पारस आउट, आईपीएल खेलाडी अलि मुर्तजाले लिए विकेट

आक्रामक इनिंग खेल्दै पारस खड्का ३६ रनमा आउट भएपछि १६ औं ओभरको खेल चल्दै गर्दा सिंगापुर इमर्जिंग स्टार्सले १३७ रनमा ४ विकेट गुमाएको छ l

पारसले ३६ रन बनाउन मात्र २० बलमा २ छक्का र ३ चौका प्रहार गरेका थिए l पारसलाई मुम्बई इण्डियन्सको लागि आईपीएल खेलीसकेका बलर अलि मुर्तजाले पेभेलियनकको दिशा देखाएका थिए l

मेहबुब आलम अझसम्म ब्याटिंग गर्न आएका छैनन् l

सिंगापुर अन्तर्राष्ट्रिय क्लब टि-२० प्रतियोगिताको सेमीफाइनलमा टस हारेर ब्याटिंग गरेको मद्रास क्रिकेट क्लबले १८६ रनको लक्ष दिएको छ l