क्यानलाई लैंगिक भेदभावको आरोप लगाएका बैंकर शाहलाई बिनोद दासको प्रतिक्रिया भाइरल



सामाजिक संजाल ट्वीटरमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा वर्तमान नेपाल क्रिकेट संघ ( क्यान ) का क्रिकेट म्यानेजर बिनोद दासले सेलिब्रिटी बैंकर नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहलाई दिएको जवाफ भाइरल बनेको छ।

के भएको हो 

नेपाल क्रिकेट संघको नयाँ आर्थिक कार्यविधिका अनुसार राष्ट्रिय पुरुष क्रिकेटरले एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दा प्रति खेल १० हजार रुपैयाँ र टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेल्दा ५ हजार रुपैयाँ तथा महिला राष्ट्रिय क्रिकेटरले एक दिवसीय प्रतियोगिता खेल्दा प्रति खेल रु. ५ हजार र टि-ट्वान्टी अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रति खेल रु ३ हजार पाउनेछन्।  विस्तृतमा पढ्नुस

पुरुष क्रिकेटरलाई महिला क्रिकेट भन्दा दोब्बर भत्ता बढी दिईएकोमा बैंकर शाहले ट्वीट गर्दै भेदभाव भएको बताएका थिए। उनले ट्वीटरमा लेखेका छन् – “मलाई अस्चार्य छ कि यदी कुनै बैंकले महिला सदस्यलाई अन्य सदस्यहरुलाई भन्दा ५० प्रतिशत कम प्याकेज प्रदान गरे के हुन्छ। मलाई यो खेल मनपर्छ तर मेरो आमाको छोरा र मेरो छोरिको बुबाको रुपमा म चुप लाग्न सक्दिन। सबै रुपमा लैंगिक भेदभाव रोक्नुहोस्”

शाहले ट्वीट गरेको केहि समयमा क्यानका क्रिकेट म्यानेजर बिनोद दासले त्यस्तो जवाफ दिए जुन ट्वीटरमा एकाएक चर्चित हुन पुग्यो। दासले व्यंग्य र तारिफ मिसाउदै लेखेका छन् – “तपाईले त्यति बेला यही कुरा गर्नु भएको भए हुन्थ्यो जब हामि महिला राष्ट्रिय प्रतियोगिताको प्रायोजनको लागि तपाई समक्ष पुगेका थियौं। हामि सबै आदर्श संसारमा बाँच्न चाहन्छौं तर यो संसारलाई आदर्श बनाउन धेरै कुरा चाहिन्छ। तपाईलाई अझै पनि मेरो अनुरोध छ, हामि सबैले आफ्नो आदर्शलाई कार्यमा परिणत गर्न हातेमालो गर्न जरुरी छ। तपाई हाम्रो ठूलो आशा हो।”

दासको उक्त ट्वीट पछि धेरैले बैंकर शाहको आलोचना गरेपछि दासले कसैको भनाइलाई लिएर व्यक्तिगत रुपमा आलोचना नगर्न अनुरोध गरेका थिए। “म आग्रह गर्छु कि कसैले व्यक्तिगत विचार राखेको भरमा व्यक्तिलाई आक्रमण नगर्नु होला। म अनिल शाहको ठूलो प्रशंसक हो जो सधै मेरो लागि उपस्थित हुनुहुन्छ। म आज यो मात्र स्पस्ट पार्न चाहन्थे कि ‘काम गर्न सहज छैन तर सबै मिलेर अघि बढ्यो भने छिट्टै यो सम्भव हुनेछ।”

यो वर्ष सुरुवातमा क्यानका क्रिकेट म्यानेजर दास शाह समक्ष महिला रास्ट्रिय प्रतियोगिताको प्रायोजनको प्रस्ताव लिएर पुगेका थिए। क्यानले गत वर्ष दासलाई क्रिकेट म्यानेजर नियुक्त गरेपछि उनले प्रतियोगिताको प्रायोजनको लागि पहल थालेका थिए। त्यसबेला दासले ट्वीटर मार्फत शाहसंगको फोटो राख्दै शाहलाई भेट्दा र उनको कुरा सुन्दा खुसि लागेको र साथको लागि धन्यवाद दिएका थिए। फोटोमा भेट सकारात्मक देखिएता पनि दास खालि हात फर्कनुपरेको उनको ट्वीटले स्पस्ट हुन्छ। नेपाल क्रिकेट संघ पछिल्लो प्रतियोगिताहरुमा प्रायोजन पाउन संघर्ष गर्दै आएको छ, अझ महिला क्रिकेटमा त प्रायोजक नगन्य रहने गरेको छ।

दासको व्यंग्य मिश्रित ट्वीटपछि शाहले प्रतिक्रिया दिने क्रममा आफू लैंगिक भेदभावको विपक्षमा रहेको बताउदै क्यानले खेलाडीको भत्ता वृद्धि गरेकोमा खुसि व्यक्त गरेका छन्- “धन्यवाद बिनोद दास साथको लागि तर मेरो लैंगिक समानता बारे धारणा समान नै छ। क्यानले राष्ट्रिय खेलाडीको भत्ता वृद्धि गरेकोमा म खुसि छु तर म आगामी दिनमा अरु लैंगिक समानता होस् भन्ने चाहन्छु।”

उक्त ट्वीटको जवाफमा दासले मिलेर अघि बढ्नु पर्ने बताएका छन्- “एक साथ् हिंडे सम्भव छ सर, चासोको लागि धन्यवाद।”

दुवैको ट्वीट संवाद पछि अधिकांशले बिनोद दासको समर्थन गर्दै शाहको आलोचना गरेका छन्। हेर्नुस कसले के प्रतिक्रिया दिए –

 





थप समाचार

अस्ट्रेलिया बिरुद्ध बंगलादेशको ऐतिहासिक जित, नसुमको घातक बलिंग

अस्ट्रेलियाको बंगलादेश भ्रमण अन्तर्गत पाँच खेलको टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोलि बंगलादेशले अस्ट्रेलियालाई २३ रनले पराजित गर्दै […]

क्रिकेटको व्यवस्थापनमा पुग्ने पारसको उद्देश्य

मंगलबार अन्तर्राष्ट्रिय क्रिकेट बाट सन्यास घोषणा गरेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले दुई वर्ष पछि हुने नेपाल क्रिकेट […]

पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय जितको ३ वर्ष पुरा, पुनः याद गर्नुस १ रनको सनसनीपूर्ण जित

आजकै दिन २०१८ अगस्ट ३ तारिखमा नेपालले नेदरल्याण्डलाई पराजित गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो जित दर्ता गरेको थियो। सोहि वर्ष […]

अन्तर्राष्ट्रिय क्रिकेटबाट पारसको सन्यास घोषणा, यस्ता थिए प्रमुख उपलब्धि

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। ३४ वर्षीय खेलाडीले सामाजिक संजालमार्फत अन्तर्राष्ट्रिय खेल जीवन अन्त्य गर्ने […]

इंग्ल्यान्ड बिरुद्ध पहिलो टेस्टबाट मायाँक अग्रवाल बाहिर

इंग्ल्यान्ड भ्रमण अन्तर्गत अगस्ट ४ तारिख बुधबारबाट सुरु हुने पाँच खेलको टेस्ट सिरिज अन्तर्गत पहिलो टेस्टबाट भारतीय ओपनर मायाँक अग्रवाल […]

युएईले घोषणा गर्यो आफ्नै ‘प्रिमियर लिग टि-२०’

ईण्डियन प्रिमियर लिग ( आईपीएल ) र आईसीसी टि-ट्वान्टी विश्वकप पछि युएईको ईमिरेट्स क्रिकेट बोर्ड ( ईसीबि ) ले आफ्नै […]