गौतम बुद्ध रंगशालालाई वाग्मती प्रदेश सरकारको तिन करोड सहयोग



वाग्मती प्रदेश सरकारले चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई तीन करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडामा आज मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई तीन करोड रकमको चेक हस्तान्तरण गर्नुभयो । कार्यक्रममा उहाँले धुर्मुस सुन्तलीले उत्साहका साथ गरेको कामको प्रसंसा गर्नुभयो । रंगशाला निर्माण तीव्र गतिमा भएको भन्दै खुसीसमेत व्यक्त गर्नुभएको छ ।

रंगशाला निर्माण परियोजना छिटो सक्नका लागि शुभकामना दिनुभयो । सरकारले आगामी दिनमा पनि सहयोग जारी राख्ने उहाँले जानकारी दिनुभयो । रंगशाला निर्माणमा चुनौती धेरै रहेकोले जसरी पनि सफल बनाउनुपर्ने बताउँदै यो गौरवको आयोजना भएको बताउनुभयो । सरकारले सहयोग जारी राख्ने बताउँदै उहाँले भन्नुभयो ‘आगामी वर्षलाई पनि सरकार छ भन्ने सम्झनु ।’

यस्तै कार्यक्रममा सामाजिक विकास मन्त्री युवराज दुलालले पनि सरकारका तर्फबाट सहयोग हुने बताउनुभयो । परिकल्पना अनुसार सफलता लागि शुभकामना दिँदै फाउण्डेसनलाई चुनौती पन्छाएर अगाडि बढ्न सुझाव दिनुभयो ।

यसैगरी फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले सहयोग रकम बुझ्दै खुसीको दिन भएको प्रतिक्रिया दिनुभयो । सरकारले सहयोग गर्छ भन्ने अपेक्षा रहेको भन्दै जग्गा दिएर सुरु गरेको र हाल रकम सहयोग गरेकोमा धन्यवाद दिनुभयो । रंगशाला निर्माणमा हाल २३३ जनशक्तिले काम गरिरहेको जानकारी पनि दिनुभयो । सहयोगी मनहरुले सहयोग गरिरहेको भए पनि लकडाउनले परिस्थिति जटिल बनाएको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो–‘अवस्था समस्याजनक छ तर पनि काम गर्दै छौ, बजारमा सात करोड तिर्न बाकी छ । तर पनि हामीले हिम्मत हारेका छैनौं ।’ कार्यक्रममा प्रदेशका प्रमुख सचिव डा. मानबहादुर विक, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्ले सहभागी हुनुहुन्थ्यो ।

भरतपुर महानगरपालिकाद्वारा धुर्मुस सुन्तली फाउण्डेसनलाई ५० लाख प्रदान

सिद्धार्थ रङ्गशालाः १० वर्षमा १० प्रतिशत काम

धोनीले बताए कोलकातासंग हारको कारण

ब्याटिंग नचल्दा चेन्नाईको चौथो हार





थप समाचार

टि-२० विश्वकप छनोट : नेपालको समुहमा ओमान र आयरल्याण्ड

२०२२ अक्टोबर-नोभेम्बर मा अस्ट्रेलियामा आयोजना हुने टि-ट्वान्टी विश्वकपको ग्लोबल क्वालीफायरमा स्वतः छनोट भएको नेपालले आगामी वर्ष २०२२ फेब्रुअरीमा ओमानमा ग्लोबल […]

प्रदेश २ स्तरिय महिला क्रिकेट : सानाकाे उत्कृष्ट प्रदर्शनले बारा विजयी, सिराहाद्वारा

प्रधानमंन्त्री कप प्रदेश स्तरिय टि ट्वान्टी महिला सिनियर छनाेट क्रिकेट प्रतियाेगिता अन्तर्गत आज भएकाे दुई वटा खेलमा बारा र सिरहा […]

हिमालयनलाई बर्दिया प्रिमियर लिगको उपाधी, आयुष्मान सर्वोत्कृष्ट

दोश्रो बर्दिया प्रिमियर लिगको उपाधि हिमालयन क्रिकेट एकेडेमीले उपाधि जितेको छ । मंगलबार गुलरियामा सम्पन्न फाइनलमा हिमालयनले स्टार क्रिकेट एकेडेमीलाई […]

११ नेपाली खेलाडी पीएसएल ड्राफ्टमा, छनोट भए कति पाउनेछन् रकम ?

पाकिस्तान सुपर लिगको ( पीएसएल ) आगामी संस्करण अर्थात् सातौँ संस्करण आगामी वर्ष २०२२ जनवरी २७ तारिख देखि फेब्रुअरी २७ […]

क्यानद्वारा २० सदस्यीय यु-१९ राष्ट्रिय टिमको घोषणा, बुधबार देखि बन्द प्रशिक्षण

काठमाडौँमा आइतबार सम्पन्न अन्डर-१९ राष्ट्रिय प्रतियोगिता सकिएकै दिन नेपाल क्रिकेट संघले डिसेम्बरमा युएईमा आयोजना हुने भनिएको यु-१९ एसिया कपको लागि […]

लुम्बिनीलाई यु-१९ राष्ट्रिय प्रतियोगिताको उपाधि

सुदूरपश्चिम प्रदेशलाई ११३ रनले पराजित गर्दै लुम्बिनी प्रदेशले अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न […]