आईपीएल २०२० अन्तर्गत मंगलबार दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद बीचको खेलमा अन-फिल्ड अम्पायर अनिल चौधरी विवादमा परेका छन्। उनले सनराइजर्स हैदरावादका कप्तान डेभिड वार्नरलाई रिभ्यु नलिन प्रोसाहित गरेका कारण उनको आलोचना भइरहेको छ।
खेलको १७ औं ओभरमा यो घटना घटेको थियो। २२० रनको विशाल योगफल पछ्याउने क्रममा दिल्ली १०४/८ को नाजुक स्थितिमा थियो। हैदरावाद पेसर सन्दिप शर्माले गरेको बलले दिल्ली ब्याट्सम्यान रभीचन्द्रन आश्विनलाई गरेको बल आश्विनले फ्लिक गर्न खोजे, उक्त बल आश्विनको प्याडमा लाग्यो। शर्मा सहित हैदरावादका फिल्डरहरुले अपिल गर्न थाले जसलाई अम्पायरले नकारे। सोहि समयमा चौधरीले अन्जानमै विवादित अवस्था सिर्जना गरे।
बलरले अपिल गरेपछि चौधरीले हातमा थपथपाएर बलले आश्विनको ब्याटको किनारा लागेको बताए। फिल्डिंग टिमले त्यसपछि रिभ्यु नगर्ने निर्णय गर्यो र खेल अघि बढ्यो।
Is Anil C allowed to let the bowler know there was an inside edge? Sunrisers have a review left. Not that the result of the game is in doubt. But still
— Shashank Kishore (@captainshanky) October 27, 2020
प्रतियोगिताको प्रत्यक्ष प्रशारण गरेको स्टारस्पोर्ट्सका खेल पण्डितहरुले तुरुन्त उक्त घटनामा प्रतिक्रिया दिए। स्कट स्टाइरिस, संजय बांगर र ब्रेट लिले अम्पायरको उक्त काम प्रति औंला ठड्याए। उनीहरुले अम्पायर चौधरीले अन्जानमा गरेको कामले हैदरावादले डीआरएस नलिन सघाएको बताए।
“अम्पायरले त्यस्तो गर्न पाउछ ? त्यहाँ बसेर ‘ब्याट’ भन्न हुन्छ ? न्युजिल्यान्ड पूर्व क्रिकेटर स्टाइरिसले बताए।
संजय बांगरले पनि स्टाइरिसको समर्थन गर्दै बताए – “म तपाईसंग सहमत छु, स्कटि, अम्पायरले खेलाडीलाई संकेत दिनु जबकी १५ सेकेन्ड भित्र उनीहरुले डीआरएस लिने-नलिने निर्णय लिनुपर्छ।” उनले थप बताए “यदी अम्पायरले बलरलाई केहि भन्न परे १५ सेकेन्डको अवधि पछि भन्नुपर्छ, घटना लगत्तै हैन।”
घटना पछि स्टारस्पोर्ट्सले देखाएको रिप्लेमा स्पस्ट रुपमा चौधरीले बलले ब्याटमा लागेको भन्ने इशारा गरेका थिए।
“हेर्नुस अम्पायरलाई, हात थपथपाएको, जुन अम्पायरले ब्याटमा बलले लाग्दा गर्ने सर्वव्यापी संकेत हो।” अस्ट्रेलियन पूर्व क्रिकेटर ब्रेट लिले बताए। “यसले सहजै फिल्डिंग साइड र बलरलाई संकेत गर्छ कि बलले ब्याटमा लागेको छ। त्यसपछि किन रिभ्यु लिने। तपाईसंग रिभ्यु गर्ने त अधिकार हुन्छ तर तपाईले पक्कै लिनुहुँदैन।”
नियमले के बताउछ
आईपीएलको प्लेयिंग कन्डीसनले बताउछ कि अम्पायरले रिभ्युको निर्णयलाई प्रभाव गर्ने हिसाबले खेलाडीसंग सम्बाद गर्न पाउदैन। यस्तै नियमले यो पनि बताएको छ कि खेलाडीले पनि अम्पायरसंग कुनै पनि किसिमको परामर्श लिन पाउदैन।
यस्तै नियमले के पनि बताउछ भने रिभ्यु लिने क्रममा मैदानमा भएको बाहेकका खेलाडीहरुले पनि कुनै पनि तरिकाले रिभ्यु लिने या नलिने संकेत दिन पाउदैन। यदी त्यस्तो भए अम्पायरले रिभ्युको अनुरोधनै अस्विकार गर्न पाउछ। यदी त्यस्तो गरेको पाइएको खण्डमा खेलाडी आचारसंहिताको उल्लंघन गरिएको मानिन्छ।
खेलको नतिजामा अम्पायर चौधरीको निर्णयले प्रभाव भने परेन। हैदरावादले दिल्लीलाई ८८ रनको विशाल अन्तरले पराजित गर्यो।
आईपीएलमा अम्पायरले विवादित निर्णय गरेको यो पहिलो पटक हैन। पढ्नुस त्यस्तै अन्य विवादहरु –
IPL : धोनीले त्यस्तो के गरे, जसपछि अम्पायरले निर्णयनै परिवर्तन गरे
विवादास्पद निर्णय : स्पाइडरक्यामलाई छोएता पनि उनदकतलाई क्याच आउट दिएपछि
IPL : आउट दिएको निर्णय अम्पायरले फिर्ता लिएपछि
“अम्पायरलाई ‘म्यान अफ द म्याच दिनुपर्थ्यो” अम्पायरको ठूलो गल्तिलाई सेहवागको व्यंग्य
यो पनि पढ्नुस :-
राशिदको सिजनकै सबैभन्दा किफायती बलिंग, हैदरावादसंग दिल्ली विशाल अन्तरले पराजित