महिला प्रम कप : बागमतीद्वारा गण्डकीलाई चुनौतीपूर्ण लक्ष्य



दाङमा जारि प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिताको पाँचौ दिनको दोश्रो खेलमा बागमती प्रदेश र गण्डकी प्रदेश प्रतिस्पर्धा गरिरहेका छन्।

समुह ‘बि’ अन्तर्गतको चौथो खेलमा टस जितेर ब्याटिंग गरेको बागमती प्रदेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५३ रन बनाउदै गण्डकी प्रदेशलाई १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ। स्कोरकार्ड , अंकतालिका  

बागमतीको लागि  बिन्दा कटवालले सर्वाधिक ३८, सुमन खतिवडाले ३१ तथा कन्चन श्रेष्ठले २७ रन बनाए।

कन्चन श्रेष्ठ

ओपनर कन्चन र बिन्दाले पहिलो विकेटको लागि ७६ रनको साझेदारी गरेका थिए। ११ औं ओभरमा कन्चन रन आउट भएपछि बिन्दा र सुमन खतिवडा बीच ५३ रनको साझेदारी भयो। १८ औं ओभरमा सुमन र बिन्दा दुवैलाई अलिशा लामिछानेले पेभेलियन फर्काइन्। चौथो विकेटको लागि कप्तान अस्मिना कर्माचार्य र आरति बिडारीले २२ रनको साझेदारी गर्दै टिमको योगफल १५० पार गराए।

गण्डकी प्रदेशको बलिंगमा अलिशा लामिछानेले २ विकेट हात पारिन्।

यो खेलमा पराजित हुने टिमको सेमीफाइनल पुग्ने सम्भावना समाप्त हुनेछ। आज विहान सम्पन्न समुह ‘बि’ अन्तर्गतको अर्को खेलमा प्रदेश-१ ले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै दोश्रो जित दर्ता गर्यो।





थप समाचार

प्रम कप : रोमान्चक खेलमा एपीएफद्वारा आर्मी ६ रनले पराजित, एपीएफ समुह विजेता

त्रिभुवन आर्मी क्लबलाई ६ रनले पराजित गर्दै नेपाल एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको समुह ‘ए’ को विजेताको रुपमा […]

प्रम कप : पुलिस सेमीफाइनलमा

समुह चरणको अन्तिम खेलमा प्रदेश-२ लाई पराजित गर्दै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ। […]

अफगानिस्तानको जितमा रहमतको शतक

दोश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा ७ विकेटले आयरल्याण्डलाई पराजित गर्दै अफगानिस्तानले तिन खेलको सिरिज १ खेल अगावै २-० ले जित्न सफल भएको […]

बिग ब्यास : सन्दिपको शानदार प्रदर्शन, होबार्टको प्लेअफ सम्भावना कायमै

अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत आइतबार सम्पन्न ५२ औं खेलमा होबार्ट हरिकेन्सले सिड्नी सिक्सरलाई ७ रनले […]

प्रम कप : लुम्बिनी र बागमतीको खेल बराबरीमा टुंगियो, बागमती सेमीफाइनलमा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत आइतबार मुलपानी मैदानमा सम्पन्न समुह ‘बि’ अन्तर्गतको खेल बराबरीमा टुंगिएको छ। स्कोरकार्ड, अंकतालिका बागमती प्रदेशले […]

प्रम कप : सुदूरपश्चिमको सान्त्वना जित, प्रदेश-२ को लगातार तेश्रो हार

प्रदेश-१ लाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। यस अघिनै सुदूरपश्चिम तिनवटा […]