अनिल साह एलिट प्लेयर सिरिज खेल्न सिंगापुर जाँदै

Anil Sah half century


  • विकेटनेपाल – १६ बैशाख, आइतबार

नेपाली राष्ट्रिय क्रिकेट टोलिका ओपनर ब्याट्सम्यान अनिल कुमार साह सिंगापुर प्रस्थान गर्ने भएका छन्। सिंगापुरमा आयोजना हुने एलिट प्लेयर सिरिजको दोस्रो संस्करणमा सहभागी हुन अनिल आइतबार राती त्यसतर्फ प्रस्थान गर्नेछन्।

क्रिकेट प्लेयर एसोसियसन नेपालले प्रेस बिज्ञप्ति जारि गर्दै अनिल सिंगापुर प्रस्थान गर्न लागेको जानकारी दिएको हो। सिंगापुर क्रिकेट बोर्डको निमन्त्रणा र क्रिकेट प्लेयर एसोसियसन नेपालको संयोजनमा अनिललाई एलिट प्लेयर सिरिजमा सहभागी हुने मौका मिलेको हो। उनले प्रतियोगितामा एस.जी क्रिम्सन टिमबाट सहभागिता जनाउने छन्।

अनिलसंगै क्रिम्सनको टोलिमा जिम्बाबेका खेलाडी रिचर्ड नगर्भा समेत रहेका छन्। क्रिम्सनको टोलिको प्रशिक्षकका रुपमा पाकिस्तानका बिलाल असद रहेका छन्। यो प्रतियोगिताको दोस्रो संसकरण हो।

प्रतियोगिताको खेल तालिका

मे १ तारिखबाट सुरुहुने प्रतियोगितामा ३ टोलिको सहभागिता रहेको छ। अनिल सहभागी टोलि क्रिम्सनले पहिलो दिन दुई खेल खेल्ने छ। यस्तै क्रिम्सनले मे २ तारिखमा र मे ४ तारिखमा थप दुई खेल्ने तालिका रहेको छ। प्रतियोगिताको फाईनल मे ५ तारिखमा हुनेछ। अनिललाई सिंगापुर क्रिकेट बोर्डले खान बस्न र फिर्ता आउने हवाई टिकट उपलब्ध गराउने जानकारी समेत प्रेस बिज्ञप्तिमा जनाइएको छ।

Anil Sah
Anil Sah

सिंगापुरका स्थानीय खेलाडीहरुसंगै प्रतियोगितामा थाइल्याण्ड, जिम्बाबे, इन्डोनेसिया र नेपालबाट खेलाडीहरु सम्मिलित रहेका छन्। जिम्बाबेका ४ खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने छन्। अनिलसंगै रिचर्ड नगर्भा क्रिम्सनको टोलिमा रहेका छन् भने जिम्बाबेका पुर्व कप्तान एल्टन चिगुम्बुरा र नेथन वालर क्रिसेंट्सको टोलिमा रहेका छन्। यस्तै माल्कम वालर र नेबिल माडजिभाभने स्टार्सको टोलिमा रहेका छन्।

प्रतियोगितामा सहभागी खेलाडी र टोलीहरु

कलैयामा जन्मेका दायाँ हाते ब्याट्सम्यान अनिल कुमार साहले नामिबियामा केहि महिना अघि सम्पन्न आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ मा केन्या बिरुद्दको खेलबाट डेब्यु गरेका थिए। त्यसअघि अन्डर-१९ समुहमा उत्कृस्ट प्रदर्शन गरेका अनिलले एभरेष्ट प्रिमियर लिगको दोस्रो सिजनमा बिराटनगर वारियर्सलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।





थप समाचार

आमिर अख्तरलाई क्यानको जवाफ

पूर्व राष्ट्रिय क्रिकेटर तथा एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) का प्रवन्ध निर्देशक आमिर अख्तरले दुई दिन अघि नेपाल क्रिकेट […]

श्रीलंकाद्वारा भारत २२५ रनमै सिमित

भारतको श्रीलंका भ्रमण अन्तर्गत तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत तेश्रो खेल जारि रहेको छ। आर प्रेमदासा स्टेडियम कोलोम्बोमा टस […]

जिम्बाब्वेद्वारा बंगलादेश पराजित, सिरिज बराबरी

दोश्रो खेलमा बंगलादेशलाई पराजित गर्दै घरेलु टोलि जिम्बाब्वेले तिन खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज १-१ को बराबरी गरेको छ। हरारे स्पोर्ट्स […]

मधिभिरेको करियरकै उच्च स्कोर, जिम्बाब्वेद्वारा बंगलादेशलाई चुनौतीपूर्ण लक्ष्य

बंगलादेशको जिम्बाब्वे भ्रमण अन्तर्गत तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत दोश्रो खेल जित्न जिम्बाब्वेले बंगलादेशलाई १६७ रनको लक्ष्य प्रस्तुत गरेको […]

क्यानको सम्पूर्ण घरेलु प्रतियोगिता एक्सन स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्ने

नेपाल क्रिकेट संघले ( क्यान )  आयोजना गर्ने सम्पूर्ण घरेलु प्रतियोगिताहरुको प्रत्यक्ष प्रशारण गर्ने अधिकार डिश  मिडिया नेटवर्कले पाएको छ। […]

अभ्यास खेलमा जडेजा र राहुलको उत्कृस्ट प्रदर्शन

भारतको इंग्ल्यान्ड भ्रमण अन्तर्गत अगस्ट ४ देखि सुरु हुने पाँच टेस्टको सिरिज अघि भारत र काउन्टी सेलेक्स-११ बीचको तिन दिवसीय […]