आर्मीले जित्यो कर्णाली प्रिमियर लिगको उपाधि, शक्ति गौचन प्रतियोगिताकै उत्कृस्ट

  • विकेटनेपाल, बैशाख-२१ शनिवार 

त्रिभुवन आर्मी क्लबले वाईवाई कर्णाली प्रिमियर लिग प्रतियोगिताको उपाधि आफ्नो पक्षमा पारेको छ। प्रतियोगिताको अघिल्लो संस्करणको उपाधि समेत आर्मीलेनै जितेको थियो।

सुर्खेतको कालिन्चोक मैदानमा सम्पन्न फाइनल खेलमा आर्मीले न्यु होराइजन बुटवललाई ५९ रनले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्यो।

 

Runner up, New Horizon Butwal

जितसंगै आर्मीले ५ लाख रुपैयाँ हात पार्यो भने न्यु होराइजनले २ लाख रुपैयाँमा चित्त बुझायो।

प्रतियोगिताको उत्कृस्ट खेलाडी न्यु होराइजनका कप्तान समेत रहेका शक्ति गौचन घोषित भए जसले ५० हजार रुपैयाँ प्राप्त गरे। यस्तै उत्कृस्ट ब्याट्सम्यान कर्णाली-११ का रबिन्द्र जंग शाही तथा उत्कृस्ट बलर आर्मीका सुशन भारि घोषित भए।दुवैले जनही २० हजार रुपैयाँ प्राप्त गरे।

खेलमा टस जितेर ब्याटिंग रोजेको आर्मीले पहिले ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १४६ रनको योगफल तयार गरेको थियो।

Hari Chauhan, Raju Rijal

आर्मीको लागि हरि बहादुर चौहानले सर्वाधिक ५६, राजु रिजालले ३४ तथा भिम शार्कीले अविजित २१ रन बनाए। हरिले ५६ बलमा ७ चौका प्रहार गरे। भिमले शक्ति गौचनले गरेको इनिंगको अन्तिम ओभरमा ३ छक्का प्रहार गरे।

Hari Chauhan

न्यु होराइजनका बलर विकास श्रेष्ठले २ ( ४-०-१२-२ ) तथा राहुल प्रजापति, बिपिन खत्री र अखिलेश यादबले समान १/१ विकेट लिए।

१४७ रनको लक्ष्य पछ्याउने क्रममा न्यु होराइजनले १८.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्यो। होराइजनलाई रोक्न आर्मीका बलर जितेन्द्र मुखिया र शाहब आलमले ३/३ विकेट तथा सुसन भारिले २ विकेट लिए। जितेन्द्रले किफायती बलिंग गर्दै ३.३ ओभरमा १ मेडन ओभर सहित मात्र ८ रन खर्चिए। आलमले ३ ओभरमा १३ रन खर्चिए।

होराइजनको लागि बिशाल सुनारले सर्वाधिक २६ तथा निश्चल चौधरीले १९ रन योगदान दिए।  ( स्कोरकार्ड ) 

खेल हेर्न कालिन्चोक मैदानमा उपस्थित दर्शकहरु

आर्मीले सेमीफाइनलमा एपीएफलाई तथा न्यु होराइजनले आयोजक कर्णाली-११ लाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

कर्णाली क्रिकेट एकेडेमीले आयोजना गरेको प्रतियोगिता बैशाख १२ देखि सुरु भएको थियो जसमा कुल ८ टोलि सहभागी रहेका थिए।

Best Bowler – Sushan Bhari

Player of the Series – Shakti Gauchan

 

Share This