राशिद खान सहित ३ खेलाडीलाई आईसीसीको कारबाही



  • विकेटनेपाल, असोज ६ – शनिबार

संयुक्त अरब इमिरेट्स युएईमा जारि एसिया कप अन्तर्गत पाकिस्तान र अफगानिस्तान बिचको शुक्रबार सपन्न खेलमा खराब व्यबहार देखाएको भन्दै अफगानिस्तान खेलाडी राशिद खानसँगै कप्तान अस्गर अफ्गान (स्टानीक्जाई) तथा पाकिस्तान बलर हसन अली समेत कारबाहीमा परेका छन्।

अत्यन्त रोमान्चक खेलमा पाकिस्तानले अफगानिस्तानलाई ३ विकेटले पराजित गरेको थियो।

आबुधाबी स्थित शेख जायद मैदानमा सम्पन्न प्रतियोगिताको आठौँ खेलमा खराब ब्यबहार देखाएको भन्दै अन-फिल्ड अम्पायर अनिल चौधरी र शन जर्ज तथा तेस्रो अम्पायर रोड टकर तथा चौथो अम्पाएर अनिस-उर्-रहमानको टिमले तिनैजना खेलाडीहरुलाई आफ्नो म्याच ‘फि’ को १५ प्रतिशत जरिवाना लगाएको छ भने १ डीमेरिट अङ्क समेत दिएको छ।

पाकिस्तानका हसन अलिलाई ३३ औं ओभरमा बल ब्याट्सम्यान हज्मतुल्लाह सहिदीतर्फ फाल्दै तर्साउन खोजेको, अस्गर अफ्गानलाई ३७ ओभरमा रन लिनेक्रममा हसनको काँधमा हात ठोक्काएको तथा राशिद खानलाई ४७ औं ओभरमा आसिफ अलीलाई आउट भएपछी नराम्रो ब्यबहार देखाउँदै हात ठडाएर बाहिर पठाएको आरोपमा कारबाही गरिएको आइसीसीको मिडिया रिपोर्टमा उल्लेख छ।

Hasan Ali

यो हसन र राशिदको पहिलो कारबाही रहेको छ भने अफगानिस्तानका कप्तान अस्गर अन्तिम २४ महिनामा दोश्रो पल्ट कारबाहीमा परेका छन्। यसअघि सन् २०१७ मा जिम्बाबेसँगको खेलमा पनि उनले १ डीमेरिट अङ्क  प्राप्त गरिसकेका छन्।

हसन र अस्घर आईसीसीको कोड अफ कण्डक्टको धारा २.१.१ अनुसार खेल-भावना बिपरित काम गर्नाले तथा राशिद खान धारा २.१.७ अन्तर्गत “बिपक्षी खेलाडीलाई गरेको दुर्व्यवहारका कारण कारबाहीमा परेका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को नियमअनुसार यदि अन्तिम २४ महिनामा खेलाडीले ४ डीमेरिट अङ्क प्राप्त गरेमा १ टेस्ट वा २ लिमिटेड ओभरको खेल गुमाउनेछन् भने ८ डी मेरिट अङ्कमा २ टेस्ट वा ४ लिमिटेड ओभरको खेलमा प्रतिबन्ध रहनेछ।

 





थप समाचार

PSL : लाहोरलाई पराजित गर्दै इश्लामावाद शिर्षमा

लाहोर कलन्दर्सलाई २८ रनले पराजित गर्दै इश्लामावाद युनाइटेड पाकिस्तान सुपर लिग अंकतालिकाकको शिर्ष स्थानमा उक्लेको छ। अबुधबी स्थित शेख जायद […]

न्युजिल्यान्डको २२ वर्षे प्रतीक्षा समाप्त

घरेलु टोलि इंग्ल्यान्डलाई दोश्रो टेस्टमा ८ विकेटले सहजै पराजित गर्दै न्युजिल्यान्डले दुई वटा टेस्टको सिरिज १-० ले आफ्नो पक्षमा पारेको […]

फिल्डिंगको क्रममा टाउको ठोकिंदा डु प्लेसी अस्पताल भर्ना

युएईमा जारि पाकिस्तान सुपर लिगको लगातार दोश्रो दिन ठूलो दुर्घटना भएको छ। शुक्रबार क्वेटा ग्ल्याडीएटर्सका ब्याट्सम्यान आन्द्रे रसेलको टाउकोमा चोट […]

इंग्ल्यान्डलाई झिनो अग्रता

न्युजिल्यान्ड र इंग्ल्यान्ड बीच एजब्यास्टनमा जारी टेस्टको तेश्रोको दिन समाप्तिमा घरेलु टोलि इंग्ल्यान्ड हार नजिक पुगेको छ। पहिलो इनिंग्समा ८५ […]

PSL : सरफराज कप्तानीको क्वेटाको छैठौं हार, मिलरको आक्रामक ब्याटिंग

युएईमा जारी पाकिस्तान सुपर लिग अन्तर्गत १९ औं खेलमा वहाव रियाज कप्तानीको पेशावर जाल्मीले चौथो जित दर्ता गर्ने क्रममा क्वेटा […]

PSL : मिलर, पावेल र अकमल चम्किदा पेशावरको विशाल योगफल

युएईमा जारि पाकिस्तान सुपर लिग अन्तर्गत १९ औं खेलमा पेशावर जाल्मी र क्वेटा ग्ल्याडीएटर्स प्रतिस्पर्धा गरिरहेका छन्। शेख जायद स्टेडियम […]