क्वालीफायरमा मुम्बई बिरुद्ध सन्दिपलाई खेलाउने बारे आकाश चोपडाले के भने



चर्चित भारतीय कमेन्टेटर तथा पूर्व क्रिकेटर आकाश चोपडाले दिल्ली क्यापिटल्स र मुम्बई इन्डीएन्स बीचको आईपीएलको पहिलो क्वालीफायरमा नेपाली स्पिनर सन्दिप लामिछानेलाई खेलाउने बारे आफ्नो धारणा राखेका छन्। लिग चरणको कुनै पनि खेलमा मौका नदिईएका सन्दिप यो सिजन बेन्चमै बस्ने संकेत देखिदै गर्दा चोपडाले अर्को पटक नेपाली स्पिनरबारे बोलेका हुन्।

आफ्नो चर्चित युट्युब कार्यक्रम ‘सुपर ओभर विथ आकाश चोपडा’ मा दिल्ली र मुम्बईको खेल अघि विश्लेषण गर्ने क्रममा चोपडाले दुवै टिमको अन्तिम-११ को चर्चा गरेका थिए। यस क्रममा चोपडाले दिल्लीको सम्भावित अन्तिम-११ चुनेका थिए। चोपडाले अन्तिम-११ मा यदी रभीचन्द्रन खेल्न फिट छैनन् भने सन्दिप लामिछानेलाई मौका दिनुपर्ने बताए –

“मेरो विचारमा आश्विन घाइते छैनन् भने अन्तिम-११ मा कुनै परिवर्तन हुनेछैन। तर यदी आश्विन घाइते छ भने समीकरण बदल्न पर्नेछ। त्यसको लागि सन्दिप लामिछानेलाई मेरो विचारमा खेलाउनु पर्छ। म भएको भए सन्दिप लामिछानेलाई खेलाउथे” बैंगलोर बिरुद्ध अघिल्लो खेलमा आश्विन ४ ओभर बलिंग गरेपछि ह्याम्सट्रिन्ग इन्जुरीका कारण मैदान बाहिरिएका थिए।

चोपडाले अस्ट्रेलियन फास्ट बलर ड्यानियल स्याम्सको प्रदर्शन पाएको दुवै मौकामा राम्रो नरहेको र उनलाई बाहिर राख्न सकिने पनि बताए। स्याम्सले २ खेलमा ७० रन खर्चेर विकेटविहिन रहेका छन्।

“सन्दिप लामिछानेलाई खेलाउनुस्। ड्यानियल स्याम्स महँगो सावित भएका छन्। २ पटक खेले दुवै पटक महँगो रहे। प्रतिष्ठाको साथ आएका छन् तर अहिलेसम्म प्रदर्शन त्यस्तो भएको छैन। त्यसैले म जोड दिन्छु कि तपाई सन्दिपलाई खेलाउनुस्” यस अघि आईपीएल सुरु हुनु अघि पनि चोपडाले सन्दिपलाई अन्तिम-११ मा मौका दिनु पर्ने बताएका थिए।

चोपडाले सन्दिपलाई खेलाउन एउटा कुरा भने बाधा रहेको बताए – “एउटा कुरा विपक्षमा उनको ( सन्दिप ) सायद जान सक्छ त्यो कुरा हो कि अगाडीको टिममा धेरै देब्रे हाते ब्याट्सम्यानहरु छन्।” तर त्यसले कुनै फरक नपार्ने पनि चोपडाले बताए। मुम्बईको ब्याटिंग लाइन अपमा इशान किशन, क्विनटन डीकक, क्रुनाल पान्ड्या, सौरभ तिवारी जस्ता ब्याट्सम्यानहरु देब्रे हाते छन्।

तर क्वालीफायर तथा सिजनको पहिलो खेल हुनाले सन्दिपले मौका पाउन मुस्किल रहेको पनि चोपडाले स्वीकारे-

“तर, पहिलो खेल हुनेछ उनको यो सिजन को, त्यो मुस्किल कुरा हो। मलाई त लाग्छ यो बारेमा कम्तिमा सोच्नुस् , यसलाई बेकारको सुझाव नमान्नुस, यो बारे सोच्नुस।”

भिडियोमा चोपडाले दिल्लीको अन्तिम-११ पनि चुनेका छन् – “पृथ्वी श, शिखर धवन, अजिंके रहाने, श्रेयस ऐयर ( कप्तान ) , रिशभ पन्त, मार्कस स्टोइनिस, अक्षर पटेल, रभीचन्द्रन आश्विन, ड्यानियल स्याम्स, कागीस रबाडा, एनरिक नोर्किया।”

“आश्विन घाइते छैनन् भने यही अन्तिम-११ हुनेछ नत्र परिवर्तन हुन सक्नेछ।” चोपडाले बताए।

२०१८ मा आईपीएल खेल्ने पहिलो नेपाली बनेका नेपाली लेग स्पिनर सन्दिप लामिछाने तेश्रो सिजन दिल्ली क्यापिटल्सको प्रतिनिधित्व गरिरहेका छन्। टिममा रभीचन्द्रन आश्विन, अक्षर पटेल जस्ता भारतीय स्पिनर हुँदा सन्दिपको आवस्यकता टिमले महसुस गरिरहेको छैन।

आईपीएलको यस अघि २ सिजन खेल्ने क्रममा नेपाली गुग्ली ब्वाईले पहिलो सिजन ३ वटा तथा दोश्रो सिजन ६ वटा खेल खेल्ने मौका पाएका थिए। त्यस क्रममा क्रमशः उनले पहिलो सिजन ५ र दोश्रो सिजन ८ गरि कुल १३ विकेट लिएका थिए।

दिल्लीले सन्दिपलाई २०१८ मा २० लाख भारतीय रुपैयाँ खर्चेर टिममा लिएको थियो। दिल्लीसंग सन्दिपको अनुबन्ध यही सिजन सकिदैछ जसपछि उनि आगामी सिजनको लागि हुने अक्सनबाट अर्को टिममा जान खुला हुनेछन्। तर कोभिड-१९ का कारण यो सिजन अक्सन हुने नहुने निश्चित नहुँदा सन्दिप दिल्लीमै बस्न सक्ने सम्भावना पनि रहेको छ।

सम्बन्धित :-

IPL पहिलो क्वालिफायर : अनुभवी मुम्बई बिरुद्ध दिल्लीलाई इतिहास रच्ने अवसर

सन्दिपलाई भारतीय टिममा छनौट गर्ने गावस्करको चाहना- “नेपालको राम्रो खेलाडी, भारतले किन छनौट गर्न सक्दैन?” 

दिल्लीले सन्दिपलाई मौका नदिदा नेपाली फ्यानहरुले बनाए यस्ता ट्रोल





थप समाचार

टि-२० विश्वकप छनोट : नेपालको समुहमा ओमान र आयरल्याण्ड

२०२२ अक्टोबर-नोभेम्बर मा अस्ट्रेलियामा आयोजना हुने टि-ट्वान्टी विश्वकपको ग्लोबल क्वालीफायरमा स्वतः छनोट भएको नेपालले आगामी वर्ष २०२२ फेब्रुअरीमा ओमानमा ग्लोबल […]

प्रदेश २ स्तरिय महिला क्रिकेट : सानाकाे उत्कृष्ट प्रदर्शनले बारा विजयी, सिराहाद्वारा

प्रधानमंन्त्री कप प्रदेश स्तरिय टि ट्वान्टी महिला सिनियर छनाेट क्रिकेट प्रतियाेगिता अन्तर्गत आज भएकाे दुई वटा खेलमा बारा र सिरहा […]

हिमालयनलाई बर्दिया प्रिमियर लिगको उपाधी, आयुष्मान सर्वोत्कृष्ट

दोश्रो बर्दिया प्रिमियर लिगको उपाधि हिमालयन क्रिकेट एकेडेमीले उपाधि जितेको छ । मंगलबार गुलरियामा सम्पन्न फाइनलमा हिमालयनले स्टार क्रिकेट एकेडेमीलाई […]

११ नेपाली खेलाडी पीएसएल ड्राफ्टमा, छनोट भए कति पाउनेछन् रकम ?

पाकिस्तान सुपर लिगको ( पीएसएल ) आगामी संस्करण अर्थात् सातौँ संस्करण आगामी वर्ष २०२२ जनवरी २७ तारिख देखि फेब्रुअरी २७ […]

क्यानद्वारा २० सदस्यीय यु-१९ राष्ट्रिय टिमको घोषणा, बुधबार देखि बन्द प्रशिक्षण

काठमाडौँमा आइतबार सम्पन्न अन्डर-१९ राष्ट्रिय प्रतियोगिता सकिएकै दिन नेपाल क्रिकेट संघले डिसेम्बरमा युएईमा आयोजना हुने भनिएको यु-१९ एसिया कपको लागि […]

लुम्बिनीलाई यु-१९ राष्ट्रिय प्रतियोगिताको उपाधि

सुदूरपश्चिम प्रदेशलाई ११३ रनले पराजित गर्दै लुम्बिनी प्रदेशले अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न […]