उपाधि एपीएफलाई

apf
  • विकेटनेपाल, २५ फाल्गुन 

सुदुरपस्चिमान्चललाई ८ विकेटले पराजित गर्दै शशस्त्र प्रहरी बल ( एपीएफ ) ले प्रधानमन्त्री कप महिला रास्ट्रिय क्रिकेट प्रतियोगिताक उपाधि आफ्नो पक्षमा पारेको छ l

उपाधिसंगै एपीएफले  रु. १ लाख तथा उपविजेता सुदूरपश्चिमान्चलले ५० हजार रुपैया हात पार्यो l

प्रतियोगिताको उत्कृस्ट खेलाडी रेखा रावल ( सुदुरपस्चिमान्चल ) घोषित भईन् भने उत्कृस्ट ब्याट्सउमन र उत्कृस्ट बलर एपीएफ टिमका क्रमशः सिता रानामगर र करुणा भण्डारी घोषित भए l

इटहरीमा भएको प्रतियोगिताको फाइनल खेलमा टस जितेर ब्याटिंग गर्दै सुदुरपश्चिमले २० ओभरमा ५७/७ को स्कोर बनायो l प्रतिउत्तरमा एपीएफले १४.१ ओभरमा २ विकेट मात्रै गुमाई लक्ष पुरा गर्यो l

एपीएफको लागि रितु कनौजियाले सर्बाधिक ३ विकेट तथा ब्याटिंग तर्फ सरिता मगर र सिता राना मगरले क्रमशः २२ र १६ रन योगदान दिए l सुदुरपश्चिमको लागि सम्झना खादाले अविजित १६ रन बनाएकी थिईन् l