“इमान्दार भएर भन्छु, मैले जति पाउनु पर्ने हो त्यति पाईन” मिश्रा



भेट्रान दिल्ली लेग स्पिनर अमित मिश्राको आईपीएलमा करियरले जस्तो उडान लियो भारतीय राष्ट्रिय टिमको लागि त्यस्तो हुन सकेन। तर मिश्राले “त्यस्तो भएको भए” भनेर सोच्न बन्द गरेका छन् जसले अहिले उनलाई कुनै पछुतो लाग्दैन।

आईपीएलमा लासिथ मालिंगा ( १७० ) पछि मिश्रा दोश्रो सर्वाधिक विकेटकर्ता हुन्। मिश्राले १४८ खेलमा १५७ विकेट लिएका छन्। यस्तै उनि लिग इतिहासमा सर्वाधिक ३ ह्याट्रिक लिने बलर समेत हुन् जुन रेकर्ड टुट्न निकै मुस्किल छ। 

“मलाई थाहा छैन कि मलाई अन्डररेट गरियो। यो बारे म पहिले म धेरै सोच्ने गर्थे जसले मेरो दिमागलाई अन्त मोड्ने गर्थ्यो। तर अहिले म आफ्नो काममा बढी ध्यान दिन्छु।” उनले मंगलबार खेलिने सनराइजर्स हैदरावादसंगको खेल अघि अनलाइन प्रेस कन्फरेन्समा बताए।

“इमान्दार भएर भन्छु, मैले जति पाउनु पर्ने हो त्यति पाईन, तर पनि ठिकै छ। मानिसहरुले अमित मिश्रा को हो भनेर चिन्छन्, त्यो मेरो लागि पर्याप्त छ। मैले मेरो क्रिकेट र बलिंगमा ध्यान दिनुपर्छ र त्यही गरिरहेको छु।” उनले भारतको लागि धेरै मौका नपाएकोमा असन्तुष्टि व्यक्त गरे।

भारतको उत्कृस्ट मध्येका लेग स्पिनर भएता पनि मिश्राले मात्र २२ टेस्ट, ३६ वानडे र १० टि-२० अन्तर्राष्ट्रियमा मात्र भारतको लागि खेल्ने मौका पाए। त्यसक्रममा उनले क्रमशः ७६,६४ र १६ विकेट लिए। अन्तिम पटक उनले २०१६ मा भारतको जर्सी लगाएका थिए।

३७ वर्षीय बलरले हरियाणाका साथी क्रिकेटर राहुल तेवतियाको तारिफ गरे जसको आक्रामक अर्धशतकले राजस्थानले पन्जाबलाई आइतबार पराजित गरेको थियो। त्यसपछि तेवतिया चर्चाको शिखरमा छन्। मिश्राले तेवतियाले अपेक्षा भन्दा आफ्नो जादुयी इनिंगमा उत्कृस्ट प्रदर्शन गरेको बताए। दुवैले २०१८ मा दिल्लीको लागि संगै आईपीएल खेलेका थिए।

“उनि आफ्नो ब्याटिंगमा फोकस गरिरहेका थिए। उनले जसरि हिजो खेले हरियाणाको भविष्यको लागि राम्रो कुरा हो। उनले यस्तै प्रदर्शन गरुन् भने अपेक्षा राखेको छु।” मिश्राले बताए।

“मलाई थोरै मात्र आशा थियो कि उनले त्यस्तो इनिंग खेल्नेछन्। कहिले काहीं तपाईको ध्यान यति धेरै हुन्छ कि तपाईले सोचेको जस्तै कुराहरु हुन्छ। त्यो त्यस्तो इनिंग थियो जुन बिरलै देख्न पाइन्छ। त्यो मैले जीवनमा देखेको मध्ये उत्कृस्ट इनिंग थियो।”

मंगलबारको खेलमा मिश्राले अबु दाबिको विकेटले ब्याट्सम्यानलाई सहयोग गर्ने बताए –

“विकेट थोरै ढिलो छ। ब्याट्सम्यानहरुले सट खेल्न समय पाउने गर्छन। ब्याट्सम्यानको लागि फाइदा छ जसअनुरुप योजना बनाएर बलरहरुले बलिंग गर्नुपर्नेछ। विकेट ढिलो हुनेछ।” उनले बताए।

मिश्राले शारजाहमा हुने खेलको लागि टिमले थप योजना बनाउनु पर्ने बताए।

“शारजाह, जुन मैदान सानो छ त्यहाँ हामीले राम्रो योजना बनाउनु पर्छ। दुबई र अबु धाबीको तुलनामा शारजाहको खेल अझ महत्वपूर्ण छ। यदी तपाईले त्यहाँ जित्नु भयो भने टिमको लागि राम्रो हुनेछ।”

प्रशिक्षक रिकी पोन्टिङले पारेको प्रभाव बारे मिश्राले बताए – “उनले लामो समय क्रिकेट खेलेका छन् त्यसैले खेलाडीहरुको मानसिकता थाहा छ। यदी कसैको आत्मविश्वास कम या बढी छ भने उनलाई के भन्नुपर्छ थाहा हुन्छ।”

“उनि सधै सकरात्मक मात्र कुरा गर्ने गर्छन्। उनि रमाइलो खालका छन् जसबाट मैले धेरै कुरा सिकेको छु, जस्तै कसरि खेलाडीको प्रकृति अनुसार व्यवहार गर्ने।”

लेग स्पिन बलिंगको टि-२० क्रिकेटमा महत्व बारे उनले बताए – “मलाई सधै भनिन्थ्यो कि यो खेल लेग स्पिनरको लागि हैन जसले मलाई थप हौशला दियो।”

“लेग स्पिनरसंग अरु भन्दा धेरै विविधता हुन्छ त्यसैले उनीहरु विकेट लिन सबैभन्दा राम्रो बिकल्प हो तर त्यसको लागि तपाईले कठिन मेहनत गर्नुपर्छ”

सुपर ओभरमा मुम्बई पराजित, सनसनीपूर्ण खेलमा बैंगलोरको जित

विलियमसनले बताए ‘खेल्न तयार छु’, हैदरावाद फ्यानहरुको पनि उही चाहना

४ खेलाडी जसले राजस्थानलाई कीर्तिमानी लक्ष्य भेटाउन अहम योगदान दिए

तयार भयो पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डिपीआर ( फोटो फिचर )