Nepal U-19 Vs Andhra U19 States
Live Score +
Home - घरेलु क्रिकेट - एभरेस्ट प्रिमियर लिग - अमितको अर्धशतक मदतले भैरहवालाई पहिलो हार चखाउदै काठमाडौँ प्ले-अफ प्रवेश

एभरेस्ट प्रिमियर लिग

अमितको अर्धशतक मदतले भैरहवालाई पहिलो हार चखाउदै काठमाडौँ प्ले-अफ प्रवेश

Wicketnepal Staff
Editor
Ameet Shrestha
  • 2K
  •  
  •  
  •  
  •  
  •  
    2K
    Shares

  • विकेटनेपाल, मङ्सिर-२७ , शनिवार 

अमित श्रेष्ठले लामो समय पछि अर्धशतकीय इनिंग खेल्दा इपिएल टि-२० अन्तर्गत १२ औं खेलमा काठमाडौँ किंग्स ११ ले भैरहवा ग्ल्याडीएटर्सलाई ७ विकेटले पराजित गर्दै तेश्रो जित दर्ता गरेको छ भने भैरहवा पहिलो पटक पराजित भएको छ।

टियु मैदानमा सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिंग गर्दै भैरहवाले दिएको १५० रनको लक्ष्य मात्र ३ विकेट गुमाएर पुरा १९.१ ओभरमा पुरा गरेको हो।

जितसंगै इपिएलको प्लेअफ चरण पुग्ने काठमाडौँ किंग्स ११ भैरहवा र ललितपुर पछि तेश्रो टिम बनेको छ।

हारपछि पनि भैरहवा लिग अंकतालिकाको दोश्रो स्थानमा ४ खेलमा ३ जित र १ हारको साथ यथावत रहेको छ। ४ खेलमा ३ जित र १ हार पछि ६ अंक भए पनि भैरहवा र ललितपुरसंग नेट रनरेटले पछि रहँदै तेश्रो स्थानमा छ। बलियो नेट रन रेटको साथ ४ खेलमा ३ जित र १ हार बेहोर्दै ६ अंकनै भए पनि ललितपुर लिगको शिर्ष स्थानमा रहेको छ।

प्रतियोगितामा नेपाली ब्याट्सम्यानको पहिलो अर्धशतक 

काठमाडौँको लागि ओपनिङ्ग ब्याटिंग गरेका अमित श्रेष्ठ र रोहन मुस्तफाले पहिलो विकेटको लागि ६८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए।

मुस्तफालाई आठौँ ओभरको अन्तिम बलमा शरद भेसावकरले बोल्ड गर्दै भैरहवालाई पहिलो विकेट दिलाएका थिए। युएई राष्ट्रिय टिमका कप्तान समेत रहेका मुस्तफाले ३६ रन ( २४ बल, ३ चौका , २ छक्का ) बनाए।

मुस्तफाको विकेटपछि दोश्रो विकेटको लागि सागर पुनसंग अमितले ४४ रनको साझेदारी गरे। अर्धशतक बनाएलगत्तै अमित रन आउट हुन पुग्दा काठमाडौँले दोश्रो विकेट गुमायो। अमितले ५१ रन बनाउदै प्रतियोगितामा अर्धशतक पुरा गर्ने पहिलो ब्याट्सम्यान बने। उनले ४६ बलमा ४ चौका र २ छक्का हिर्काए।

Ameet Shrestha
Ameet Shrestha ( Photo – Kathmandu Kings XI , Facebook )

अमितको विकेट गएपछि भुवन कार्कीले सागर पुनलाई १३ रनको व्यक्तिगत स्कोरमा क्याच आउट गराए।

त्यसपछि ब्याटिंग गर्न आएका नरेश बुढायरसंग केभिन ओ ब्रायनले चौथो विकेटको लागि २६ रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए।

केभिन ओ ब्रायन ३३ रनमा तथा नरेश ४ रनमा अविजित रहे। ब्रायनले १५ बलमा ५ चौका र १ छक्का प्रहार गरे।

भैरहवाको बलिङ्गमा भुवन कार्की ( ४-०-३२-१ ) र शरद भेसावकरले ( २-०-१७-१ ) १/१ विकेट लिए। मोहम्मद नबिद ( ४-०-२०-० ) , कृष्ण कार्की ( २.१-०-२५-० ) , रायन टेन डेस्काटे ( ३-०-३०-० )  र अविनाश बोहरा ( ४-०-२२-० ) विकेट विहिन रहे।

भैरहवाको ब्याटिंगमा रभी इन्दरको उत्कृस्ट इनिंग  

खेलमा टस हारेर ब्याटिंग गरेको भैरहवाले खराब सुरुवात गर्यो। ओपनर प्रदिप ऐरि खाता नखोली जितेन्द्र मुखियाको बलमा क्याच आउट हुँदा हरि शंकर शाहलाई पनि ४ रनमा केभिन ओ ब्रायनले क्याच आउट गराए। त्यसपछि रायन टेन डेस्काटेलाई १२ रनको स्कोरमा लेग स्पिनर प्रदिप साहुले एलबिडब्लु आउट गर्दा ८.४ ओभरमा भैरहवा ४०/३ को अवस्थामा पुग्यो।

तेश्रो विकेट पछि भने शरद भेसावकर र रभी इन्दर सिंहले चौथो विकेटको लागि उत्कृस्ट साझेदारी गर्दै टिमलाई उकासे।

१० ओभरमा भैरहवाको योगफल ४६/३ बाट अन्तिम १० ओभरमा शरद र रभीले १०३ रनको साझेदारी गर्दै टिमको योगफल २० ओभरमा १४९/४ पुर्याए। दुवैले चौथो विकेटको लागि १०९ रन बनाए।

Ravi Inder Singh
Ravi Inder Singh

इनिंगको अन्तिम बलमा जितेन्द्र मुखियाको बलमा बोल्ड हुनु अघि शरद भेसावकरले ३९ रन बनाए जुन क्रममा ३१ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

रभी इन्दर सिंह ८६ रन बनाएर अविजित रहे जुन क्रममा ६१ बलमा ४ छक्का र ६ चौका प्रहार गरे।

काठमाडौँको बलिङ्गमा जितेन्द्र मुखियाले २ विकेट ( ४-०-२५-२) लिए भने केभिन ओ ब्रायन ( ४-०-३८-१ ) र प्रदिप साहुले ( ४-०-२८-१ ) १/१ विकेट लिए। रोहन मुस्तफा ( ४-०-२२-० ) र बिक्रम भुसाल ( ४-०-३४-० ) विकेट विहिन रहे।

काठमाडौँ किंग्स ११ का नियमित कप्तान सोमपाल कामि एङ्कलको चोटको कारण पछिल्लो २ खेल देखि बाहिर छन् जसको स्थानमा युएईका कप्तान समेत रहेका रोहन मुस्तफा कप्तानी गरिरहेका छन्। सोमपाललाई ठिक हुन अरु २ दिन लाग्ने विकेटनेपाललाई जानकारी प्राप्त भएको छ।

( फिचर फोटो – काठमाडौँ किंग्स ११ , फेसबुक )


  • 2K
  •  
  •  
  •  
  •  
  •  
    2K
    Shares