प्रम कप बागमती छनोट : अरियो चम्किदा काठमाडौँ फाइनलमा



प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगिताको लागि बागमती प्रदेश स्तरीय छनोट प्रतियोगिता अन्तर्गत फाइनलमा काठमाडौँ र चितवनले प्रतिस्पर्धा गर्ने भएका छन्।

प्रतियोगिता अन्तर्गत समुह ‘ए’ बाट काठमाडौँ सबै ३ खेल जित्दै समुह विजेताको रुपमा फाइनल प्रवेश गरेको हो। यस अघिनै चितवन समुह ‘बि’ को विजेताको रुपमा फाइनल प्रवेश गरिसकेको थियो।

सोमबार मुलपानी क्रिकेट मैदानमा मकवानपुर र काठमाडौँ मध्ये विजयी हुने टिम फाइनल पुग्ने समीकरण थियो। खेलमा काठमाडौँ ७ विकेटले सहजै विजयी भयो जुन क्रममा मकवानपुरले दिएको ७४ रनको सामान्य लक्ष्य काठमाडौँले ३ विकेट गुमाएर २०.२ ओभरमै भेटायो।

Ariyo Poudel ( File Photo )

काठमाडौँको जितमा बलिंगतर्फ अरियो पौडेल एक्लैले ५ विकेट लिए। यस्तै सन्जम रेग्मीले २ तथा चन्द्र कुमार बुढा, सुमन उदय र इशान पाण्डेले समान १ विकेट लिए। यस्तै ब्याटिंगमा इशान पाण्डेले अविजित ३२ तथा जितेन्द्र ठकुरीले १४ रन बनाए।

सोमबारनै सम्पन्न समुह ‘बि’ अन्तर्गतकै अर्को खेलमा भक्तपुरले नुवाकोटलाई ८ विकेटले परजित गर्दै पहिलो जित दर्ता गर्यो। नुवाकोटले दिएको १३६ रनको लक्ष्य भक्तपुरले ३२.२ ओभरमा भेटायो। भक्तपुरको जितमा नविन यादव र अदित सुबेदीले समान ६० रन बनाए। भक्तपुरको बालिगमा सुसन श्रेष्ठ र सुबास खत्रीले समान २ विकेट लिए भने नविन यादव र धिरज अधिकारीले समान १ विकेट लिए। नुवाकोटको ब्याटिंगमा राजेश रिमालले ३६ तथा आयुष बस्नेतले २१ रन योगदान दिएका थिए।

प्रतियोगिताको उपाधिको लागि मंगलबार  मुलपानी क्रिकेट मैदानमा काठमाडौँ र चितवन बीच प्रतिस्पर्धा हुनेछ। दुवै टिम प्रतियोगितामा अपराजित रहेको छ।





थप समाचार

धेरै भन्दा धेरै अभ्यासको खाँचो छः रुबिना क्षेत्री

अन्तर्राष्ट्रिय प्रतियोगितामा औपचारिक सहभागितामै सिमित हुने गरेको नेपाली राष्ट्रिय टोली मलेसियामा सम्पन्न एसिसि महिला टी–२० च्याम्पियन्ससिपमा अभागी टोली बन्यो । […]

नेपालको क्रिकेट विकासमा सहयोग गर्ने आईसीसीको प्रतिबद्धता

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा […]

एसीसी महिला टी-ट्वान्टी : मलेसियालाई हराउँदै युएई च्याम्पियन

युएईले एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको उपाधि जितेको छ । मलेसियाको किनरारा ओभलमा शनिबार भएको फाइनलमा आयोजकलाई ५ विकेटले हराएर युएईले […]

नेपालको दुर्भाग्य, वर्षाले खेल पुरा नहुँदा युएई एसिया कप खेल्न छनोट

मलेसियामा जारि एसीसी महिला टि-२० प्रतियोगिता अन्तर्गत सेमीफाइनल खेल वर्षाका कारण पुरा हुन नपाउदा समुह चरणको प्रदर्शनको आधारमा युएई फाइनल […]

नेपाल हङकङसँग पराजित

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम […]

एसीसी महिला टी-२० च्याम्पियनसिप : आज हङकङ भिड्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ । किनरारा ओभलमा नेपालले चौंथो […]