डिपिएल-३: दबासले अर्धशतक बनाएपछि महेन्द्रनगरलाई प्रतियोगिताकै सर्बाधिक ठुलो लक्ष्य



धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत तेस्रो दिनको पहिलो खेलमा काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिंग गरेको काठमाण्डौले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३४ रनको योगफल बनायो।

यो प्रतियोगिताकै सर्बाधिक ठुलो लक्ष्य हो। यसअघि प्रतियोगिताको उद्घाटन खेलमा धनगढी स्टार्सले बनाएको १३२ रन काठमाडौं गोल्डेन्सले पुरा गर्दै ४ विकेटको जित निकालेको थियो।

खराब सुरुवात गर्दै मात्र ७ रनको योगफलमा दुबै ओपनरलाई गुमायो। अनिल शाह ६ रन (४ बल, १ चौका) र गौरव तोमर १ रन (७ बल) बनाएर आउट भएका थिए।

त्यसपछि कप्तान ज्ञानेन्द्र मल्लले अंकित दबाससँग मिलेर तेसो विकेटको लागि २९ रनको साझेदारी गर्दै स्कोर उकास्ने प्रयास गरे। मल्ल तेस्रो विकेटको रुपमा १४ रन (१८ बल, १ चौका) बनाएर आउट भए।

अर्धशतक प्रहार गरेपछि ब्याट उठाउँदै

त्यसपछि आलमले पनि चौथो विकेटको रुपमा आउट हुनुभन्दा अगाडी १३ रन (१९ बल, २ चौका) हान्दै दबाससँग १९ रनको साझेदारी गरे। त्यसपछि आएका सोनु तामांगपनि लगत्तै १ रन (३ बल) मा आउट भए।

छैठौं विकेटको लागि योगेन्द्र कार्कीसँग मिलेर दबासले अन्तिम ७ ओभरमा ७६ रनको आक्रामक साझेदारी गरे। अन्तिम बलमा दुई रनको लागि दौडिएपनि अम्पाएरले मात्र १ रन पुरा गरेको निर्णय गरेका छन्।

अंकित ६५ रनमा अविजित रहे। मात्र ५५ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका छन्। योगेन्द्र कार्कीले पनि राम्रो साथ दिए। कार्की १४ बलमा १ चौका र १ छक्काको मद्दतमा २२ रनमा अविजित रहे।





थप समाचार

IPL : चेन्नाई बिरुद्ध धवनको कीर्तिमान, दिल्लीको शानदार जित

आईपीएल २०२१ अन्तर्गत दोश्रो खेलमा दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्सलाई ७ विकेटले सहजै पराजित गर्दै विजयी सुरुवात गरेको छ। मुम्बईको […]

पाकिस्तानको जितमा रिजवानको उत्कृस्ट इनिंग्स

दक्षिण अफ्रीका भ्रमण अन्तर्गत ४ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो खेलमा भ्रमण टोलि पाकिस्तान ४ विकेटले विजयी हुँदै सिरिजमा […]

IPL : पुनरागमन खेलमा रैनाको अर्धशतक, दिल्लीलाई चुनौतीपूर्ण लक्ष्य

भारतमा जारि १४ औं सिजनको इन्डीयन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत दोश्रो खेललाई मा चेन्नाई सुपर किंग्स र दिल्ली […]

IPL M2 : टस जितेर दिल्लीद्वारा चेन्नाईलाई ब्याटिंगको निम्तो

१४ औं सिजनको इण्डियन प्रिमियर लिग अन्तर्गत दोश्रो खेलमा महेन्द्र सिंह धोनी कप्तानीको चेन्नाई सुपर किंग्स र रिशभ पन्त कप्तानीको […]

सिक्किम ए डिभिजन लिग : पुलिसको दोश्रो जितमा अनिल, दिलिप र अमित उत्कृस्ट

भारतको सिक्किममा जारि ‘कन्चेनजोंगा शिल्ड ए डिभिजन लिग’ प्रतियोगितामा सहभागी नेपाली टोलि नेपाल पुलिस क्लबले लगातार दोश्रो जित दर्ता गरेको […]

एपीएफले उपाधि जित्दा कप्तान सिता प्रतियोगिताकै उत्कृस्ट

सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले सहजै पराजित गर्दै विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) ले पहिलो संस्करणको ललितपुर मेयर्स […]