दिल्ली क्यापिटलसका अफ स्पिनर रभीचन्द्रन आश्विनले आईपीएलमा ‘पर्पल क्याप’ अथवा ‘अरेन्ज क्याप’ जित्नु भन्दा टिमको लागि आफ्नो भूमिका निभाएर योगदान दिनु महत्वपूर्ण रहेको धारणा व्यक्त गरेका छन्।
आईपीएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानले अरेन्ज क्याप तथा धेरै विकेट लिने बलरले पर्पल क्याप जित्ने गर्छन्। तर आश्विनका अनुसार जब टिमले जित्दैन तब क्याप पाउनुको कुनै अर्थ छैन।
“त्यस्तो नम्बरले महत्व राख्दैन। पर्पल र अरेन्ज क्याप हेर्दा मात्र आकर्षक हो। टिमलाई जितमा योगदान दिनु र आफ्नो जिम्मेवारी निभाउनु महत्वपूर्ण कुरा हो।” आश्विनले आफ्नो युट्युब च्यानलमा फ्यानहरुको प्रश्नको जवाफ दिने क्रममा बताएका हुन्। आश्विनलाई एक फ्यानले क्रिकेटमा स्ट्राइक रेटलाई बढी महत्व दिईएको हो भन्ने प्रश्न गरेका थिए।
आश्विनले खेलको परिस्थितिको उदाहरण दिंदै त्यसलाई थप प्रकाश पारे-
“यदी तपाईको ९ विकेट गुमाएको छ र जित्न १० रन आवस्यक छ भने त्यो अवस्थामा तपाईले १९ औं ओभरको पाँचौ बलमा पनि रक्षात्मक सट खेल्न सक्नुहुन्छ। यो टिमको आवस्यकताको कुरा हो। त्यसैले यो ( स्ट्राइक रेट ) विश्लेषणको लागि मात्रै हो।” आश्विनलेले दक्षिण अफ्रिकी राष्ट्रिय टिमको प्रदर्शन विश्लेषक प्रशन्ना अगोरमसंग छलफल गर्ने क्रममा बताए।
आश्विनले “विश्लेषण, आलोचना र तारिफ” समानान्तर कुरा रहेको जसलाई मिसाउनु बेअर्थ रहेको बताए – “खेलको मजा लिनुस् र खेल हेर्नुस”
दिल्ली स्पिनर यो सिजन राम्रोलयमा रहेका छन् जसले ५ खेलमा ६ विकेट लिएका छन्। यस क्रममा उनले मात्र ७.४ रन प्रतिओभर खर्चिएका छन्। लिग इतिहासमा अफ स्पिनरले १४४ खेलमा १३१ विकेट लिएका छन् जो लिगकै सातौँ सर्वाधिक विकेट लिने बलर हुन्।
यो पनि पढ्नुस –
आश्विनले आखिर किन गरेनन् ‘मांकड’ ? आफैले बताए कारण
डी भिल्लीयर्सलाई अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कन भारतीय मुख्य प्रशिक्षक आग्रह
आइपिएलमा सट्टेबाजी खेलाउने ३ भारतीय सहित ७ जना पक्राउ
निको भए गेल, बैंगलोर बिरुद्ध गेल खेल्ने सम्भावना प्रवल, कसलाई गर्लान् प्रतिस्थापन
कोहलीले डी भिल्लीयर्सलाई यस कारण माने “सुपर म्यान”
IPL : बैंगलोर बिरुद्ध कोलकाताले सुनिल नारायणलाई किन खेलाएन