अमृत भट्टराईको नयाँ इनिंग

amrit bhattarai


रास्ट्रिय क्रिकेटर अमृत भट्टराईले जीवनको नयाँ इनिंग सुरु गरेका छन् l अस्ट्रेलियाको पर्थमा उनले यसै महिना उनले मिनी डिपार्टमेन्टल स्टोरको थालनी गरेका छन् l

“साडु दाई र मेरो लगानीमा स्टोर खोलेको हुँ, नेपाली-भारतीय उपभोग्य समानहरु राखेको छु l २ लाख अस्ट्रेलियन डलरको लगानीमा स्टोर खोलेका हौ ” नेपाली रास्ट्रिय क्रिकेट टिमका बायाँ हाते तिब्र गतिका बलर भट्टराईले विकेटनेपाललाई बताए l

अन्तिम पटक २०१५ जनवरी मा नामिबियामा सम्पन्न डिभिजन-२ प्रतियोगितामा नेपाली टिममा रहेका भट्टराई प्रतियोगिता लगत्तै फेब्रुअरीमा अस्ट्रेलिया गएका थिए l त्यसपछि उनि श्रीमती रचना भुसाल संग अस्ट्रेलियामा बस्दै आएका छन् l

सन् २००५ मा नेपाली यु-१५ रास्ट्रिय क्रिकेटरको रुपमा नेपालको लागि खेलेका भट्टराई त्यसपछि यु-१९ रास्ट्रिय टिम हुँदै २००६ को नेपालमा भएको ३ दिवसीय एसीसी ट्रफीमा हंगकंग संग नेपाली सिनियर टिममा डेब्यु गरेका थिए l भैरहवाका अमृत पछिल्लो समय फिट्नेसको कारणले रास्ट्रिय टिममा स्थान बनाउन संघर्ष गरिरहेका थिए l

स्टोरमा भट्टराई
स्टोरमा भट्टराई

“मेरो घुंडाको समस्याको कारण क्रिकेट बाट टाढा हुनु परेको हो l घाइते भएपछि, टिममा स्थान बनाउन नसकेपछि खेलाडीको काम छैन, आफ्नो भबिस्य पनि त हेर्ने पर्यो ” उनले बताए l

अस्ट्रेलियामा क्लब क्रिकेट खेल्ने क्रममा पुनः घाइते भएका थिए l घुंडाको अपेरासन सफल भएकोले एभेरेस्ट प्रिमियर लिगको अर्को सिजनमा कमब्याक गर्ने सोच बनाएको अमृतले बताएका छन् l

२०१२ मा डिभिजन-४ प्रतियोगितामा नेपाल बिजयी हुँदा अमृतले सिंगापुर बिरुद्ध ४ विकेट लिएका अमृत २००६ को यु-१९ बिश्वकपमा नेपाल प्लेट च्याम्पियन हुँदा टिमको सदस्य थिए l अमृतले प्लेट फाइनलमा न्युजिल्यान्ड संग मार्टिन गुप्टिलको विकेट सहित २ विकेट लिएका थिए l

यो पनि पढ्नुस् : 

 





थप समाचार

क्यानद्वारा २० सदस्यीय यु-१९ राष्ट्रिय टिमको घोषणा, बुधबार देखि बन्द प्रशिक्षण

काठमाडौँमा आइतबार सम्पन्न अन्डर-१९ राष्ट्रिय प्रतियोगिता सकिएकै दिन नेपाल क्रिकेट संघले डिसेम्बरमा युएईमा आयोजना हुने भनिएको यु-१९ एसिया कपको लागि […]

लुम्बिनीलाई यु-१९ राष्ट्रिय प्रतियोगिताको उपाधि

सुदूरपश्चिम प्रदेशलाई ११३ रनले पराजित गर्दै लुम्बिनी प्रदेशले अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न […]

यु-१९ राष्ट्रिय : उपाधिको लागि लुम्बिनी र सुदूरपश्चिम खेल्दै

नेपाल क्रिकेट संघको आयोजनामा काठमाडौँमा जारी अन्डर-१९ राष्ट्रिय प्रतियोगिताको उपाधिको लागि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली […]

सितालाई हंगकंगमा खेल्ने अवसर

राष्ट्रिय महिला क्रिकेट टिमकी उपकप्तान सीता रानामगरले हङकङमा आयोजना हुने फेयर ब्रेक इन्भिटेसनल महिला टि-२० प्रतियोगिता २०२२ खेल्ने भएकी छिन्। […]

U19 National : सुदूरपश्चिम फाइनलमा, हेमन्त र शेरको घातक बलिंग

लिग चरणको अन्तिम खेलमा बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेश यु-१९ राष्ट्रिय प्रतियोगिताको फाइनल पुगेको छ। लिग चरणमा […]

को बन्लान् नेपालको मुख्य प्रशिक्षक ? यी हुन् दावेदार

नेपाल क्रिकेट संघ ( क्यान ) ले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि आवेदन दिएका ६० जना आवेदकहरु मध्ये बिहिबार […]