईले समान २ विकेट लिए । पाकिस्तानका लागि अन्तिम विकेटको रुपमा आउट भएका मोहम्मद ताहले सर्बाधिक १४ रन बनाए त्यस्तै कप्तान हसन खान र मोहम्मद मोसिन खानले समान १२ रन बनाएपनि मात्र २० ओभरमा ५७ रन बनाउदा सबै विकेट गुमायो ।

पाकिस्तानसँग ६ विकेट लिएका मुजीब आर रहमान (तस्बि: एसीसी)

प्रतिउत्तरमा अफगानिस्तानले मात्र ९.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । उसका निसारुल हक वह्दतले १८ बलमा २५ रनको आक्रामक इनिंग खेले l त्यस्तै रहमनुल्लाह गुर्बज़ले १३ रन बनाए । पाकिस्तानका लागि शाहीन शाह अफ्रिदी, मुहम्मद हसन खान र मोहम्मद हम्मद खानले १/ १ विकेट लिएपनि झिनो लक्ष्य रोक्न असम्भव देखिएको थियो ।

खेलमा उत्कृस्ट बलिंग गर्दै पाकिस्तानलाई सस्तैमा समेट्न ६ विकेट लिएका मुजीब आर रहमान खेलको उत्कृस्ट खेलाडी भए ।

त्यस्तै आजै भएका अन्य खेलहरुमा श्रीलंकाले संयुक्त अरब इमिरेट्स (युएई) लाई ७ विकेटले तथा भारतले आयोजक मलेसियामाथि २०२ रनको फराकिलो जित दर्ता गरेका छन् ।

भारतले कप्तान हिमांशु रानाको सतकीय (१००) पारीको मद्दतमा पहिले ब्याटिंग गर्दै ५० ओभरमा ७ विकेट गुमाएर ३१० रन बनायो, मलेसियाका हैकाल मोहम्मद खैरले ३ विकेट लिए । प्रतियुत्तरमा मलेसियाले कप्तान भिरनदीप सिंहले ५२ रन बनाएपनि १०८ रनमा समेटियो, भारतका दर्शन नाल्कान्ड़ेले ३ विकेट हातपारे ।

भारतका कप्तान हिमांशु राना शतक प्रहार गरेपछि (तस्बिर: एसीसी)

श्रीलंकाले पहिले बलिंग गर्दै थिसारु रशामिकाको ४ विकेटको मद्दतमा युएईलाई मात्र ६६ रनमा समेट्यो, युएईका लागि सयेद हैदरले सर्बाधिक १६ रन बनाए । जवाफमा श्रीलंकाले १६ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो, उसका कामिन्दु मेन्डिसले २७ रन बनाए । बलिंग तर्फ युएईका शाह फैसल खानले २ विकेट लिएपनि जितका लागी पर्याप्त हुन सकेन ।

उमेर समहको एसियाकै ठुलो प्रतियोगिता यु-१९ युथ एसिया कपमा नेपाल समुह ‘ए’ मा रहेको छ जुन समुहमा भारत, बंगलादेश र मलेसिया रहेका छन्। समुह ‘बि’ मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र युएई रहेको छ।

नेपालले पहिलो खेल बंगलादेशसंग ११ नोभेम्बर शनिबार खेल्ने छ। त्यसपछि १२ नोभेम्बरमा भारतसंग दोश्रो खेल र १४ नोभेम्बरमा मलेसियासंग तेश्रो खेल खेल्ने कार्यक्रम रहेको छ। पहिलो खेल किनाराओभल मैदानमा हुनेछ भने बाँकी २ वटा खेल बायुमास ओभल मैदानमा हुनेछ।

समुह ‘ए’ र समुह ‘बि’ बाट समुह चरणको खेल पछि २/२ टिम सेमीफाइनल खेल्न छनौट हुनेछ। प्रतियोगिताको फाइनल खेल १९ नोभेम्बरमा खेलिनेछ।

(तस्बिर: एसियन क्रिकेट काउन्सिल)


  •  
  •  
  •  
  •  
  •  
  •